Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केक बोक्ने हेलिकप्टरले बिरामी बोक्न सकेन, हार्दिक श्रद्धाञ्जलि कल्पना !

Posted on February 26, 2020 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीको बर्थ डे केक बोक्न हेलिकप्टर चार्टर गरिएको समाचार भाइरल भइरहँदा एक बिरामी कागजी प्रक्रियामा रुमल्लिँदा एक घाइते युवतीले ज्यानै गुमाउनु परेको खबर पनि सार्वजनिक भएको छ।

केक बोकेर प्रधानमन्त्रीको गृह जिल्ला लान जति सजिलो भयो, त्यति सिकिस्त बिरामीलाई काठमाडौँ ल्याउन रहेनछ। घटनाक्रम यस्तो थियो-

सल्यान जिल्लाको शारदा नगरपालिकाका बासिन्दा कृष्णप्रसाद आचार्यकी २१ वर्षीया छोरी कल्पना आचार्य घर नजिकैको घाँस काट्न जाँदा गत फागुन ४ गते रुखबाट लडेर सिकिस्त भइन्। बेहोस् भएको अवस्थामा उनलाई सल्यानको जिल्ला अस्पताल लगियो।

जिल्लाको अस्पतालको सुविधा उस्तै त हो। त्यहाँ उपचार सम्भव भएन। सुविधा सम्पन्न अस्पतालमा सर्जरी नै गर्नुपर्ने सिफारिश अस्पतालले गर्‍यो।

अब गर्ने के ?

एम्बुलेन्सबाट लग्ने हो भने समय धेरै लाग्ने। बाटोमै मृत्यु हुनसक्ने जोखिम। अर्को उपाय भनेको हेलिकप्टर। नगरपालिकाका मेयर, प्रदेशका मन्त्री, सांसद, सिडिओले मिलेर हेलिकप्टर उद्दारको प्रयास गरे।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले उद्दार खर्च व्यहोर्ने सहमति पनि भयो। फूपुकी छोरी कल्पनाको उद्दार प्रयासबारे सम्झँदै सिद्धार्थ गौतमले फेसबुकमा लेखेका छन्, उद्दार प्रक्रियाका लागि कागजातले काठमाण्डु,सुर्खेत सल्यानको फन्को लगाउँदै गर्दा बिरामी रुखबाट लडेको करिब ९ घण्टा बितिसकेको थियो।

बल्लतल्ल कागजी प्रकृया पूरा गरी गृह मन्त्रालयमा पुगेको केही समय पछि मन्त्रालयले भनिदियो-अहिले हेलिकप्टर उडाउन सकिँदैन।

मन्त्रालयको यो जवाफले उद्दारका लागि लागिपरेका सबै निराश भए। उद्दारको पर्खाइमा रुखबाट लडेको करिब १८ घण्टा पछि राती कल्पनाले यो धर्ती त्यागिन्।

सबैले चाहँदा चाहँदै,बच्ने सम्भावना रहँदा रहँदै पनि राज्यले एउटा नागरिक बचाउन सकेन’, गौतमले लेखेका छन्, ‘तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य संयन्त्र किन प्यारालाइज्ड देखिन्छ? यी कागजी प्रकृया र भनसुन बाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि?

संविधानमै समाजवादउन्मुख लेखिएको हाम्रो देशमा यो कस्तो विडम्बना। सरकार प्रमुखको लागि केक बोक्न हेलिकप्टर प्रयोग हुने देशमा बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा पनि उडाउन नमिल्ने! प्रधानमन्त्री देशको नक्सा आकारको केक हेलिकप्टरबाट मगाई मगाई काटेर उत्सव मनाउन व्यस्त हुने तर बिरामी दुर्गम गाउँको पनि हैन, यो देशले नगरपालिका घोषणा गरेको ठाउँबाट पनि एक बिरामी सही उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै मर्नुपर्ने !

माफ गर कल्पना बहिनी। हामी हार्दिक श्रद्धाञ्जलि भन्ने शब्द मात्रै लेख्‍न सक्छौँ। अरु केही गर्न सक्ने अवस्थामा छैनौँ!

4 thoughts on “केक बोक्ने हेलिकप्टरले बिरामी बोक्न सकेन, हार्दिक श्रद्धाञ्जलि कल्पना !”

  1. madan bajracharya says:
    March 1, 2020 at 5:26 am

    आफ्नो पदिय् जिम्मेवारि अनुसार गर्नु पर्ने अतिरिक्त कार्य गरेको भनेको मात्रा उखान टुक्काको बखान गरेको र् नेपालको नक्सा आकारको केक हेलिकप्तर बाट मगाई काटी खायको हो। यदि उस्ले काटी खान नेपालको नक्सा आकारको केक हेलिकप्तर बाट मगाउनुको सत्ता रुख बाट लदेर मर्नै लागेको घाईतेलाई उपक्षरको निमित कथामान्दुको अस्पताल् पुर्यायको भय् हो यस्ले अतिरिक्त केही गरे मान्न्नु पर्ने हुन्थ्यो। बिगतकाले जिम्मेवारि पुरा नगरेकोले सम्पन्न हुन सक्ने देस भयर पनि बिपन्न र् परामुखी देस भयको देसको प्रधान मन्त्रिलाई नेपालको नक्सा आकारको केक हेलिकप्तर बाट मगाई काटी खाने खर्च र् समय पनि कसरी निकाले?

    सान्च्चैको जनमुखी भयको भय् नेपालको नक्सा आकारको केक हेलिकप्तर बाट मगायर जन्म दिन मगाउने खर्चिने रकम कुनै उपचार गर्न असमर्थ भयर मर्न लागेको बा लागेकिलाई बच्चाउन खर्चिन्थ्यो, आफ्नो जन्म दिन मनाउने स्थानमा उडी जान मगायको हेलिकप्तर बाट पहिला घाईते भयर मर्न लागेकिलाई उद्धार गर्थे। यसो भन्यो भनेर के मेरो जन्म दिन मनाउने अधिकार छैन भनि सोधे म् त् सिधै छैन त्यस्तो अधिकार भनी दिन्थे। किनभने “उ” अभाव र् उपचार नपायर पिल्सेको नागरिकको देसको प्रधानमन्त्रि हो। नागरिकलाई दुखे उस्को मुख बाट पहिला “आया” शब्द निक्लनु पर्छ उखान टुक्का होईन, मपाई होईन। मपाई गर्नेलाई तपाईं समेत् भनिन नसकिने अवस्था आउने कुरा अस्ति हजुर नभने पनि तपाईं भन्न् कन्जुसी गर्नु हुँदैन भन्ने; त्यो पनि आफुलाई विद्वान पुर्खाको सन्तान हौ भन्नेले बुझ्नु पर्ने थियो। तर मात्र् मानार्थ भिराईने दिग्री बोकेकोले पदिय नैतीकता कस्तो हुन्छ भनेर बुझेको जस्तो लागेन। शायद गल्ति गनि बस्नेको फुर्क्याईको नसा अलि बढी लागेकोले हो कि।

    Reply
  2. मनोज कुमर वलि says:
    February 26, 2020 at 3:54 pm

    हार्दिक श्रद्धाञ्जलि नानू ,,,,,,,,
    जसलाइ पर्छ तेसलाइ थाहा हुन्छ कति पीडा हुन्छ!
    येनि नेताहरुलाइ त चुनाबमा हार्दा मात्रै पिडा हुन्छ अरु कुनैको पीडा नै हुदैन के थाहा बिचारा हरुलाइ

    दु:ख र पीडा को कुरा यिन को आगाडी गर्दा नि,,, जिस्काउन र खिल्ली उडाउन पछि हट्दैनन!

    Reply
  3. Slok says:
    February 26, 2020 at 1:58 pm

    PM ‘s cake is important than citizen.

    Reply
  4. रामअवतार साह तेली says:
    February 26, 2020 at 3:18 am

    बरु गैंडा को अकार को केक बनाए होने / एस्ता तो नेता / कुन चाहीं दिमाख सड़के को चामिकने ले यो डालो सुचेको वा तुप्पी टाचेको भंदा गलत काम गरे छन / कौन मुर्ख ले देश को केक बनाएर टुकड़ा टुकड़ा गर्छ ???

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme