नेपालमा आज फेरि तीन जना कोरोना संक्रमित पुष्टि भएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमूना जाँच गर्ने क्रममा तीन जनाको रिपोर्ट पोजिटिभ आएको हो। क्वारेन्टिनमा रहेका ती २४, ६० र ७२ वर्षका पुरुष उदयपुरकै हुन्। योसँगै उदयपुरमा कूल संक्रमितको संख्या २७ पुगेको छ। प्रदेश १ सबैभन्दा बढी संक्रमित फेला परेको प्रदेश हुन पुगेको छ।
सुखद खबरमा थप तीन जना डिस्चार्ज भएसँगै कोरोना लागेर निको भएर घर फर्किनेको संख्या सात पुगेको छ। संक्रमण पुष्टि भएको लगभग एक महिनामा उनीहरु निको भएका हुन्।
अहिले एक्टिभ भएका केसहरुमा पाटनमा दुई जना छन् भने सुदूरपश्चिममा २ जना, चितवनमा २ जना, वीरगंजमा ४ जना छन्। विराटनगरको अस्पतालमा २७ जना पुगेका छन्।