Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा कोरोना : पाँच जिल्लाबाहेक तराईमा सबैतिर फैलियो, हिमाली जिल्लामा शून्य संक्रमण

Posted on May 13, 2020May 13, 2020 by Salokya

नेपालमा मंगलबार रातिसम्मको कोरोना ट्रेन्ड हेर्दा भारतसँग सीमा जोडिएका तराईका पाँच जिल्लालाई छाडेर सबैमा संक्रमण फैलिएको देखिएको छ। यसअघि भारतसँग सीमा नजोडिएको उदयपुरमा सबैभन्दा धेरै कोरोना संक्रमण भेटिएका थिए। तर मंगलबार त्यसलाई पछि छाडेर पर्सा सबैभन्दा बढी (८२) संक्रमित फेला परेको ठाउँ हुन पुगेको छ। 

भारतसँग सीमा जोडिएका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, रुपन्देही, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र झापामा अहिलेसम्म कोरोना संक्रमण भेटिएका छन्।

भारतसँग सीमा जोडिए पनि हालसम्म कोरोना नभेटिएका तराईका पाँच जिल्लाहरुमा दाङ, नवलपरासी, सिराहा, सुनसरी र मोरङ मात्र रहेका छन्।

तराई बाहेक पाँच जिल्लामा कोरोना संक्रमण भेटिएका छन्। ती हुन्- काठमाडौँ, भक्तपुर, बाग्लुङ, उदयपुर र भोजपुर।

हिमाली जिल्लामा अहिलेसम्म कोरोना संक्रमण भेटिएको छैन। त्यसैगरी कर्णाली प्रदेशका कुनै पनि जिल्लामा अहिलेसम्म कोरोना भेटिएको छैन।

नेपालमा ७७ जिल्लामध्ये हालसम्म २० जिल्लामा कोरोना संक्रमण भेटिएको छ भने ५७ जिल्ला अझै पनि कोरोनामुक्त नै छ।

कोरोना नभेटिएको जिल्ला दाङको एउटा गाउँपालिका अध्यक्षले निकालेको विज्ञप्ति हेर्नुस्-

नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमा के छ स्थिति?

नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमध्ये उत्तराखण्डमा अहिलेसम्म ६८ जना कोरोना संक्रमित भेटिएका छन्। त्यहाँ एक जनाको मृत्यु भएको छ। त्यसैगरी सबैभन्दा लामो सीमा जोडिएको राज्य उत्तर प्रदेशमा ३ हजार ५७३ जना कोरोना संक्रमित भेटिएका छन्। यहाँ ८० जनाको मृत्यु पनि भइसकेको छ। त्यसैगरी नेपालसँग लामो सीमा जोडिएको अर्को राज्य बिहारमा ७४७ जना कोरोना संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ। सीमा जोडिएको अर्को राज्य पश्चिम बंगालमा भने २०७३ जना कोरोना संक्रमित भेटिएका छन्। त्यहाँ १९० जनाको मृत्यु भएको छ। त्यसैगरी सीमा जोडिएको अर्को राज्य सिक्किममा भने हालसम्म एक जना पनि कोरोना संक्रमित भेटिएका छैनन्। तथ्याङ्क स्रोत

1 thought on “नेपालमा कोरोना : पाँच जिल्लाबाहेक तराईमा सबैतिर फैलियो, हिमाली जिल्लामा शून्य संक्रमण”

  1. Pingback: स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीको अधिकांश दावी भ्रामक « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme