Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टेकुमा कोरोना संक्रमित भेटिएको फेक न्युजदेखि सावधान !

Posted on March 15, 2020 by Salokya

कोरोना भाइरस प्यान्डेमिक सँगै अहिले सोसल मिडियामा अर्को एउटा संक्रमण पनि बढ्दो छ- इन्फोडेमिक अर्थात् सूचना संक्रमण। कोरोना संक्रमण भएको होस् या नहोस् सूचना संक्रमणले चाहिँ तपाईँले भेट्टाउन सक्छ। त्यसैले सावधान रहनु होला। तपाईँको फेसबुक वालमा वा ग्रुपहरुमा, मेसेजमा एउटा खबर देख्नुभएकै होला- टेकुमा परीक्षण गरेका एक व्यक्तिमा कोरोना संक्रमण भेटियो शीर्षकमा। नाम नसुनेका अनलाइनहरुमा समाचारको भेषमा यो फेक न्युज आएको देख्न सकिन्छ।

केही उदाहरणहरु हेरौँ-

अर्को उदाहरण-

अर्को उदाहरण-

समाचारमा प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार एक जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको भनिएको छ। तर यो गलत हो। गुप्ताले अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका सबै टेस्टहरु नेगेटिभ आएको बताएका छन्। उनले लेखेका छन्- फेसबुकमा आएका भ्रामक समाचारहरुलाई विश्वास नगर्नु होला। मैले तिनीहरुलाई अन्तर्वार्ता समेत दिएको छैन।

त्यसैगरी केही समयअघि मात्रै भरतपुर अस्पतालले जारी गरेको विज्ञप्तिलाई एडिट गरी नेगेटिभ देखिएको शब्दलाई पोजेटिभ देखिएको बनाई सामाजिक सञ्जालमा फैलाएर आतंक मच्चाइउने प्रयास गरिएको थियो।

सूचना संक्रमणबाट बच्नका लागि तपाईँले के गर्न सक्नुहुन्छ?

– शंका लागेका पोस्टहरुमा केही पनि रियाक्ट नगर्नुस् (लाइक, कमेन्ट, सेयर केही पनि नगर्नुस्)। तपाईँले गलत हो भनेर कमेन्ट मात्र गर्नुभयो भने पनि त्यसलाई फैलन मद्दत पुग्छ।
– पोस्टहरुमा युनिसेफ, डब्लुएचओ आदि लेखियो भन्दैमा विश्वास गरिनहाल्नुस्। फेक न्युजवालाहरुले लेख्दैमा त्यो ती संस्थाहरुको आधिकारिक भनाई हुँदैन।
– नामै नसुनेका अनलाइन, फेसबुक पेज र ग्रुपहरुमा आएका मेसेजहरुमा विश्वास नगर्नुस्। विश्वासिला अनलाइनहरुको सूची बनाउनुस्। त्यसमा आएका समाचारहरुलाई पनि समालोचनात्मक दृष्टिकोणबाट हेर्नुस्।

2 thoughts on “टेकुमा कोरोना संक्रमित भेटिएको फेक न्युजदेखि सावधान !”

  1. Pingback: भुटानमा लकडाउन भएको छैन, गलत खबर नपत्याउनुस् – Mysansar
  2. Pingback: अहँ, रुसका सडकमा पुटिनले ८ सय वटा सिंह छाडेका छैनन्, फेक न्युज नपत्याउनुस् ! « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme