Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहँ, रुसका सडकमा पुटिनले ८ सय वटा सिंह छाडेका छैनन्, फेक न्युज नपत्याउनुस् !

Posted on March 22, 2020 by Salokya

सामाजिक सञ्जालमा एउटा खबर निकै सेयर भइरहेको छ। त्यसमा भनिएको छ- कोरोना संक्रमणबाट बच्ने उपायका रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले करिब ८ सय बाघ र सिंहलाई सडकमा खुल्ला छाडिदिएका छन्। नागरिकहरु डराएर घरबाट ननिस्कून् भनेर त्यसो गरिएको रे। साथमा एउठा सडकमा एउटा सिंह हिँडिरहेको फोटो पनि छ। विश्वासिला मानिने वरिष्ठ पत्रकारहरुबाट नै यो खबर सेयर भएको देखेपछि धेरैले हो भन्ठाने। तर वास्तवमा यो गलत हो। कसरी ? आउनुस् विस्तृतमा बुझौँ।

सडकमा सिंह हिँडेको यो फोटो नयाँ होइन। इन्टरनेटमा बारम्बार यो फोटो अनेक हल्ला मच्चाउन उपयोग भइरहेको देखिन्छ। चार वर्षअघि जापानमा यही फोटोले तहल्का मच्चाएको थियो। जापानको कुमामोटोमा भूइँचालो गएपछि एक युवकले सडकमा सिंह भन्दै यही फोटो ट्विट गरेका थिए। झुटो जानकारी ट्विट गरेको भन्दै प्रहरीले त्यतिबेला उनलाई पक्राउ गरेको थियो।

एक घण्टामा २० हजार पटक रिट्विट भएको थियो उनको ट्विट।

हेर्नुस् त्यतिबेला टोक्यो रिपोर्टरमा आएको समाचार

खासमा यो फोटो न रसियाको हो न जापानको। यो त दक्षिण अफ्रिकाको जोहानसवर्गको फोटो हो। युकेको मेट्रो न्युजमा सन् २०१६ मा प्रकाशित रिपोर्ट अनुसार फिल्म सुटिङका लागि कोलम्बस नामको यो सिंहलाई त्यसरी सडकमा छाडिएको हो।

त्यो सिंहलाई त एक्टिङका लागि पो सडकमा पठाइएको रहेछ। त्यसैलाई लिएर के के सम्म हल्ला गर्न भ्याए मानिसहरुले। फटाहाहरुले त्यसलाई कोरोनासँग पनि जोड्न भ्याए।

अब तपाईँलाई लाग्यो होला त्यो माथि सबैभन्दा पहिलो फोटोमा त ब्रेकिङ न्युज भनेरै लेखिएको छ नि टिभीमा आएको जस्तो। त्यो चाहिँ के हो त ?

पख्नुस्, तपाईँलाई त्यो पनि के हो प्रष्टैसँग बुझाउँछु। ध्यान दिएर हेर्नुस् त त्यो फोटोमा के लेखिएको छ?  दायाँ छेउमा ब्रेकयोरओनन्युज डट कम लेखिएको छ। त्यो भनेको टिभीको स्क्रिनमा देखिए जस्तो गरेर आफैले ब्रेकिङ न्युज बनाउन दिने वेबसाइट हो।

त्यो साइटमा गएर हेडलाइन र टिकर हालेपछि ठ्याक्कै यस्तै खालको टिभी स्क्रिनमा देखिएको जस्तो फोटो आउँछ। तल हेर्नुस् मैले बनाएको-

यसरी फेसबुक चलाउनेहरुलाई मूर्ख बनाइएको हो। अब फेरि त्यो साइटमा गएर अनेक फोटोहरु बनाएर मान्छेलाई उल्लु बनाउने काम चाहिँ नगर्नुस् नि फेरि !

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता अडियो तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] मा अथवा माइसंसारको फेसबुकमा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)

सम्बन्धित ब्लगहरु

आकाशबाट सेनाले हेलिकप्टरबाट औषधि छर्कने कुरा भारतबाट सुरु भएको ‘फेक न्युज’

नर्भिक हस्पिटलको भन्दै फेसबुकमा फैलाइएको अडियो यसकारण गलत

टेकुमा कोरोना संक्रमित भेटिएको फेक न्युजदेखि सावधान !

फ्याक्टचेक : म्याग्दीको तातोपानीमा मास्क लगाउनेहरुको फोटो एक वर्षभन्दा पुरानो

नझुक्किनुस्, मान्छेहरु ढलेको यो फोटो इटालीको होइन

 

3 thoughts on “अहँ, रुसका सडकमा पुटिनले ८ सय वटा सिंह छाडेका छैनन्, फेक न्युज नपत्याउनुस् !”

  1. Pingback: नझुक्किनुस्, ‘आजतक’ले आर्थर गन भारतको भनेर समाचार दिएको छैन « Mysansar
  2. Ramesh Adhikari says:
    March 23, 2020 at 3:18 pm

    सालोक्य जि, तपाईंले बनाएको newspaper त झन राम्रो पो देखियो त, अब तेही पोस्ट गर्छन् कुन दिन पाङ्रेहरुले अनी लेख्छन : भोली देखी KTM मा बाहिर निस्क्यो भने सिंह ले क्वाप्पै खाइहाल्छ रे, ओली ले भनेर जाउलाखेल चिडियाखाना बाट छोडिएको, होसियार होसियार ज्यान जोगाउन नजिकै को रुख मा चढ्नुस् भनेर ।

    Reply
  3. Ashis says:
    March 23, 2020 at 7:23 am

    You are doing a very good job in cracking the “FAKE NEWS”.. Keep up the good work…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme