Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

होइन, नेपालगञ्जमा आजै २४ जना संक्रमित भेटिएको र कूल संक्रमित संख्या ८४ पुगेको छैन

Posted on May 4, 2020May 4, 2020 by Salokya


नेपालगञ्जमा आज आइतबार मात्रै २४ जना संक्रमित भेटिएको र कूल संक्रमित संख्या ८४ पुगेको समाचार धेरै मिडियामा आएको छ। धेरै नेपालीहरुले एकदमै विश्वास गर्ने वर्ल्डोमिटर्स डट इन्फोले पनि संक्रमित संख्या ८४ पुगेको देखाएपछि त धेरैले यो समाचारलाई सही माने। तर यो सही थिएन। के हो त यसको सत्य? हामीले यसबारे फ्याक्टचेक गरेका छौँ।


वर्ल्डोमिटरले आइतबार राति राखेको तथ्याङ्क। अर्काइभ लिङ्क हेर्न क्लिक गर्नुस्। 

नेपालमा धेरैले यसमा आइसकेपछिको तथ्याङ्कलाई आधिकारिक मान्ने गर्छन्। तर यसमा आउने तथ्याङ्क विभिन्न मिडियामा आउने तथ्याङ्क हुन्। मिडिया कहिलेकाहीँ चिप्लिन पनि सक्छ। त्यसैले स्वास्थ्य मन्त्रालयले आधिकारिक रुपमा दिएको तथ्याङ्कमात्र सही हुन्छ।


वर्ल्डोमिटरले पनि नेपालसम्बन्धी तथ्याङ्क रहेको आफ्नो साइटमा 25 new cases in Nepal भनेर नेपाललाइभमा प्रकाशित यो समाचारलाई स्रोत बनाएको थियो। जुन Source लिङ्कमा क्लिक गरेर हेर्न सकिन्छ।

तर नेपाललाइभले आइतबार राति अबेर ‘आइतबार पुष्टि भएका कोरोना संक्रमितको संख्या १६ मात्र’ शीर्षकमा सो सच्याउँदै ‘समाचार पुनः पुष्टि गर्दा गलत भएको देखिएकाले क्षमायाचनासहित हटाइएको छ। नेपालमा आइतबार १६ जना मात्र कोरोना संक्रमित पुष्टि भएको छ र नेपालमा हाल कोरोना संक्रमितको संख्या ७५ छ’ लेखिसकेको छ।

मूलस्रोतमै समाचार सच्चिसकेपछि वर्ल्डोमिटरले पनि मध्यरातमा ८४ पुर्‍याइसकेको तथ्याङ्कलाई फेरि ७५ मा झार्‍यो।

हेर्नुस् ७५ मा झारिसकेपछिको अर्काइभ लिङ्क।

समाचारमा आइतबार सुरुमा ९ जना त्यसपछि फेरि ६ जना र फेरि ९ जना संक्रमित भेटिएको उल्लेख थियो।

तर वास्तवमा स्वास्थ्य मन्त्रालयले सवा ४ बजेको पत्रकार सम्मेलनमा ९ जना र राति पौने ८ बजेको विज्ञप्तिमा थप ६ जना संक्रमित भेटिएको मात्र पुष्टि गरेको थियो।

स्वास्थ्य कार्यालय बाँकेले पनि आफ्नो फेसबुक पेजमा आज जम्मा १५ जना मात्र बाँके जिल्लामा पोजिटिभ भेटिएको लेखेको थियो।

हामीलाई प्राप्त आधिकारिक तथ्याङ्क अनुसार नेपालगंजमा अस्ति भेटिएको ६० वर्षीय पुरुषको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा सुरुको लटमा ३० जनाको परीक्षण गरिएको थियो, त्यसमा ९ जनाको पोजिटिभ भेटिएको थियो। त्यसपछि दोस्रो लटमा थप ३० जनाको परीक्षण गरिएको थियो। त्यसमा थप ६ जनाको पोजिटिभ भेटिएको थियो। अब ३४ वटा थ्रोट स्वाबको स्याम्पल बाँकी छ। त्यो सोमबार मात्र परीक्षण हुनेछ। त्यस क्रममा थप पोजिटिभ भेटिन सक्छन्। तर आइतबार रातिसम्म आधिकारिक तथ्याङ्क बाँकेमा आज भेटिएको १५ मात्र हो।

त्यसैले आजमात्रै नेपालगंजमा २४ भेटिएको र कूल संक्रमितको संख्या ८४ पुगेको समाचार गलत छ।

भएछ के भने जसबाट सूचना चुहिएको थियो, उसले सुरुको ९ जना संक्रमितको तथ्याङ्कलाई नै फेरि भेटिएको तथ्याङ्क भन्ठानेछन्। त्यसैले ९+६ मात्र हुनुपर्नेमा ९+६+९ गरेर २४ पुर्‍याइदिए। नेपाललाइभ र स्वास्थ्यखबरले सच्याए पनि यो गलत समाचार अनलाइनमा संक्रमण जसरी फैलिसकेको थियो। हेर्नुस् विश्व स्वास्थ्य संगठनले भने जस्तो सूचना संक्रमण (infodemic) भएर फैलिएको गलत समाचारका केही उदाहरण-

















Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme