Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘गोरखापत्र’ले अन्यथा हुने गरी के छाप्यो हिजो त्यस्तो?

Posted on March 16, 2020March 16, 2020 by Salokya

गोरखापत्रको आजको कोहलपुर संस्करणको पहिलो पेजमा एउटा ‘क्षमायाचना’ छापिएको छ। प्रदेशस्तरीय प्रकाशन कार्यालय, कोहलपुरको नाममा रहेको गोरखापत्र संस्थानको यो क्षमायाचनामा हिजो अर्थात् ‘२०७६ साल चैत २ गतेको गोरखापत्र दैनिकको कोहलपुर संस्करणको पृष्ठ ४ र १३ प्राविधिक कारणले त्रुटि हुन गई अन्यथा हुन गएको’ उल्लेख छ। के अन्यथा भएको रहेछ त हिजो?

पत्रिकाको इतिहासमा विरलै हुने गल्ती सरकारी पत्रिकामा भएको रहेछ। अलि अनौठो खालको गल्ती।

भएछ के भने हिजो कोहलपुर संस्करण पनि गोरखापत्र मात्र बजारमा गएनछ, त्योसँगै निजी दैनिक नयाँ पत्रिका पनि पुगेछ। सुन्दा अचम्म लागे पनि कुरा सही हो। हिजोको गोरखापत्रको कोहलपुर संस्करणमा पृष्ठ ४ र १३ गोरखापत्रको हैन, नयाँ पत्रिकाको छापिएर बजारमा पुगेछ।

ल हेर्नुस् त कस्तो गल्ती !

गोरखापत्रको पृष्ठ ४ त सम्पादकीय छापिने पेज हो। गोरखापत्रको सम्पादकीय र विचार छापिनु पर्ने ठाउँमा छापिएछ नयाँ पत्रिकाको तीन वटा विज्ञापन र केही समाचार रहेको ‘देश’ पेज।

अनि पृष्ठ १३ मा पूरै पृष्ठ वर्ल्डलिङ्कको श्रद्धाञ्जलि विज्ञापन रहेछ।

यसअघि पनि एक पटक कान्तिपुर दैनिकमा ‘आजको समाचारपत्र’ (हाल नेपाल समाचारपत्र) छापिएको थियो। तर त्यतिबेला भने विज्ञापनका रुपमा। समाचारपत्रले चलाखी गरेर ढिला विज्ञापन पठाई कान्तिपुर दैनिकको एउटा सिङ्गो पेजमा आफ्नो ‘आजको समाचारपत्र’को पहिलो पेज विज्ञापनका रुपमा छापेको थियो।

यस पटक भने सरकारी पत्रिका गोरखापत्र नै मुर्गा बनेछ। त्यो पनि विज्ञापनका रुपमा हैन, त्यो छापिएवापत् नयाँ पत्रिकाले विज्ञापनको पैसा पाउने पनि हैन। उल्टो नयाँ पत्रिकामा छापिएको विज्ञापन सरकारी गोरखापत्रमा पनि छापिएर विज्ञापनदातालाई पो नाफा भएछ।

 

1 thought on “‘गोरखापत्र’ले अन्यथा हुने गरी के छाप्यो हिजो त्यस्तो?”

  1. Prashant says:
    March 16, 2020 at 3:57 pm

    Haahi Gaun Story?
    Now only God can help that editorial team.
    Hope all can keep their job.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme