Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा कोरोना संक्रमितको संख्या डबल डिजिटमा, वीरगंजमा भेटिए तीन संक्रमित

Posted on April 12, 2020April 12, 2020 by Salokya


नेपालमा कोरोना संक्रमितहरुको संख्या दुई अङ्क पुगेको छ। यसअघि नौ जना संक्रमित भेटिएर एक जना स्वस्थ भइसकेको तथ्याङ्क रहँदै आएकोमा आज पुष्टि भएका तीन जनाको संख्या जोड्दा अब कूल संख्या १२ पुगेको छ।

पर्साको वीरगंज महानगरपालिका, वडा नम्बर २, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड-१९ पोजिटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ।

शंका लागि नारायणी अस्पताल, वीरगंजमा उनीहरुलाई आइसोलेसनमा राखी थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो|

परीक्षणका क्रममा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९, शनिबार पुनः परिक्षण गरिएकोमा त्यहाँबाट समेत पोजिटिभ देखिएको थियो।

उनीहरुको संसर्ग र उनीहरू गएको स्थान पहिचान गरी Contact Tracing गर्ने कार्यहरू भैरहेको मन्त्रालयले जनाएको छ।

उनीहरु दिल्लीको तबिलिगी जमातबाट फर्किएकाहरु हुन्। उनीहरुसँगै २४ जना भारतीय नेपाल आएकोमा तीन जनामा कोरोना पोजिटिभ भेटिएको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme