Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सजाय ३ महिनाको, समाचार ५ वर्षको ! ‘नागरिक’ पहिलो पेजको समाचारमा चिप्लँदा..

Posted on April 28, 2020April 28, 2020 by Salokya

नागरिक दैनिकले आज वैशाख १६, २०७७ को पहिलो पेजको ‘बक्स’मा ‘राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल’ शीर्षकमा समाचार लेखेको छ। समाचारमा ‘झन्डै दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किनिएको १६ करोडको गाडीको विषयमा लेख्दा सोनमकुमार सुनारले पाँच वर्ष जेल सजाय  पाए। उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन्’ लेखिएको छ। के साँच्चिकै सुनारलाई पाँच वर्षको जेल सजाय दिइएको हो त? के अझै उनी केन्द्रीय कारागार सुन्धारामा नै छन् त?

सोनमकुमार सुनारलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा २०७४ साउन २२ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। सुनार कपिलवस्तु नगरपालिकामा ९३ मेगाहर्ज एफएममा कार्यक्रम प्रमुखको रुपमा कार्यरत थिए।

जिल्ला न्यायाधीश बाबुकाजी बानियाको एकल इजलासले २०७४ कात्तिक २८ गते यो मुद्दाको फैसला भएको थियो।

विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत दायर यो मुद्दामा ५ वर्षसम्मको कैद सजाय हुनसक्थ्यो। अर्थात् यो मुद्दामा हुनसक्ने अधिकतम सजाय नै ५ वर्ष थियो।

तर उनलाई नागरिकमा लेखिएको समाचारमा जस्तो ५ वर्षको सजाय दिइएको भने होइन। न त उनी अहिले केन्द्रीय कारागार सुन्धारामा नै छन्।

यो मुद्दाको फैसला ०७४-CR-0114 मुद्दा नम्बर राखेर वेबसाइटमै हेर्न/पढ्न सकिन्छ। सुनारलाई अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो। वादीको क्षतिपूर्ति भराई पाउँ भन्ने मागको सम्बन्धमा अदालतले दावी पुग्न नसक्ने ठहर गरेको थियो।

नागरिकले हालसम्म केन्द्रीय कारागार सुन्धारामा छन् भनेर लेखे पनि फैसलाको तपसील खण्डमा उनी असार २९ देखि नै  थुनामा रहेको देखिँदा  कैद भुक्तान भैसकेको भन्दै थुनामुक्त गरिदिनु भनी सम्बन्धित कारागारलाई पत्राचार गर्न भनिएको छ।

अर्थात् उनी यो मुद्दामा थुनामुक्त पनि भइसके।

अतः नागरिकको पहिलो पेजमा छापिएको समाचार शीर्षक र पाँच वर्ष जेल र हालसम्म जेलमा नै छन् भनी दावी गरिएको तथ्य गलत देखिन्छ।

अपडेट

नागरिकले आफ्नो फेसबुक र ट्विटरमार्फत् यो समाचारको तथ्य गलत भएकोले क्षमायाचनासहित सच्याएको सूचना राखेको छ। तर कुन तथ्य गलत भएको, के हुनुपर्ने के भएको भन्ने बारे भने केही खुलाएको छैन।

यस अघि प्रकाशित समाचारमा तथ्य फरक परेकोले क्षमायाचना सहित सच्चाइएकाे छ।
राष्ट्रपतिको आलोचना गर्दा जेलhttps://t.co/980fDOLmT9

— NagarikNews (@nagarik_news) April 28, 2020

नागरिकले अनलाइनमा समाचारको शीर्षक पनि सच्याएर ‘राष्ट्रपतिको आलोचना गर्दा जेल’ राखेको छ। समाचारमा ‘उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन्’ हटाइएको छ।

तर समाचारको लिडलाइनमा रहेको ‘सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ’ लाई सच्याइएको छैन। जेल सजाय सरकारले नभई अदालतले सुनाउने हो।

समाचारको बीचमा ‘*प्रकाशित समाचारका केही तथ्य फरक परेकाे हुँदा क्षमायाचना सहित सच्चाइएकाे छ’ लेखिएको छ। तर कुन तथ्य गलत परेको हो र के हुनुपर्नेमा के भएको थियो र के सच्याइएको हो, पाठकलाई जानकारी दिइएको छैन।

नागरिकले तथ्य फरक पर्‍यो भनेर क्षमायाचनासहित सच्याउँदा पनि यही गलत समाचार कपिपेस्ट गरेर रातोपाटी लगायतका थुप्रै अनलाइनले पनि राखेका छन्। ती समाचार अनेकौँ पटक सेयर भएका छन्। यसले गलत जानकारी मूल स्रोतमा सच्चिसक्दा पनि बाँकीमा नसच्चिएर झुटो खबर फैलिने क्रम जारी छ।

नागरिकको कपिपेस्ट गरी झुटो समाचार लेख्ने अनलाइनहरु-

1 thought on “सजाय ३ महिनाको, समाचार ५ वर्षको ! ‘नागरिक’ पहिलो पेजको समाचारमा चिप्लँदा..”

  1. Milan says:
    April 28, 2020 at 8:49 pm

    If we model how copy and paste fake news spreads, I think we can have idea how how virus spreads in community.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme