Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, कोरोना संक्रमित र मृतकको नाम खुलाउन सूचना आयोगले आदेश दिएको छैन

Posted on May 19, 2020May 20, 2020 by Salokya

मंगलबार राति एक्कासी एउटा समाचार सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो- राष्ट्रिय सूचना आयोगले कोरोना संक्रमित र मृतकको नाम, ठेगाना स्पष्टसँग सार्वजनिक गर्नू भनेर आदेश दियो। कतिले यसको पक्षमा विचार राखे त कतिले गोपनीयताको हक हुन्छ भन्दै यसको विपक्षमा।

खासमा सेतोपाटी अनलाइनले ‘सूचना आयोगको आदेश– कोरोना संक्रमित र मृतकको नाम, ठेगाना स्पष्टसँग सार्वजनिक गर्नू’ शीर्षकमा समाचार राखेको थियो। त्यही समाचार थुप्रै अनलाइनहरुले पनि कपिपेस्ट गरेका थिए। यस विषयमा हामीले फ्याक्टचेक गरेका छौँ।

सेतोपाटी अनलाइनले मंगलबार राति ‘सूचना आयोगको आदेश– कोरोना संक्रमित र मृतकको नाम, ठेगाना स्पष्टसँग सार्वजनिक गर्नू’ शीर्षकमा समाचार राखेको थियो। यही शीर्षकमा उसले फेसबुक र ट्विटरमा पनि समाचार सेयर गरेको अर्काइभ लिङ्कबाट स्पष्ट देखिन्छ।

सेतोपाटीले यस्तो समाचार राखेको थियो-

समाचारमा संक्रमित र मृतकको नाम उल्लेख गर्नुपर्ने बारे केही नभए पनि शीर्षकमा भने संक्रमित र मृतकको नाम, ठेगाना उल्लेख गर्नुपर्ने लेखिएको छ। सेतोपाटीको फेसबुकमा यही शीर्षक पढेर थुप्रैले यस्तो निर्णयको विरोधमा कमेन्ट गरेका छन्।

हेर्नुस् फेसबुकको अर्काइभ लिङ्क

त्यसैगरी ट्विटरमा पनि यही शीर्षकमा ट्विट गरिएको छ।

हेर्नुस् ट्विटरको अर्काइभ लिङ्क

वास्तवमा राष्ट्रिय सूचना आयोगले विज्ञप्ति जारी गरी संक्रमित र मृतक व्यक्तिको बारेमा उल्लेख गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना भएको भन्दै व्यक्तिको स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक फरक हुन सक्ने भएकोले एउटा मात्र स्थान उल्लेख गर्दा भ्रम र अन्यौल भएकोले सूचना थप स्पष्ट गराई अन्यौल हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको थियो।

सेतोपाटीले यही विज्ञप्तिका आधारमा समाचार बनाउँदा शीर्षकमा संक्रमित र मृतकको नाम र ठेगाना दुवै सार्वजनिक गर्न आदेश दिएको उल्लेख गरेको थियो। पछि भने यो शीर्षक सच्याएर ‘सूचना आयोगको आदेश– कोरोना संक्रमित र मृतकको ठेगाना स्पष्टसँग सार्वजनिक गर्नू’ बनाएको छ। हेर्नुस् अर्काइभ लिङ्क।  तर गलत शीर्षक सच्याइएको बारे कुनै पनि सूचना सेतोपाटीले दिएको छैन। पाठकहरु हेडलाइनकै आधारमा फेसबुक र ट्विटरमा आफ्नो विचार व्यक्त गरिरहे पनि त्यसबारे सही सूचना दिन सेतोपाटीले आवश्यक ठानेको छैन।

सेतोपाटीकै समाचार कपिपेस्ट गरेर केही अनलाइनले भ्रम पार्ने समाचार दिएका छन्। केही उदाहरण –

1 thought on “नझुक्किनुस्, कोरोना संक्रमित र मृतकको नाम खुलाउन सूचना आयोगले आदेश दिएको छैन”

  1. Nepali blogger says:
    May 19, 2020 at 10:52 pm

    Is not there any mechanism to tackle this kind of fake news. Really this type of news and YouTube videos are creating problem.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme