Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालका तीन वटा प्रदेशमा फैलिसक्यो कोरोना संक्रमण

Posted on March 28, 2020March 28, 2020 by Salokya

काठमाडौँमा मात्र सीमित हुँदै आएको कोरोना संक्रमितहरुको सूची अब फराकिलो बन्दै गएको छ। हिजो काठमाडौँ बाहिरको पहिलो केस सुदूरपश्चिम प्रदेशको धनगढीमा फेला परेको थियो। त्यसको २४ घण्टा नबित्दै अर्को काठमाडौँ बाहिरको केस फेला परेको छ। यस पटक गण्डकी प्रदेशको बाग्लुङमा नयाँ केस भेटिएको छ। यो हिसाबले आजको मितिसम्ममा कोरोना संक्रमण तीन प्रदेशमा फैलिसकेको छ। 

चैत ४ गते कतार एयरलाइन्सको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौँ आएकी १९ वर्षीया किशोरीमा आज कोभिड १९ पोजिटिभ भेटिएको हो। यही विमानमा अर्की १९ वर्षीया किशोरी पनि आएकी थिइन् जसमा कोभिड १९ पोजिटिभ भेटिएको थियो। फ्रान्सबाट कतार हुँदै आएकी ती किशोरीमा नेपालमा  दोस्रो संक्रमण भेटिएको थियो। आज भेटिएकी किशोरी पनि एउटै उडानबाट आएकी हुन्। यसले उडानबाटै संक्रमण फैलिएको हो कि भन्ने शंका बढेको छ। तर यो यकिन भइसकेको छैन। किनभने उनी कोरोना संक्रमण भइरहेकै युरोपको बेल्जियमबाट कतार हुँदै आएकी थिइन्।

काठमाडौँ आइसकेपछि उनी बाग्लुङसम्म पुग्दा र त्यहाँ पुगिसकेपछि अरुमा संक्रमण फैलियो कि फैलिएन, त्यो हेर्नुपर्ने चुनौती अब आइलागेको छ।

त्यसैगरी हिजो संक्रमण भेटिएका पुरुष दुबईबाट नयाँ दिल्ली पुगेको र नयाँ दिल्लीबाट काठमाडौँ त्यसपछि बुद्ध एयरको विमानबाट नेपालगञ्ज र त्यहाँबाट सार्वजनिक सवारी साधन चढेर धनगढी पुगेको खुलेको छ। बाटोमा उनीसित सम्पर्कमा आएका अरुलाई संक्रमण भयो कि भएन त्यो जाँच्नुपर्ने चुनौती पनि छ ।

 

1 thought on “नेपालका तीन वटा प्रदेशमा फैलिसक्यो कोरोना संक्रमण”

  1. Kamal says:
    March 29, 2020 at 6:10 am

    Instead of making rubbish claims like ” There is no coronavirus in Nepal”, if they could establish proper screening and isolation measurement for arrivals could be control. There might be more hidden cases in Nepal.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme