Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशै नगएकोलाई पनि कोरोना, यही नहोस् भन्ने चाहन्थ्यौँ हामी

Posted on April 4, 2020April 4, 2020 by Salokya

नेपालमा हिजोसम्म विदेशबाट फर्किएकालाई मात्र कोरोना भाइरस संक्रमण भएको तथ्याङ्क थियो। हिजोसम्म ६ जना संक्रमित भेटिँदा उनीहरुले अरु कसैलाई यो सारेको देखिएको थिएन। तर आज पहिलो पटक विदेशै नगएकोलाई पनि कोरोनाको परीक्षण पोजिटिभ भेटिएको छ। नेपालभरमा कूल संक्रमितको संख्या ९ पुग्दा एक जनामा ‘लोकल ट्रान्समिसन’ देखिएको हो।

यसको अर्थ हो, विदेशै नगएकोलाई पनि कोरोना संक्रमण देखियो। अर्थात् विदेश गएको मान्छेले विदेश नगएको मान्छेलाई कोरोना भाइरस सारेको देखियो। यसैको डर थियो। यही नहोस् भन्ने चाहना थियो। यस्तै रोक्नका लागि नै पूरै देश विगत १२ दिनदेखि ठप्प थियो।

आवतजावत ठप्प भएकोले अझ धेरैमा यो संक्रमण फैलिन पाएन। धनगढीमा जुन परिवारमा यो सर्‍यो, संक्रमित व्यक्ति नेपाल आउँदासम्म नेपालले खाडी मुलुक र युरोपबाट विमान आवागमनमा रोक लगाइसकेको थियो। तर उनी चैत ६ गते भारत हुँदै काठमाडौँ आएका थिए। नयाँ दिल्लीबाट भिस्टारा एयरलाइन्स चढेर काठमाडौँ, काठमाडौँबाट बुद्ध एयरको विमानबाट नेपालगन्ज र त्यहाँबाट सार्वजनिक गाडीमा धनगढी पुगेका थिए।

उनकै घरको परिवारको आफन्त एक जनामा कोरोना संक्रमण भेटिएको हो। कोरोना सर्ने खालको भाइरस हो। तर नेपालमा बाहिरबाट आएकाले अरुलाई सारेको देखिएको थिएन। यी ३४ वर्षीय पुरुषले भने आफ्नै परिवारलाई सारेको देखियो।

अब उनीसँगै दिल्लीबाट भिस्टारा एयरलाइन्स चढेर काठमाडौँ आएका यात्रुहरु, बुद्ध एयरबाट नेपालगन्ज जाने यात्रुहरु र नेपालगन्जबाट धनगढी जाँदा सार्वजनिक गाडीमा सँगै बसेका यात्रुहरुलाई ट्रेस गरेर उनीहरुलाई निगरानीमा राखी उनीहरुको पनि नमूना परीक्षण गर्नुपर्ने चुनौति थपिएको छ।

विमानका यात्रुको त नाम ठेगाना थाहा होला, गाडीको थाहा हुने कुरा भएन। यो अलि कठिन स्थिति आइपरेको छ।

तर राम्रो कुरा के पनि भएको छ भने लकडाउनका कारण मान्छेको आवतजावत रोकिएको छ। जसलाई यो संक्रमण सरेको छ, उनीहरुको परिवारबाट समुदायमा यो संक्रमण फैलन नपाएको कामना गरौँ। किनभने यो भाइरसको प्रकृति नै पहिला व्यक्तिमा, अनि समुदायमा ठूलो स्तरमा फैलन्छ। यो फैलनबाट रोक्न जुन फैलने शृङ्खला छ, त्यसलाई काट्नु पर्छ। लकडाउनका कारण त्यो शृङ्खला वृहत् नभएको आशा गर्न सकिन्छ।

परिवारमै पनि आठ/नौ जनाको उनको परिवारमा एक जनामा मात्र फैलिएको देखिएको छ।

अर्को होस गर्नुपर्ने कुरा के पनि हो भने आज भेटिएका तीन मध्ये दुई संक्रमण भारतबाट आएकाहरुमा भएको हो। त्यसमध्ये एक जना मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष हुन् भने अर्का उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष हुन्।

भारतमा संक्रमण फैलन थालेपछि नेपाल प्रवेश गर्नेहरुको संख्या ठूलो थियो।

तर यहाँनिर पनि आतंकित नभई आशावादी हुनुपर्ने कुरा के छ भने अहिले भारतसँगको सीमा बन्द छ। र, लकडाउनका कारण भारतबाट आएकाहरु समुदायमा मिसिएका छैनन्। स्थानीय तहहरुले उनीहरुलाई क्वारेन्टिनमा राख्ने सक्दो प्रयास गरेका छन्।

दोस्रो पटक म्याद थपिएको लकडाउनको समय सकिँदै गर्दा कोरोनाको नयाँ चरण भेटिएकोले अझै लकडाउनको समय थपिने निश्चित छ। र हामीसँग त्यसलाई कडाइका साथ पालना गर्नुको विकल्प छैन। यो साता हाम्रा लागि निकै चुनौतिपूर्ण रहनेछ।

क-कसलाई कोरोना ?
केस नम्बर १ : चीनबाट फर्केको, हाल स्वस्थ भइसकेको, पुरुष (काठमाडौँ) माघ ९
केस नम्बर २ : फ्रान्सबाट कतार हुँदै फर्केको, १९ वर्षीया महिला (काठमाडौँ) चैत १०
केस नम्बर ३ : दुबई एयरअरेबियाबाट काठमाडौँ आएका, ३२ वर्षीय पुरुष (धादिङ) चैत १२
केस नम्बर ४ : दुबईबाट काठमाडौँ हुँदै सुदूरपश्चिम पुगेको, ३४ वर्षीय पुरुष (कैलाली) चैत १४
केस नम्बर ५ : बेल्जियमबाट कतार हुँदै फर्केको, १९ वर्षीया महिला (बाग्लुङ) चैत १५
केस नम्बर ६ : युरोपबाट कतार हुँदै फर्केको, ६५ वर्षीया महिला (बाग्लुङ) चैत २०
केस नम्बर ७ : मुम्बईबाट फर्किएका २१ वर्षीय पुरूष (कैलाली) चैत २२
केस नम्बर ८ : उत्तराखण्डबाट फर्किएका ४१ वर्षीय पुरूष (कन्चनपुर) चैत २२
केस नम्बर ९ : घरमै रहेका ३४ वर्षीय महिला (कैलाली) (आफन्तबाट सरेको) चैत २२

2 thoughts on “विदेशै नगएकोलाई पनि कोरोना, यही नहोस् भन्ने चाहन्थ्यौँ हामी”

  1. mbajracharya says:
    April 5, 2020 at 6:55 am

    १२ दिन सम्म नेपाल थप्प राखेर हामीले जे नचाहेको हो तेही भयो कारण बिहारि सित नेपाली सत्ता पत्ता गरेकोले हो। नेपाल फर्केको नेपाली भारतमा फैलेको कोरोना रोग बाट सन्क्रमित भयकोमा उस्को कुनै दोश छैन; दोश नेपालीलाई नेपालमा रोजगारी नपाउने भयकोले कोरोना लागेको भारतमा रोजगार खोज्न जानु परेको त् नेताहरुको ४०लाखे नितिको कारनले हो। नेपालमा पाउने पेसागत रोजगार नेपालीले पाउन नसकिने भयको र् नेपालीमा कोरोना रोग सरेको कारण पनि नेताहरुको तेही ४० लाखे नितिनै हो। कोरोनाको भाईरस भन्दा नेपालीलाई नेपालमा रोजगारी नपाउने निती लड्ने हरु खतरानाक छन्। तेस्तालाई नेपालको राजनीति बाट अैइसोलेसन नगरुन्जेल हामी नेपाली यस्ता रोगी भाईइरस बाट अैइसोलेसनमा मा थुनिन बाध्य् हुनु पर्ने हुन्छ।

    Reply
  2. Dipkumar says:
    April 4, 2020 at 4:11 pm

    UP यु पि न्यूज >- ” भारतमा जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखेको छ ” (१) छी छी छी घृणा लागेयो। (२) भोली त्यसो खराब भाईरस , ” कोरोना र कोभिड ” लाइ भिन्दै स्कूळ चाहियो। (३) जसको पनि बच्चाहरुको बिचमा त्यस्तो खराब कोरोना र कोभिड हरुलाई लाउनै हुदैन। जन्म खराब , भाईरस सँगै भको जन्म। छी छी छी घृणा लागेयो। (४) पृथिबीमा , आउने पनि आफ्नो आफ्नो समय हुदो रहेछ।
    जाने पनि आ आफ्नो समय हुदो रहेछ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme