Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेल्जियममा सेल्फ क्वारेन्टिनमा बस्दाको अनुभव

Posted on March 24, 2020 by Salokya

-सन्तोष न्यौपाने/बेल्जियम-

दुई वर्ष अगाडि लुम्बिनीमा १० दिने विपश्यना गर्दा सुरुका दिनहरूमा निकै अप्ठेरो महसुस भएको थियो। दिनको १० घण्टा ध्यानमा लिन हुनुपर्ने र मौन रहनु पर्ने कडा नियमले त्यो स्थिति रहनु स्वभाविक नै थियो। तर पहिलो पटक भएको हुँदा नयाँ अनुभव पक्का थियो। विपश्यना जस्तै तर केही सहज स्थिति अहिले अनुभव गर्दैछु। अर्थात् कोरोना पछिको बेल्जियमले लागू गरेको सेल्फ क्वारेन्टिनमा।

१० दिन अगाडि शुक्रबारको बिहान सपिङ गर्न गएको थिएँ। त्यतिखेर सबै सुपरमार्केट हरु भरिभराउ थिए। मानिसहरूको भीड निकै कम थियो। जर्मनी,स्पेनतिर सुपरमार्केट खाली हुन लागेको समाचार आउन थालेको थियो। सोही अनुरूप मैले पनि कम्तिमा २ हप्ता पुग्ने खानाको जोहो गर्न सपिङ गरे।

बेल्जियममा पनि सोही अवस्था हुनसक्नेमा द्विविधा नै थिएन। सामान किनेर राख्नुस् सर्टेज हुनसक्छ भन्दा धेरैले मलाई गिज्याए पनि। किन आत्तिएको त्यस्तो केही हुँदैन बेल्जियममा भनेर। तर खै किन हो मेरो मनले कुछ गडबड हुन्छ भन्ने भनिराख्या थियो।

तर नभन्दै त्यस्तै भयो। सोही शुक्रबार साँझ ४ बजे पछि सबै सुपर मार्केट भरिभराउ भए। मान्छेले समान खोसाखोस गरेर लिए। समान लगभग सिधियो। एक डेढ घण्टा लाईन बसेर उनीहरूले समान लिनुपर्यो। यसबाट मानिस हरुलाई आफ्नो जीवन प्रति कती धेरै मोह रहेछ भन्ने पनि देखायो। ।

सोही दिन साँझ बेल्जियम सरकारले कोरोना बाट नागरिक संक्रमित नहुन भन्ने उदेश्यले नयाँ नियम लागू गर्यो। अत्यावस्यक पसल बाहेक सबै अप्रिल ३ तारीख सम्मलाई बन्द गर्ने भनेर सूचना जारी गर्यो। रेस्टुरेन्ट,क्याफे ,स्कूल,लगायत सबै पूर्ण रूपमा बन्द गर्यो। वृद्ध हरु राख्ने ठाउँ लाई पूर्ण रुपमा नयाँ सिस्टम बाट चलाउन निर्देशन दियो।उनीहरूलाई सोही दिनदेखि सेल्फ क्वारेन्टाइन मा राख्न निर्देशन दियो।बाहिर निस्कन समेत बन्देज गर्यो। मानिसहरूलाई अत्यावस्यक काम बाहेक अरुबेला ननिस्कन भन्यो। तर आफ्नो परिवार केही छोटो समयको लागि हिँडडुल गर्न मिल्ने, अरू संगको दूरी डेढ मिटर हुनुपर्ने नियम जारी गर्यो।नियम उल्लंघन गर्नेलाई कडा जरिवाना पनि ब्यबस्था गर्यो।सुरुमा १० जना संक्रमित रहेको बेल्जियममा अहिले ३५ सय बेसी भइसकेका छन् भने ८० जनाको मृत्यु भइसकेको छ।

अहिले म लगायत सबै जना सेल्फ क्वारेन्टाइन मा घरमै छौं। यसरी घरमा बस्दा सुरुका २/३ दिन रमाइला नै भयो। त्यस पछिका दिनहरुमा मैले अवसरको रूपमा लिएको छु। मेरो पेशा नै कुक भएकोले पनि मलाई खाना बनाउन निकै मन पर्छ। यही समय सदुपयोग गर्दै नेपाली ,इन्डियन नयाँ प्रकारका खाना बनाउन युटुब हेरेर सिक्दैछु। नेपाली तथा विदेशी लेखकका पुस्तक अध्ययन गर्दैछु । लगभग ३ वर्षकी छोरी छिन्।उनलाई नेपाली सिकाउँछु। लेख्न सिक्दै गरेकी छोरी बोल्न चाहिँ प्रस्ट नै छिन्। उनलाई राम्रा आनीबानी सिकाउन पनि यो समयले साथ दिएको छ। अरुबेला हाम्रो भेट यति साह्रो बाक्लो कम नै हुने गर्दछ। मेरो विदा बाहेक का दिनमा उनी र मेरो भेट दिनको एक दुई घण्टा मात्रै हो।उनी विद्यालय जाने म काममा जाने। यो सेल्फ क्वारेन्टाइन समय मेरो र मेरो छोरीको लागि राम्रो अवसर हो। धन्यवाद कोरोना यो अवसर जुटाइदिएको मा।

त्यस्तै गरेर दिनको एक घण्टा ध्यान गर्ने गर्दछु। विपश्यना पछि ध्यान प्रति मेरो मोह बढेर गएको छ। जीवन बुझ्ने तरिका मा परिवर्तन आएको छ। ध्यान गर्दा अर्कै आनंद आउँछ । विचारहरूको द्वन्द हुन्छ।नकारात्मक विचार ध्यानले जलन गराउँछ। ध्यान गर्ने समयमा मैले सबै बिर्सिसकेको हुन्छु। म कहा छु ,कुन अवस्थामा छु भन्ने कुराको ध्यय हुँदैन मलाई। विशेष चाडपर्व,पूर्णिमाको दिन,शनिवार म विशेष मन्त्र सहित ध्यानमा लिन हुन्छु। मन्त्रमा शक्ति हुन्छ त्यो शक्ति प्राप्त गर्न ध्यान जरुरी छ। अहिले यो समय पनि विपश्यना ध्यान र मन्त्र ध्यानलाई समय दिएको छु।

यसबाहेक गौर गोपाल दासका प्रेरणादायी भिडियो,सदगुरुका प्रवचन,ज्योतिष शास्त्रका सामग्रीहरू अध्ययन गर्ने प्रशस्त समय पाएको छु। जसले गर्दा हरेक कुराहरूमा नकारात्मक भन्दा सकारात्मक पाटोलाई बढी प्राथमिकता दिनुपर्दछ भन्ने मान्यता म माथि हावी भएको छ। यसै सन्दर्भमा सामाजिक सञ्जालमा व्यक्त विचार हेर्छु। मानिसहरू नकारात्मक कुराहरूको प्रचार प्रसार गर्न आतुर छन्। चाहे मीडिया होस् वा सर्वसाधारण नै किन नहुन।अझै नेपालको सवालमा यो त निकै पपुलर विषय बनेको छ। मानिसहरू सकारात्मक पाटोलाई बढावा दिन सकिरहेका छैनन। जसको कारण धेरै मानसिक समस्यामा पर्ने पनि देखिन्छ। यदि कुनै पनि कुराको सकारात्मक पक्षलाई बढावा दिने हो भने समाजमा द्वन्द वृद्धि हुँदैन।सबैको कल्याण हुन्छ सबैको भलो हुन्छ । अन्तत सबै खुसी रहन्छन् ।

बेल्जियम सरकारले कोरोना बाट बेरोजगार भएका हरुलाई मासिक १५ सय युरो सम्म दिने घोषणा गरेको छ। घरको लोन,बिजुली , पानी,विद्युत खर्चमा पनि सहयोग गर्ने घोषणा गरेको छ। यो घोषणा सँगै आत्तिनु पर्ने अवस्था छैन। तर पनि दैनिक आफ्नो काममा व्यस्त रहने शरीरलाई धेरै आराम पनि पचाउन गाह्रो पर्ने रहेछ। यो पनि मज्जाले अनुभब गर्न पाएको छु।

कोरोनापछिको विश्व

“परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु ठानेका छौ, त्यो नै जीवन हो। एक क्षणमा तिमी करोडौको मालिक बन्छौ, अर्को क्षणमा तिमी दरिद्र बन्न पुग्छौ। मेरो-तेरो, सानो-ठूलो, आफ्नो-पराई, मन बाट हटाइदेऊ, त्यसपछी सबै तिम्रा हुनेछन्, तिमी सबैको हुनेछौ।”

यो पंक्ति गीता को सार मध्यको एक हो । जुन अहिले वर्तमान संसारको स्थिति संग ठ्याक्कै मेल खान जान्छ। निम्न आय हुने व्यक्ति होस् वा संसारकै धनी व्यक्ति किन नहोस् उनीहरूलाई कोरोना ले समान बनाइदिएको छ।

कोरोना को प्रकोप पछि मै हु भन्ने देशहरूलाई पनि आफ्नो हैसियतमा फर्काइदिएको छ। ठूला ठूला हतियार सहित सम्पन्न देशहरू आज कोरोना भाइरस कै कारण पछि हटेका छन्।
ठीक दुई हप्ता पहिला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनलाई दोष थुपार्दै कोरोना भाइरसको जन्मदेश भनेर आरोप लगाए । ट्रम्प ले कोरोना लाई चिनियाँ भाइरस को संज्ञा दिँदै ट्वीट समेत गरे । तर आज त्यही ट्रम्प को देश विश्वमा कोरोना संक्रमितको संख्या को आधारमा हेर्ने हो भने झण्डै तेस्रो पंक्तिमा आइपुगेको छ।

सुरुका दिनहरुमा राजनैतिक कीचलोमा परेको इटालीले हेलचेक्र्याइँ गर्दा आज हजारौंको ज्यान गएको छ। कसलाई बचाउने कसलाई छाडने स्थितिमा त्यहाँका डाक्टरहरु र स्वयंसेवकहरु पुगे। अहिले मृत शरीर को व्यवस्थापन गर्न समेत सास्ती छ।

आखिर जिन्दगी के रैछ त?? सबैलाई सोच्न बाध्य पनि बनाएको छ कोरोना ले।

चीन बाट सुरु भएको कोरोना अहिले विश्वभरी फैलिएको छ।

अहिले सम्पूर्ण विश्व मानिसजातिको उद्धारको लागि र सामाजिक दूरीमा छ! महामारी कोरोना भाइरस मानव जातिको लागि सबैभन्दा ठूलो आपत पैदा गर्दैछ तर हामीलाई केहि वास्तविकता पनि दिँदैछ।

यति धेरै देशहरूमा जनावर र चराहरू स्वतन्त्र रूपमा घुम्न थालेका छन् । भेनिस सहरका नहरहरुमा डल्फिन हरु देखिन थालेका छन्। सबै देश लक डाउन हुँदै गर्दा प्रदूषण मा कमी आउने पनि निश्चिन्त छ। इको सिस्टम सन्तुलन गर्न कोरोना महामारीले सहयोगी भूमिका खेल्न सक्ने देखिन्छ। मानिसहरू मांसाहारी बाट साकाहारी हुन थालेका छन्। धर्म प्रति मानिसहरूको आस्था बढन थालेको देखिन्छ।

कोरोना कै कारण कतै पनि कुनै देशमा राजनीतिक मतभेद भइरहेको छैन। कुनै पनि राष्ट्र एक अर्कासँग लडिरहेको छैन। “व्यक्तिहरू एक अर्कालाई स्वस्थ र स्वस्थ हुनको लागि प्रार्थना गरिरहेका छन्!” मानवता अझै हामीभित्र बाँचिरहेको छ र यो हाम्रो मानव जाति बचाउनको लागि पर्याप्त छ भन्ने सन्देश पनि कोरोना ले दिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme