Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्रिकेटको भाषामा कोरोनाको समाचार : नेपाल बिना क्षति १०१ रनमा

Posted on May 7, 2020May 7, 2020 by Salokya


बिहीबार साँझ कपिलवस्तुका दुई खेलाडीले एक/एक रन जोडेपछि नेपालमा कोरोनाले बिना कुनै विकेट क्षति शतक पूरा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु ८ का १६ र २२ वर्षका दुई खेलाडीले पछिल्लो पटक एक एक रन जोडेपछि नेपालमा कोरोनाको कूल स्कोर १०१ पुगेको हो। अहिलेसम्म नेपालले कुनै विकेट (मृत्यु) को क्षति सहनु परेको छैन।

उदयपुरका ७ सहित अहिलेसम्म २२ जनामा कोरोना हर्ट भएपछि पेभेलियन (घर) फर्किएका छन्।

नेपालमा कोरोनाको ओपनिङ सुस्त भएकोमा धेरैले राहत महसूस गरेका थिए। जनवरी २३ मा स्कोरबोर्डमा पहिलो रन जोडेको कोरोनाले दोस्रो रन जोड्न झण्डै दुई महिना लगाएको थियो। सुस्त ओपनिङबाट उत्साहित भई यो बीचमा केही मन्त्रीहरुले नेपाललाई कोरोना फ्री जोन घोषणा गरौँ पनि भनेका थिए।

नेपालमा कोरोनाको आक्रामक ब्याटिङ अप्रिल १८ देखि भएको हो। त्यो दिन उदयपुरका खेलाडीहरुले एकै पटक १४ रन जोडेका थिए। त्यसैगरी अप्रिल २२ मा १० रन थपिएको थियो। अप्रिल २६ मा कोरोनाले अर्धशतक पार गरेको थियो।

पहिलो रनदेखि अर्धशतकसम्म पुग्न कोरोनालाई तीन महिनाभन्दा बढी समय लागेको थियो।

तर पछिल्लो समयमा नेपालगंज र वीरगंजबाट आक्रामक रनहरु बन्न थालेपछि १० दिनमै थप ५० रन जोडेर नेपालमा कोरोनाको स्कोर शतक कटेको हो।

प्रदेश १ ले समूहगत सबैभन्दा बढी ३१ रन बनाएको छ भने प्रदेश २ भने ३० रन बनाउँदै दोस्रो स्थानमा छ। प्रदेश ५ ले २६ रन बनाएको छ। वाग्मती प्रदेशको सात रन छ भने सुदूरपश्चिमको पाँच रन छ।

हालसम्म कोरोनाले कर्णाली प्रदेशमा भने रन जोड्न सकेको छैन।

दक्षिण एसियाली लिग तालिकामा भारत ५२ हजार ९५७ रनका साथ सबैभन्दा अगाडि छ। उसको १ हजार ७८३ क्षति भइसकेको छ। त्यसैगरी पाकिस्तान २४ हजार ७३ रनका साथ दोस्रो स्थानमा छ। उसको ५६४ क्षति भइसकेको छ।

११ लाख ९३ हजार ४५२ रन सहित अमेरिका विश्वमा अग्रपंक्तिमा छ।

(यतिबेला संसार कोभिड १९ को संक्रमणबाट आक्रान्त छ। हामी नेपालीहरुमात्रै कोरोनाका कारण लकडाउन भई घरमा बसेको दुई महिना हुन लागेको छ। यतिबेला सबै खेल गतिविधिहरु पनि बन्द छन्। समाचारमा कोरोनाकै बाहुल्य छ। त्यसैले क्रिकेटको समाचारको भाषामा कोरोनाको यथार्थलाई देखाउने गरी यो ब्लग बनाइएको हो। यसलाई कोरोनाको संकटमा रमाइलो गरेको अर्थमा नबुझिदिनु होला)

4 thoughts on “क्रिकेटको भाषामा कोरोनाको समाचार : नेपाल बिना क्षति १०१ रनमा”

  1. Piyush Vaishya says:
    May 9, 2020 at 10:28 am

    ???? test match rahexa ?

    Reply
  2. madan bajracharya says:
    May 8, 2020 at 11:50 pm

    कारीव ३ करोद नागरिक भयको नेपालमा नामा मात्रैको पिसिआर तेस्ता गरेर अरु टेस्ट पत्याउनै नसकिने भनियको रापिड् तेस्ता कितले जान्चेर नेगेतिभ देखायर आफ्नो सरकारले कोरोना नियन्त्रन गर्न सफल भयको दावि गर्दैआयको छ्। यो दावि र् २०४५मा नयाँ ब्यबस्थाको सरकार चलाऊने काङ्रेसले नेरु र् भारुको सतही दर बाराअवर बनाएर नेपालमा महंगि नियन्त्रन गरेको भनेको र् यही सरकारले सडकमा मागी खानु परेका सबैलाई प्रहरी लगायर धपायर सडक भिखारी मुक्त भयको दावि कही उस्तै उस्तै कुरा त् होईन?

    नेपालमा आफु प्रधान मन्त्री बने पछी नेपाल समस्या मुक्त रहेको र् बिकासइत भयको नभन्ने कोही पनि छैन। यही पन्क्तिमै उभियको छ् ओली पनि। समस्या रहेको बिकशित हुने प्रयासमै रहेको बा रहने भनेर इमान्दारिता देखाउने कुनै प्रधान मन्त्री नेपालअले पायकै छैन र् पाउने जस्तो पनि देखिन्दैन। ब्यब्स्था बादलए पछी अपराध गरेकोमा जेल जानु पर्नेहरु नेता मन्त्री बने उनिहरु र् उनिहरुकै आसेपासेहरु सम्पन्न पनि बने। फेरी अरु धनी बिकशित देसका प्रधान मन्त्री सांसद हरु समेत् कोरोनाले सम्क्रमित भयको बेला राष्ट्रको धुकुती रित्यायर उत्कृष्ट उपचार पाउन सक्ने सांसद मन्त्रिहरु को पिसिआर तेस्ता गरेर उनुहरु कोरोना सन्क्रमित नरहेको देखाउन सक्नु नै सफलता हो?

    ब्यब्स्था बादलने र् सरकार बदल्ने बा बादलन सक्ने नेताहरुकै कुरा सुन्ने हो भने उनिहरुलाई होईन हामी नेपालीलाई लाज लाग्छ। समस्याकै कुरा गर्ने हो भने समस्याको जड र् बिउ इनिहरुनै हुन। इनिहरुको कारनले देसमा के भयो र् के हुँदै आयको छ् भन्ने कुरा थम्याउन अरु केही खोत्ल्नै पर्दैन मात्र् इनिहरु सम्पन्न हुने ब्यब्स्थामा ५० लाख भन्दा बढी नेपालीहरुले नेपालमा रोजगारी पाउनइ नसक्ने भय पछी अहिले भाषाक्कै बनाउन्दै लगेको मुलुकमा रोजगारी खोज्न जानु परेकोले नै स्पस्त गर्छ इनिहरुको ब्यब्स्था र् सरकारले देस र् नागरिकअलाई कस्तो अवस्थामा पुर्यायको छ् भनेर।

    मित्रहरुलाई तलवारकै बलमा तिक्ने तलवारले बातै मर्ने उखान पक्कै याद हुनु पर्छ।उपत्यका र् सरकारको अग्लो कुर्सिमा आफु तिक्न ५० सौ लाख नेपालीलाई नेपालमा बेरोजगार बनाएर बिदेश लखेत्ने नेताहरु लाई तिनै बिदेश लखेतियका नेपालीहरुको कारनलेनै ……पक्कै हुनेछ। अहिले ५० लाख रोजगारी गर्दै गरेका देसहरुलाई कोरोनाले भसक्कै बनाउन्दै लगेको छ् र् त्याहा बाट नेपालीहरुलाई फर्काइन्दै पनि छ्। अहिले आफ्नो सरकार सफल छ् भन्नेहरु तिनिहरुलाई फर्कन बाट रोक्न पनि सक्दैन फिर्ता ल्याउन पनि सक्दैन, रोई कराई मागी मागी तिनिहरुलाई त्याहा बाट फर्काईहाले पनि तिनिहरुको लागि केही ब्यब्स्था गर्न पनि सक्दैन। तव निक्लन्छ आफ्नो नेत्रित्व मा सरकार बने पछी सबै ठीक छ् भन्नेको आजु जय् जात्रा.

    Reply
  3. Karbir says:
    May 8, 2020 at 5:03 pm

    The over is open ended and player are allow to play until call off 🙂

    Reply
  4. Sailesh ktm says:
    May 8, 2020 at 6:50 am

    कति ओभर नी

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme