Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ दुई ठाउँमा कोरोना भेटियो, काठमाडौँमा छैन ‘एक्टिभ’ केस

Posted on April 23, 2020April 23, 2020 by Salokya


बिहीबार नयाँ दुई ठाउँमा कोरोना संक्रमित भेटिएका छन्। जनकपुर र भोजपुर दुई नयाँ ठाउँमा कोभिड १९ पोजिटिभ पुष्टि भएको हो। आज भेटिएको तेस्रो केस चाहिँ उदयपुरको छ।

आज दिउँसो सवा ४ बजेको नियमित प्रेस ब्रिफिङमा जनकपुरमा एक जना १९ वर्षको पुरुष र उदयपुरमा ५५ वर्षकी महिलामा संक्रमण भेटिएको बताइएको थियो। राति ७:५० बजे मन्त्रालयले २६ वर्षीय अर्का पुरुषमा संक्रमण भएको पुष्टि गरेको हो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भोजपुरको यो केस पोजिटिभ भेटिएको हो।

जनकपुर (धनुषा) र भोजपुरमा संक्रमण भेटिएसँगै कोरोना नेपालका ७७ जिल्लामध्ये कोरोना भेटिएका जिल्लाहरुको संख्या १० पुगेको छ। अहिलेसम्म कैलाली, कन्चनपुर, काठमाडौँ, चितवन
पर्सा,रौतहट, धनुषा, बाग्लुङ, उदयपुर र भोजपुरमा कोरोना भेटिएको छ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी संक्रमित संख्या प्रदेश १ मा छ। यो प्रदेशको उदयपुर र भोजपुरमा संक्रमण भेटिएको छ।

प्रदेश २ मा भने पर्सा, रौतहट र धनुषा गरी तीन जिल्लामा संक्रमण फैलिएको छ।

प्रदेश ३ को काठमाडौँ र चितवनमा कोरोना संक्रमित भेटिएका छन्। सुदूरपश्चिम प्रदेशमा भने कैलाली र कञ्चनपुरमा संक्रमण भेटिएको छ।

काठमाडौँको सनसिटी अपार्टमेन्टमा पोजिटिभ भेटिएका आमा-छोरा आज डिस्चार्ज भएसँगै काठमाडौँमा ‘एक्टिभ’ केस सकिएको छ। पाटन अस्पतालम उपचार गराइरहेकी ८१ वर्षीया आमा र ५८ वर्षका छोरा आज डिस्चार्ज भएका हुन्। अब प्रदेश ३ मा चितवनमा मात्र दुई वटा ‘एक्टिभ’ केस छ।

त्यसैगरी आजै कैलालीकी ५० वर्षीया महिला पनि निको भएर घर फर्केकी छिन्। सुदूरपश्चिममा पनि अब एउटा मात्र ‘एक्टिभ’ केस छ।

हालसम्म निको हुनेको संख्या १० पुगेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme