Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आकाशबाट सेनाले हेलिकप्टरबाट औषधि छर्कने कुरा भारतबाट सुरु भएको ‘फेक न्युज’

Posted on March 21, 2020March 21, 2020 by Salokya


फेसबुकमा अहिले कोरोना भाइरससम्बन्धी एउटा अर्को मेसेज भाइरल भइरहेको छ। यो मेसेज टेक्स्ट र अडियो दुवैमा छ। टेक्स्टमा आज राति १२ बजे नेपाल भर आर्मी हेलिकप्टरले आकाशबाट कोरोना भँइरसविरुद्ध किटनाशक औषधि छर्कने हुनाले घर बाहिर ननिस्कन र कपडा र अरु कुरा बाहिर नराख्न भनिएको छ। त्यसैगरी अडियोमा एक महिला आवाजमा त्यही कुरा भनेको सुन्न पाइन्छ। यसमा भएको जानकारी गलत हो। 

तपाईँले यसअघि नर्भिक अस्पतालमा ९ जनाको चेक गर्दा ६ जनामा कोरोना भाइरस देखिएको भन्ने भाइरल अडियो पनि सुन्नुभयो होला। त्यो अडियो बनाउने रामेछाप घर भएका र हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापालाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा उनले आफ्नो फेसबुक पेजको रिच र इन्गेजमेन्ट बढाउनका लागि यस्तो झुटो अडियो बनाएर हालेको बताएका छन्।

यस्ता झुटा, सनसनीपूर्ण खबर फेसबुकमा राखे लाइक र कमेन्ट गर्ने, रियाक्ट गर्नेहरुका कारण इन्गेजमेन्ट बढ्ने लोभले यसो गरेको देखिएको छ। अब उनलाई मुलुकी  अपराध संहिता अनुसार एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।

हेलिकप्टरबाट औषधि छर्कने फेक न्युज चाहिँ नेपालको मौलिक समेत होइन। यो हल्ला भारतबाट आयात गरिएको हो। भारतमा यो हप्ता विशेष गरी ह्वाट्स एप ग्रुपहरुमा यस्तो मेसेज फैलिएको थियो। नेपालमा भने ह्वाट्स एप खासै चल्दैन। त्यसैले फेसबुकबाट यस्तो हल्ला फैलिएको हो।

ह्वाट्स एपमा दिल्लीमा फैलिएको हेलिकप्टरवाला मेसेज।

भारतमा ट्विटरबाट पनि यस्तो हेलिकप्टरवाला हल्ला फैलिएको थियो।

भारतमा फेसबुकमा फैलिएको हेलिकप्टरवाला हल्ला।

हल्ला भारतमा धेरै फैलिएपछि भारत सरकारको निकाय प्रेस इन्फरमेसन ब्युरो (नेपालको सूचना विभाग जस्तो) ले ट्विटरमा आधिकारिक रुपमा यसको खण्डन गरेको थियो।

कोरोना वायरस की रोकथाम के लिए हवा में किसी भी दवाई का छिड़काव नहीं किया जा रहा है |#CoronavirusOutbreak पर अफवाहों से दूर रहें और हमेशा सटीक जानकारियों को ही साझा करें |

अधिक जानकारी के लिए @MoHFW_INDIA के दिशानिर्देशों को पढ़े | pic.twitter.com/gB6OmuSC1q

— PIB Fact Check (@PIBFactCheck) March 20, 2020

Amidst #Coronavirusoutbreak, misinformation on CV Vaccine gas spread out through Airplanes is circulating on social media
NO such action has been planned out by the Indian Government.

Get your facts from trusted sources. Do not amplify #fakenews! pic.twitter.com/8F5ksKKBEm

— PIB Fact Check (@PIBFactCheck) March 17, 2020

भारतमै फैलिएर बासी भइसकेको हल्लालाई अहिले नेपालमा फैलाउन खोजिएछ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सूचना गलत भएको बताउँदै ‘यो अफवाह हो। यस्तोको पछाडि नलाग्नुहोला’ भनेका छन्। सेनाले विज्ञप्ति निकालेर आधिकारिक रुपमा नै यसको खण्डन पनि गरिसकेको छ-

कोरोना भाइरस फैलिनबाट रोक्न लामखुट्टे मार्न जस्तो कुनै किटनाशक दबाई आविस्कार भइसकेको छैन। त्यसैले आकाशबाट औषधि छर्केर यो भाइरस फैलनबाट रोकिने छैन। यो फैलनबाट रोक्न त सकेसम्म धेरै पटक साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र अहिले अत्यावश्यक काममा बाहेक बाहिर नगई घरैमा बसी संक्रमण फैलनबाट रोक्ने नै सही उपाय हो।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता अडियो तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] मा अथवा माइसंसारको फेसबुकमा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)

9 thoughts on “आकाशबाट सेनाले हेलिकप्टरबाट औषधि छर्कने कुरा भारतबाट सुरु भएको ‘फेक न्युज’”

  1. Pingback: हुँदै नभएको भुटानको लकडाउनको खबर अझै फैलँदै, सरकारी एजेन्सी नै फेकन्युज फैलाउँदै « Mysansar
  2. Pingback: नपत्याउनुस्, इटालीका सडकमा नोट फ्याँकिएका छैनन् – Mysansar
  3. Pingback: भुटानमा लकडाउन भएको छैन, गलत खबर नपत्याउनुस् « Mysansar
  4. Pingback: नझुक्किनुस्, कोरोना संक्रमितको जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको समाचार सही होइन « Mysansar
  5. Pingback: नपत्याउनुस्, इटालीका प्रधानमन्त्रीले आत्मसमर्पण गरेका छैनन् « Mysansar
  6. Pingback: नझुक्किनुस्, अन्नपूर्ण पोस्टको समाचारमा लेखे जस्तै कोरोना भगाउन डिटोल पिलाइएको होइन « Mysansar
  7. mbajracharya says:
    March 23, 2020 at 4:11 am

    कोरोनाले प्रभावित भयको चाइना सित सिमाना जोदेको र् जनसंपर्क भयको भय पनि नेपालमा चाइना बाटइ फर्केका समेत् कोरोना बाट मुक्त हुनु र् कोरोना फैलिन्दै गयको भारतिय् हरु सित सबै प्रकारअले अंकमाल गर्दै गर्दै आय पनि नेपाली कुनै पनि कोरोना बाट प्रभावित नहुनुलाई प्रकृतिको आशिर्वाद नै मान्नु पर्छ। चाइना ले कोरोनालाई बिस्वलाईनै चकित पार्ने गरी लगभग नियन्त्रनमा ल्याईसके, तर चाइनाकै हाराहरिमा जनसंख्या भयको भारतमा कोरोना फैलिन्दै छ् र् त्यस्तो सित हाम्रो सिमाना खुला छ्। त् यस्तै भाईइरल हुने फत्याईको होहल्ला मात्रै होईन सान्च्चैको कोरोलाको भाईरस नेपालमा भारत बातै भित्रिन्छ नेपालको तराई तुक्राउने मधेशबादको कोरोना भित्रिय जस्तै। तेतिबेला पनि नेपालमा राजनैतिक् कोरोना फैलाउने भारतले चाइनालाई नै दोशी देखाउन भाईइरलको कालोबजारीको नौतन्की देखाउन्छ।

    कोरोना पहिलो चोटि चाईनामा भेतिनुमा बास्तविक् कारण धेरै हुन सक्छ। नेपालको चाइना सितको सम्भन्द भारतको निमित कोरोना भन्दा बधक बनेको छ् त् भारतीयहरुले चाइनामा चमेरोको मासु खायकोले कोरोना फैलियको भन्ने कुरा चाइना सित सम्भन्दमा नकाबन्दी लगाउने होहल्ला नहोला भन्न् सकिन्दैन। किनभने चाइनाकाले चमेरो हजारौ साल देखि खान्दै आयको छ्।

    Reply
  8. Pingback: अहँ, रुसका सडकमा पुटिनले ८ सय वटा सिंह छाडेका छैनन्, फेक न्युज नपत्याउनुस् ! « Mysansar
  9. Pingback: नझुक्किनुस्, मान्छेहरु ढलेको यो फोटो इटालीको होइन « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme