Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हो काठमाडौँमा १५ सय कोरोना संक्रमित भन्दै भाइरल भएको भिडियोको सत्य?

Posted on April 13, 2020 by Salokya


फेसबुकमा अहिले एउटा भिडियो भाइरल भएको छ। भिडियोमा एक जना पत्रकारले काठमाडौँमा १५ सय जना कोरोना संक्रमित भएको हुनसक्ने तथ्याङ्क टेकु अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले खुलासा गरेको दावी गरिएको छ।

के हो यो भिडियोको सत्य? हामीले फ्याक्टचेक गर्ने क्रममा पाएका तथ्य यस्ता छन्।

फेसबुकमा आकस्मिक लाइभ गरेको भन्दै पत्रकार सुविन श्रेष्ठले यो भिडियोमा भनेका छन्, एक हजारभन्दा बढी सेयर भएको यो भिडियोमा वीरगंजमा तीन जनामा कोरोना संक्रमण भएपछि स्थिति अझै भयावह भएको र काठमाडौँमा मात्र १५ सय जना कोरोना संक्रमित हुनसक्ने कुरा टेकु अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले खुलासा गरे।

अहिलेसम्म नेपालमा १२ जना र काठमाडौँमा तीन जना कोरोना संक्रमित फेला परेको अवस्थामा काठमाडौँमा मात्र १५ सय जना कोरोना संक्रमित हुने यो फेसबुके खुलासाको तथ्य के हो त? हामीले डा. राजभण्डारीसित टेलिफोनमा सम्पर्क गरेर सोध्यौँ।

उनका अनुसार १५ सय जना कोरोना संक्रमितको तथ्याङ्क प्लानिङका लागि अनुमान गरिएको हो। त्यो काठमाडौँ मात्रको नभएर देशभरको हो। उनले भने, ‘टोटल १५ सय केस भयो भने कति सिरियस हुन्छन्? कतिलाई अस्पताल राख्नुपर्छ? कतिलाई लक्षण देखिन्छ? त्यसको क्यालकुलेसन हो त्यो।’

‘कुन चाहिँ मिडियाले कसरी घुमाएर त्यसलाई राखिदियो’, उनले थपे।

उनले बुझाए, ‘हेल्थ सेक्टरमा प्लानिङ हुन्छ। सय वटा केस भयो भने के गर्ने, १५ सय वटा भयो भने के गर्ने, १५ हजार भयो भने के गर्ने। त्यसैको प्लानिङ हो यो, अरु केही पनि होइन।’

त्यसैले देशभरको १५ सय केसको प्लानिङको तथ्याङ्कलाई गलत बुझेर काठमाडौँमा १५ सय कोरोना संक्रमित हुनसक्ने भन्दै भाइरल बनाइएको भिडियो भ्रामक, तथ्यहीन र गलत छ।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

2 thoughts on “के हो काठमाडौँमा १५ सय कोरोना संक्रमित भन्दै भाइरल भएको भिडियोको सत्य?”

  1. Pingback: नआत्तिनुस्, काठमाडौँको अपार्टमेन्टमा तीन जना पोजिटिभ RDT मा भेटिएका हुन्, PCR मा हैन « Mysansar
  2. Pingback: आज फेरि दुई जना पोजिटिभ भेटिए, नेपालमा कूल संख्या १४ पुग्यो « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme