Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोनाको द्रुत गति : ३ सय नाघ्यो नेपालमा, कति दिनमा हजार? दक्षिण एसियाको ट्रेन्ड यस्तो छ

Posted on May 18, 2020May 18, 2020 by Salokya


लगातारको लकडाउनका बीच पनि नेपालमा कोरोना संक्रमितको संख्या द्रुत गतिले अघि बढिरहेको छ। लकडाउन सुरु हुँदा जम्मा दुई जना संक्रमित भेटिएकोमा अहिले यो ब्लग लेख्दासम्मको संख्या ३ सय नाघिसकेको छ। कूल संक्रमित संख्या ३५७ पुगेको छ। नेपालमा पहिलो संक्रमण पुष्टि भएको जनवरी २३ मा हो। त्यसको १०६ दिनपछि नेपालमा संख्या १ सय पुगेको हो। तर पाँच दिनमै संख्या दोब्बर भएर २ सय नाघ्यो। अनि ३ सय नाघ्‍न पनि त्यसको पाँच दिनमात्रै लाग्यो। संक्रमितको संख्या १ सय पुगेको कति समय पछि १० गुणा अर्थात् हजार पुग्छ त? दक्षिण एसियाको ट्रेन्ड हेर्दा यस्तो देखिन्छ।

भारत

भारतमा पहिलो संक्रमण भेटिएको ४५ दिनपछि संख्या १०० पुगेको थियो। तर त्यसको १५ दिनमै यो संख्या १० गुणाले बढेर एक हजार नाघेको थियो। अहिले भारत चीनलाई उछिनेर विश्वमा सबैभन्दा धेरै संक्रमित भेटिएको देशको सूचीको टप टेनमा पुग्न लागेको छ।

पाकिस्तान

पाकिस्तानमा पहिलो संक्रमण भेटिएको २० औँ दिनमा संख्या १०० पुगेको थियो। त्यसको मात्र नौ दिनमा यो संख्या १० गुणाले बढेर एक हजार नाघेको थियो।

बंगलादेश

बंगलादेशमा पहिलो संक्रमण भेटिएको २९ औँ दिनमा संख्या १०० पुगेको थियो। त्यसको आठ दिनमा नै संक्रमित संख्या १० गुणा बढी भएर एक हजार नाघेको थियो।

अफगानिस्तान

अफगानिस्तानमा पहिलो संक्रमण भेटिएको ३३ औँ दिनमा संख्या १०० पुगेको थियो। त्यसको २४ दिनमा १० गुणा बढी भएर एक हजार नाघेको थियो।

माल्दिभ्स

माल्दिभ्समा पहिलो संक्रमण भेटिएको ४८ औँ दिनमा संख्या १०० पुगेको थियो। त्यसको २१ दिनमा नै संख्या १० गुणाले बढेर एक हजार नाघेको थियो।

श्रीलंका

श्रीलंकामा पहिलो संक्रमण भेटिएको ५८ औँ दिनमा संख्या १०० पुगेको थियो। आज मे १८ मा ५४ दिन भइसक्यो। तर अझै पनि एक हजार पुगिसकेको छैन। त्यहाँको स्वास्थ्य मन्त्रालयको आजको तथ्याङ्क अनुसार त्यहाँ कूल संक्रमित संख्या ९८१ छ। अबको केही दिनभित्रै संख्या एक हजार पुग्ने देखिन्छ।

भुटानमा भने अहिलेसम्म २१ जना संक्रमित मात्रै भेटिएका छन्।

यसरी हेर्दा दक्षिण एसियामा सबैभन्दा छिटो (२० दिनमा) १०० पुगेको देश पाकिस्तान हो भने सबैभन्दा छिटो (आठ दिनमा) १० गुणा बढेको देश बंगलादेश हो। दक्षिण एसियाको ट्रेन्ड हेर्दा छिटोमा २० दिन र बढीमा ५८ दिनमा संक्रमितको संख्या शतक पुगेको देखिन्छ भने १० गुणा बढ्नका लागि छिटोमा आठ दिन र बढीमा ५४+ दिन लाग्ने (श्रीलंका) देखिन्छ।

नेपालको के छ अवस्था ?

नेपालमा पहिलो संक्रमण पुष्टि भएको जनवरी २३ मा हो। त्यसको १०६ दिनपछि नेपालमा संख्या १०० पुगेको हो। यसरी दक्षिण एसियामा भुटानलाई छाड्ने हो भने सबैभन्दा ढिलो १०० को संख्या पुग्ने देश नेपाल देखिन्छ। तर पाँच दिनमा नै यो संख्या २ सय पुगेको थियो भने थप एक सय गरी तीन सय नाघ्न पनि थप पाँच दिन अर्थात् कूल १० दिनमात्रै लाग्यो।   पीसीआर प्रविधिबाट परीक्षणको संख्या दिनमा १४ सय नाघ्दै गर्दा संक्रमितको संख्या पनि द्रुत गतिमा उकालो लाग्दैछ। यो बीचमा हिजो र अस्ति गरी दुई जनाको मृत्यु समेत भइसक्यो।

काठमाण्डुपोस्टमा आइतबार प्रकाशित समाचार अनुसार सरकारले अबको एक हप्तामै संक्रमितको संख्या एक हजार पुग्ने र त्यसको १० दिनमा त्यो संख्या २ हजारको हाराहारीमा पुग्ने अनुमान स्वास्थ्य मन्त्रालयका मुख्य विज्ञ डा. रोशन पोखरेललाई उद्‍धृत गर्दै दिएको छ। दक्षिण एसियाको ट्रेन्ड हेर्दा त्यस्तो देखिन्छ पनि। बंगलादेशमा आठ दिनमा नै संक्रमितको संख्या १ सयबाट १ हजार पुगेको थियो। पाकिस्तानमा नौ दिन लागेको थियो सयबाट हजारको यात्राका लागि। जनसंख्याको तुलनामा कम परीक्षणहरु भएको भारतमा समेत १५ दिनमा संख्या हजार पुगेको थियो। नेपालमा संक्रमितको संख्या एक सय पुगेको आज १० दिन हो।

दक्षिण एसियाको स्थिति

विश्वको स्थिति

सर्च कन्ट्रिजमा देशको नाम टाइप गरेर हेर्न सक्नुहुन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme