Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली मिडिया कसरी प्रस्तुत हुँदैछ नक्साको विषयमा?

Posted on May 21, 2020May 22, 2020 by Salokya

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाको कभरेज हामीले हेरिरहेका छौँ। अरु विषयहरुमा पनि भारतीय मिडियाको पक्षपातपूर्ण रिपोर्टिङ हेरिरहेका हामीहरुलाई यो नौलो विषय लागेन। कुन हदसम्म उनीहरु जान सक्छन् भन्ने हामीले देख्न पायौँ। उनीहरुले नेपाललाई चीनको गुलामसम्म भन्न भ्याएका छन्। मनीषा कोइरालामाथि अभद्र टिप्पणी गरेका छन्। मूल विवादको विषयलाई थाती राखेर चिनियाँ कार्ड खेलिरहेका छन्। सोसल मिडियामा भारतीय मिडिया झैँ भएनन् भनेर नेपाली पत्रकारहरुलाई गाली गर्ने ट्रेन्ड पनि सुरु भएको छ। तर भारतीय मिडिया जस्तो नेपाली मिडिया नभएकै राम्रो। भारतीय मिडियामा पत्रकारिता हुँदैन, प्रोपोगान्डा हुन्छ। नेपाली मिडियाले संयमित भएर नेपालको पक्षमा समाचार सम्प्रेषण गरिरहेका छन्। आजका अखबारका केही कभरेज हेरौँ।

राजधानी दैनिकले हाम्रो मातृभूमि हाम्रो प्राण शीर्षकमा नेपालको नयाँ नक्सा छापेको छ।

कान्तिपुर दैनिकले यी हुन् लिम्पियाधुरा नेपालकै हुन् भन्ने प्रमाण शीर्षकमा विभिन्न प्रमाणहरु उल्लेख गरेको छ : १८१६ मार्च ४ को सुगौली सन्धि, १८१६ डिसेम्बर ८ को सुगौली सन्धिकै पूरक सन्धि, १८५७ मा भारतले नै जारी गरिदिएको नेपालको नक्सा, १८६० नोभेम्बर १ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गर्न भएको सम्झौता, १८७५ जनवरी ७ मा दाङको डुडुवा क्षेत्र सीमांकन गर्दाको नक्सांकन, १९९५ सालमा लिम्पियाधुरा क्षेत्रका नागरिकले बाली बुझाएको प्रमाण, २०१५ सालको आमनिर्वाचनको मतदाता नामावली, २०१८ सालको जनगणना।

सरकारी अखबार गोरखापत्रले नयाँ नक्सासहित भूमि व्यवस्था मन्त्रीको अन्तर्वार्ता छापेको छ।

नेपाल समाचारपत्रको कभरेज।

नयाँ पत्रिकाको कभरेज।

सरकारी अखबार द राइजिङ नेपालको कभरेज।

काठमान्डु पोस्टको कभरेज।

3 thoughts on “नेपाली मिडिया कसरी प्रस्तुत हुँदैछ नक्साको विषयमा?”

  1. Shankar says:
    May 22, 2020 at 2:39 pm

    लामो समय देखि को यो बिबाद , हामिले बचा देखि पढेको नेपाल को नक्सा छुट्टै फेरि पनि काला पानि हाम्रो भन्दै सुनिदै आयेको। अहिले आयेर चुचो थपियो। काला पानि हाम्रो हुन चुचो थपिनु पर्ने , हामिले देख्दै आयेको नक्सा गलत थ्यो कि ?यो चुचो थपियेपछि इन्दियन हरु उफ्रिने नै भयो। हाम्रो सिमाना मिचिने , हाम्रो कला , सन्स्क्रिति , धर्म , सिक्श्या , राज् नितिमा भारतिय हस्त छेप ब्यापक ्छ। हामिले तेस्को सदैब बिरोध गर्नै पर्छ। तर के पनि भुल्नु हुन्न भने हाम्रा कतिपय नेता सत्ता र भत्ता को लागि इन्दियन येजेन्ट छ, कोइ अमेरिका युरोप को इसारा मा होला।
    यि कुरा चै न होस
    येसै ळाई बहाना बनायेर भारतिय सिमाना नेपाल छिरऔने सड यन्त्र , कोरोना सन्क्रमण पछि अमेरिका ले ताईबान ळाई हतियार बेचेको , जता ततै सख्ति अप्नायेको बेला चिन घेर्ने सड्यन्त्र ( हाल ळाई इन्दियन सेना छिर्ने र अमेरिका को सेना छिर्ने कुरा लग्बग उस्तै } , कोरोना मा राज्य ले केहि गर्न सकेन र सक्दैन, सन्क्र्मन बाट जनताको ध्यान हटऔन मोदि र ओलि को चाल।

    Reply
  2. मदन says:
    May 22, 2020 at 8:14 am

    वास्तब मा यो नयाँ नक्सा हो र नेपाल को?नेपाल बढेको हो कि घटेको हो र?मेरो विचार मा साएद पुरानै नक्सा ऐले फेरी कोरिएको मात्र होला.पहिलेकै पाठ्यक्रम/पुस्तक हरुमा येही नक्सा लेखिएको हुन्थ्यो,पढिन्थ्यो.पछी आएर,देसको राजनैतिक पृष्ठ भुमि बदलिए पछी ,सबैले बिर्सिएका थिए नेपाल को नक्सा!इंडिया ले ठाउँ ठाउँ मा कोतर्ने काम गरिरहेकै थियो,हल्ला चल्ने अनि शान्त हुने प्रबृत्ति थियो,ऐले चै नेपाल भित्रै इंडिया को बाटो बनेको हुँदा र इंडिया ले इंडिया कै भूभाग तिर भएको नक्सा बनाये को हुदाँ नक्सा को खोजि भएको हो,गूगल म्याप बाट पनि सर्यो,अनि सबै फेरी तातेको हो..नक्सा बनाइयो नयाँ भनियो.मेरो बिचार मा चै यो ऐले बनाइएको भनिएको नक्सा पहिलेकै हो.नयाँ भनेको त कि बढ्नु पर्यो कि घट्नु पर्यो,अनि बनाएको नक्सा लाइ नयाँ भनिन्छ होला.नेपाल को सिमाना साबिक बनाउन सरकार सक्षम होस् शुभ कामना.

    Reply
  3. madan bajracharya says:
    May 22, 2020 at 6:26 am

    सन १९४५ अघि बिस्वको मान चित्रमा भारत भनिने कुनै देशान्ऐ थियन; थिय त् मात्रा बिस्व्को हुकुमत मान्ने ६०० जति अनेकौ नामको अनेकौन जात धर्म समुदायका राज्यहरु थिय। तिनै अङ्रेजले लिपियाधुरा सम्म नेपालको भुमी मानेको र् तिनै अङ्रेजले आफ्नो अधिनमा रहेको ५५० जति नवाव् निजाम र् रजौताहरुको अनेकौ नाम धर्म जातिका राज्यहरुलाई सङालेर् भारत नाम दियर सन १९५०मा संयुक्त राष्ट्र संघमा नयाँ मुलुकको रुपमा दर्ता गरेको बेला संयुक्त राष्ट्र संघमा अङ्रेजले पेस गरेको भारतको नक्सा सबै पत्रिकाहरुमा छापि दियमा नेपालको भुमि आफ्नो भन्दै गरेको भारतको सरकार र् भारतको मिदियाको बोल्ति बन्द हुनेछ। गुगलमा पनि भारतको सन्१९४५को राजनैतिक् नक्साहरु छन। ती नक्साहरु हेर्न सक्ने जान्नेले मलाई लाग्छ सजिलै सित इन्लार्ज गरेर प्रकाशित् गर्न सकिन्छ होला।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme