Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको दिन आज : एकै दिन १६ जना

Posted on May 3, 2020 by Salokya


गत जनवरी २३ मा नेपालमा पहिलो पटक कोरोना संक्रमण भेटिए यता आज मे ३ तारिख सबैभन्दा जोखिम देखिएको दिन रह्यो। लकडाउनको ४१ औँ दिन २४ घण्टामा १६ जना संक्रमित व्यक्ति भेटिए। त्यसमध्ये सबैभन्दा धेरै १५ जना नेपालगंजमा भेटिएका हुन्। एक जना भने वीरगंजमा भेटिएका हुन्।

यसअघि अप्रिल १८ मा १४ जना र अप्रिल २२ मा १० जना कोरोना संक्रमित भेटिएका थिए। यसअघि उदयपुर धेरै कोरोना संक्रमित भेटिएको हटस्पटका रुपमा रहेकोमा अब नेपालगंजले त्यो ठाउँ लिएको छ।

नेपालगंजमा आज भेटिएका १५ जना नै लोकल ट्रान्समिसन भएको केस हो। तीन दिन अगाडि प्रदेश ५ मा पहिलो पटक दुई वटा कोभिड १९ पोजिटिभ केस देखिएको थियो। त्यसमध्ये एक नेपालगंजका ६० वर्षीय पुरुष थिए।

भारतबाट आएर क्वारेन्टिनमा नबसी गएका मध्येकै व्यक्ति थिए उनी। उनैको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा ९० जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। तिनीहरुमध्ये भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा ३० वटाको एउटा लटमा ९ जना र ३० वटाको अर्को लटमा ६ जना गरी १५ जनामा कोरोना संक्रमण भेटिएको हो।

संक्रमण भेटिएका मध्ये ८ पुरुष र ७ महिला छन्। उमेरगत हिसाबले ७ देखि ६० वर्षसम्मकालाई संक्रमण भेटिएको छ।


चार्ट : इडिसिडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme