Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोनाबाट एकै व्यक्तिको तीन पटक मृत्युको ‘समाचार’, दुई पटक अस्पतालको खण्डन विज्ञप्ति

Posted on May 21, 2020May 21, 2020 by Salokya


कोरोनाको कहर छ : दुई जनाको मृत्यु भइसक्यो। तर तेस्रो व्यक्ति गुल्मीका एक शिक्षकको मृत्युबारे सोसल मिडिया र मिडियामा  तीन-तीन पटकसम्म समाचार आइसकेको छ। पाठक अलमलमा छन्। जेठ ६ गतेदेखि हरेक दिन उनको मृत्यु भएको समाचार आइरहेको छ।

सबैभन्दा पहिला जेठ ६ गते राति रुपन्देहीको क्रिमसन अस्पतालमा उनको मृत्यु भएको खबर सोसल मिडियामा व्यापक भयो। बुटवलतिरका केही अनलाइनहरुले समाचार पनि लेखे। त्यही रात क्रिमसन अस्पतालले विज्ञप्ति जारी गरी बिरामीको आइसियुमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको भन्दै गलत समाचारको पछि नलाग्न आग्रह गर्‍यो। 

हेर्नुस् अस्पतालको विज्ञप्ति-

भोलिपल्ट अर्थात् जेठ ७ गते त झन् काठमाडौँबाट प्रकाशित हुने मुख्य अनलाइनहरुले पनि उनको मृत्युको समाचार बनाए। अन्नपूर्ण पोस्ट, अनलाइनखबर, सेतोपाटी, हिमालखबर आदि कयौँ अनलाइनमा उनको मृत्युको खबर समाचार बन्यो।

अस्पतालले एक दिनअघिकै विज्ञप्ति मिति फेरेर पुनः जारी गर्‍यो। हेर्नुस् दोस्रो पटकको विज्ञप्ति-

अस्पताल प्रशासनले आधिकारिक विज्ञप्ति जारी गरेपछि प्रदेश मन्त्री, अस्पताल प्रशासन स्रोत आदि उद्‍धृत गरी प्रकाशित साराका सारा समाचारहरु ‘फेक’ साबित भए। उनीहरुले धमाधम माफी माग्दै आफ्नो समाचार सच्याउन थाले।

अर्थात् दोस्रो पटक आएको मृत्युको खबर पनि गलत साबित भयो।

प्रेस काउन्सिलले इतिहासमै एकै दिन धेरै कारबाही गर्‍यो- ३९ वटा अनलाइनलाई गल्ती नदोहोर्‍याउन कडा निर्देशन र ८ वटालाई नेपालभित्र रोक।

कसरी सच्याए अनलाइनहरुले समाचार ?

सेतोपाटीले ‘प्रदेशका जिम्मेवार मन्त्रीले दिएको सूचनाका आधारमा लेखेको समाचार गलत भएको र यसबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमा चाहन्छौं’ ट्विट गर्दै नयाँ समाचार बनायो।

Here is our official statement and the news! https://t.co/EAlPlQQrse

— Ameet Dhakal (@ameetdhakal) May 20, 2020

तर पुरानो गल्ती गरिएको समाचार भने जस्ताको तस्तै थियो। त्यसमा कुनै संशोधन गरिएको थिएन। पुरानो लिङ्क मात्र पढ्ने हो भने अहिले पनि उनको मृत्यु जेठ ७ गते नै भएको देखिन्छ। गल्ती भएको समाचारको साटो नयाँ समाचार बनाउने र पुरानो गल्ती भएको समाचारमा भने केही संशोधन नगर्नु गलत अभ्यास हो। सेतोपाटीले यो गलत अभ्यास गर्दैछ।

हेर्नुस् गल्ती भएको समाचारमा कुनै संशोधन नगरिएको जेठ ८ गते मध्याह्न १२:२५ मा अर्काइभ गरिएको लिङ्क।


अनलाइनखबरले गलत समाचार हटाई गलत समाचार प्रकाशित भएकै लिङ्कमा अस्पतालको विज्ञप्तिसहित क्षमायाचना गरेको छ।  सेतोपाटीको तुलनामा अनलाइनखबरले राम्रो अभ्यास कायम गरेको छ।

त्यसैगरी अन्नपूर्ण पोस्टले पनि पुरानो गलत समाचार प्रकाशन भएकै लिङ्कमा गल्ती सच्याई क्षमा मागेको छ।

अरु थुप्रै मिडियाले पनि यसरी गल्ती सच्याए। तर अनेकौँ अनलाइनहरुले गल्ती सच्याएनन्। त्यो समाचारलाई कायमै राखे। यसबीच गलत समाचार प्रकाशित गर्ने अनलाइनका सञ्चालकसित फोनमा कुराकानी गरेको एउटा अडियो पनि फेसबुकमा भाइरल भयो।

तेस्रो पटक मृत्युको समाचार
मृत्युको समाचार लगातार तेस्रो दिन जेठ ८ गते पनि आएको छ। नागरिक दैनिकको अनलाइन लगायत अरु केही अनलाइनमा पनि फेरि मृत्युको समाचार आएको छ। यस पटक प्रदेश ५ को सामाजिक विकास मन्त्रीको श्रद्धाञ्जलि विज्ञप्ति आएको छ। तर स्वास्थ्य मन्त्रालयले पनि यो लेख्दा दिउँसो १ बजेसम्म मृत्युको आधिकारिक रुपमा घोषणा गरिसकेको छैन।

अपडेट : दिउँसो सवा ४ बजेको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले ती ४१ वर्षीय व्यक्तिको मृत्यु भएको आधिकारिक घोषणा गरेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme