Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना बोकेर कतारबाट आएको एउटा विमान- क्युआर ६५२, अहिलेसम्म तीन जनामा संक्रमण

Posted on April 2, 2020April 2, 2020 by Salokya


गएको चैत ४ गते कतारबाट काठमाडौँ अवतरण गरेको कतार एयरवेजको एउटा विमान क्युआर ६५२ ले नेपालमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितहरुमध्ये आधा व्यक्तिहरुलाई बोकेर ल्याएको खुलेको छ। योसहित नेपालमा छैटौँ व्यक्ति भेटिएको छ। आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले नयाँ संक्रमित व्यक्ति भेटिएको पुष्टि गरेका थिए। ती व्यक्तिबारे थप जानकारी उनले दिएनन् तर यो केस काठमाडौँको भएको मन्त्रालयको नक्सामा देखिएको छ। मन्त्रालयले काठमाडौँमा देखाए पनि खासमा यो बाग्लुङको केस भएको बुझिएको छ। ६५ वर्षीय महिला। ६० भन्दा माथिकोमा संक्रमण भेटिएको पनि यो पहिलो हो। क्युआर ६५२ मा कूल १५८ जना यात्रु थिए। तर सबै सम्पर्कमा आइसकेका छैनन्।


मन्त्रालयको साइटमा राखिएको जानकारी।

कान्तिपुरले बनाएको यो ग्राफिक्समा कुन कुन जिल्लाका यात्रुहरु छन्, खुलाइएको छ।

सम्पर्कमा आएकाहरुको त परीक्षण भइरहेकै छ। नआएकाहरुले कतै गाउँमा गएर यो संक्रमण त सारेनन् भन्ने शंका बढेको छ।

त्यसो त एउटै विमानमा आएका सबैलाई संक्रमण लाग्छ नै भन्ने हुँदैन। तर विमान रहेका तीन तीन जना संक्रमित भएको थाहा भइसकेपछि अझ अरुमा पनि यो सरेको हो कि भन्ने शंका चाहिँ हुन्छ नै।

नेसनल जियोग्राफिकले गत जनवरीमा एउटा समाचार दिएको थियो जसमा प्लेनभित्र कोरोना भाइरस कसरी फैलिन्छ भन्ने जानकारी थियो। त्यसमा दिइएको जानकारी अनुसार झ्याल छेउमा बस्ने यात्रुलाई संक्रमण हुने सम्भावना कम हुन्छ। विमानका सबै यात्रुमा यो फैलने नभई निश्चित क्षेत्र हुन्छ। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।

बुझ्नु पर्ने कुरा के हो भने यसमा यही हो र हुन्छ भन्ने निश्चित हुन्न। यो सब सम्भावनाका कुरा हुन्।

तर यो हचुवामा बनाइएको पनि होइन। यसमा डब्लुएचओले भनेका कुराहरु पनि छन्। न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित सार्स फैलँदाको अध्ययनको नतिजा पनि छन्।

इन्डेपेन्डेन्ट र न्युयोर्क टाइम्समा पनि यस्तै खबर छापिएका छन्।

त्यसैले विमानमा रहेका सबैमा नै संक्रमण हुने र सबै दोषीको व्यवहार गर्नु उपयुक्त हुन्न। तर ती सब यात्रुको निगरानी गर्न भने जरुरी छ जुन अहिले भइरहेको पनि छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme