Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अन्नपूर्ण पोस्टलाई ‘खोप’ र ‘ट्याब्लेट’को फरक थाहा छैन

Posted on April 8, 2020 by Salokya


फोटोमा देखिएको hydroxychloroquine ट्याब्लेट हो। मलेरियाको उपचार गर्न प्रयोग हुने यो औषधिले कोभिड १९ लाई पनि निको बनाउँछ भन्ने गरिएको छ। तर यो औषधिलाई अहिलेसम्म कोभिड १९ को उपचारका लागि प्रयोग गर्न सिफारिश भइसकेको छैन। पछिल्लो समय यो औषधि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण चर्चामा छ। पछिल्लो समय ट्रम्प र भारतबीच यो औषधिको बारेमा तनाव भयो। यही बारे नेपालको राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टको अनलाइनले समाचार लेख्दा ‘खोप’ लेखेको छ। एउटा मात्र हैन, दुई दुई वटा हाम्रोपात्रो एपको सबैभन्दा बढी पढिएका समाचारमा औषधिलाई खोप लेखिएको छ।

चैत २४ गते प्रकाशित यो समाचारको शीर्षक छ- भारतले अमेरिका पठाउने खोपले नै कोरोनाबाट मुक्ति दिएला त?

त्यसैगरी त्यसको भोलिपल्ट चैत २५ गते प्रकाशित समाचारमा पनि यो औषधिलाई खोप नै भनिएको छ।

तर यो औषधि ट्याब्लेटका रुपमा प्रयोग गरिन्छ। यो खोप अर्थात् भ्याक्सिन होइन।

3 thoughts on “अन्नपूर्ण पोस्टलाई ‘खोप’ र ‘ट्याब्लेट’को फरक थाहा छैन”

  1. Prashant says:
    April 9, 2020 at 4:13 am

    Physicians with a good conscience and for the safety of their patients should not prescribe this to cure Covid-19. Side effects are very serious, covid patients are very fragile and weak. This drug will act as euthanizer. Put this drug through clinical trial and then decide.

    Reply
  2. Yuba Raj prasai says:
    April 8, 2020 at 10:12 pm

    Annapurna post Haina apurna post name rakhda uchit hola salokya Jyu..

    Reply
  3. madan bajracharya says:
    April 8, 2020 at 7:30 pm

    मलेरियाको औषधी र् कोरोना लागेर निको भयकाको रगतको प्लाज्मा पनि कोरोना रोगको उपचार गर्न प्रयोग गर्न सकिने कुराहरु अमेरिका लगायत चाइना बाट पनि बारम्बार समाचार बिचार र् अनुभवहरु प्रकाशित् हुँदै आइरहेको छ्। हाम्रो तराईमै मलेरिया पचाईसकेका थारुहरुमा कसैलाई कोरोना लागेको कुरा सुन्नमा आयको पनि छैन। त् ती मलेरिया पचाईसकेका थारुहरुको रगत प्लाज्मा पनि कोरोना रोगको उपचार हुने औषधी बनाउन सकिन्छ कि?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme