Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘हामीले एभरेस्ट नेपालमा पर्छ भन्दा चिनियाहरु तीन छक्क पर्ने गर्छन्’

Posted on May 10, 2020May 10, 2020 by Salokya

चिनियाँ सरकारी टेलिभिजन CGTN (China Global Television Network) ले मे २ मा अपलोड गरेको एउटा ट्विट अहिले नेपालमा भाइरल हुँदैछ। ट्विटमा विश्वको सर्वोच्च शिखर सगरमाथा चीनको तिब्बतमा पर्छ लेखिएको छ। सगरमाथा नेपालमा पर्छ भनेर सानैदेखि सुन्दै आएका हामीलाई यसो लेखेको देखेपछि अचम्म लाग्नु स्वभाविक हो। तर जसरी नेपालीहरु सगरमाथा चीनमा पर्छ भन्दा अचम्म मान्छन्, त्यसरी नै चिनियाँहरु पनि सगरमाथा नेपालमा पर्छ भन्दा अचम्म मान्ने गर्छन्। यो विषयमा माइसंसारमा १४ वर्षअघि पनि बहस भएको थियो। त्यतिबेला सांघाई, चीनमा रहेका रकीले लेखेका थिए- ‘हामीले एभरेस्ट नेपालमा पर्छ भन्ने जस्ता कुरा गर्दा चिनियाहरु तीन छक्क पर्ने गर्छन्’

उनले लेखेका थिए-

चिनियाहरुका केही लोकप्रिय गीतहरु छन् (राष्ट्रिय गीत जस्तो) जसमा यस्ता शब्दहरु छन् “हाम्रो महान राष्ट्र, जहाँ चोमोलुङमा, विश्वको सर्वोच्च शिखर छ…”आदि इत्यादि। हामी नेपालीहरु यस्ता गीतहरु केही वर्षदेखि सुन्दासुन्दा वाक्क भइसकेका छौँ।

सगरमाथा (माउन्ट एभरेस्ट) नेपालमा पर्छ भन्दा एक जना पनि चिनियाँले विश्वास गर्दैनन्। उनीहरु विश्वको सर्वोच्च शिखर उनीहरुको देशमा पर्छ भन्ने कुरामा मात्र विश्वास गर्छन्।

चिनियाहरुसित विवाद गर्दा हामी सगरमाथाको उत्तरी भाग तिब्बत साइडमा पर्छ तर यसको अधिकांश भाग र सर्वोच्च शिखरको टुप्पो नेपालमा पर्छ आदि इत्यादी कुरामा जोड दिने गर्छौँ।

मलाई लाग्छ, हाम्रो पुराना शासक र चिनियाँ सरकारका बीचमा केही गलत सम्झौता भएको हुनसक्छ।

त्यसैगरी अनुराधाले लेखेका थिए-

एउटा कुरा भ्रम नपालौं साथी हो सगरमाथा नेपालको मात्र हैन, चीनको पनि हो। हामीले भन्दा सगरमाथाको नाम बेचेर चाइनाले धेरै व्यापार गरेको छ विश्वमा ।

माअ‍ो त्से तुङको पालासम्म, भनौँ न वीपी कोइराला गृहमन्त्री भएका बेला । चाइनासँगको वार्ताका क्रममा चीनले सगरमाथा हाम्रो भन्ने दावी गरेपछि गणेशमान सिंहसहितको नेपालको सरकारी टोलीले सगरमाथा पारीका गाउँलेहरुले नेपाल सरकारलाई कर तिरेको रसिद पेस गरेका थिए। त्यसपछि चाइनिज टोली सगरमाथा नेपालकै हो भन्नेमा विश्वस्त भएको थियो। तर….

तर पछि राजा महेन्द्रले चाइनालाई रिझाउन सगरमाथाको उत्तरी मोहडा अर्थात् तिब्बततर्फको मोहडा चाइनालाइ दिएपछि सगरमाथा चीन र नेपालको सीमा बीचमा रह्यो । सगरमाथा चढ्ने सजिलो मोहडा तिब्बततिर परेका कारण र उताबाट सगरमाथा चढ्दा रोयल्टी पनि कम बुझाए हुने भएको कारण वर्षेनी ठूलो संख्यामा सगरमाथा चढ्नेको लर्को उतातिरकै लामो हुन्छ। र, फाइदा चाइनाले नै बढी लिन्छ ।

त्यसैले सगरमाथा हाम्रो हो भनेर दाबी गर्नु पहिले तिब्बती मोहडापनि कसरी हाम्रो बनाउने सोचौँ। एउटा कुरो के सत्य हो भने त्यसको टुप्पो नेपालतिर पर्छ तर त्यसले पश्चिमा मुलुकहरुमा कुनै प्रभाव पार्दैन। पश्चिमा किताबहरु हेर्नुभयो भने तपाईँले जहाँ पनि सगरमाथा नेपाल र चीनको बोर्डरमा पर्छ भनेर लेखेको भेट्नुहुनेछ । नेपाली नेताहरुले नेपालका नदीनाला भारतलाई बेचेजस्तै राजा महेन्द्रले सगरमाथाको एक मोहडा चाइनालाई दिएका थिए। त्यो पाएबापत होला शायद् चाइना राजाका पक्षमा सँधै रहदै आएको।

चिनियाँहरुका अगाडि सगरमाथा हाम्रो हो भन्नुभयो भने उनीहरुले हाम्रो हो भनेर ढिपी गर्छन् । हुनपनि उनीहरुको पाठ्यपुस्तकमा समेत सगरमाथा चीनको हो भनेर उल्लेख गरिएको छ रे।

१२ वर्षअघि भने सगरमाथा भारतमा रहेको भारतीय राजदूतले दावी गरेको समाचार पनि आएको थियो। पढ्नुस् त्यतिबेलाको ब्लग। 

अपडेट : सिजिटिएनले पुरानो पोस्टलाई सच्याएको केही उल्लेख नगरी आज नयाँ ट्विट गर्दै सगरमाथालाई नेपाल-चीन सीमामा रहेको ट्विट गरेको छ-

In pictures?: An extraordinary sun halo was spotted on May 1 in the skies over Mount #Qomolangma, the world's highest peak located on the China-Nepal border pic.twitter.com/TMEY5aT4yl

— CGTN (@CGTNOfficial) May 10, 2020

1 thought on “‘हामीले एभरेस्ट नेपालमा पर्छ भन्दा चिनियाहरु तीन छक्क पर्ने गर्छन्’”

  1. yogi says:
    May 11, 2020 at 9:05 pm

    kasle ke bhanchh tyo thulo kura hoina.. tathya ke ho tyo chia thulo kura ho.. ani tathya ke ho bhane sagarmathako ta kurai chhodaun tibetko kehi bhubhag pani nepal ko ho .. tesko praman panchayako suru kaal samma pani tibet le nepal lai tiro tirne gartyo.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme