Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले बनाएको रहेछ प्रमको लागि नेपालको नक्सा भएको बर्थ डे केक?

Posted on February 24, 2020February 24, 2020 by Salokya


फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन। यसअघि पनि फागुन ११ आउँथ्यो- जान्थ्यो। चार वर्षअघि त भारत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीको जन्मदिन परेको थियो। त्यतिबेला छोटे भाइ भनेर जन्मदिनको शुभकामना दिने तत्कालीन विदेशमन्त्री सुषमा स्वराज बितिसके। यस पटक भने उधुमै भयो। गाउँपालिकामा सार्वजनिक विदा दिइयो, हेलिकप्टरमा चार्टर गरेर प्रधानमन्त्रीका लागि बडेमानको केक प्रधानमन्त्री जन्मिएको गाउँ लगियो। त्यो केक नेपालको नक्साको आकारको रहेछ। कसले बनाउन लगाएको यस्तो नेपालको नक्सा भएको केक भनेर हाम्रा राष्ट्रवादी प्रधानमन्त्रीज्युले सातो खानुको साटो खुरुक्क चक्कुले काटेर आफू खाएर अरुलाई पनि खुवाए। हामी जाबो निरीह जनता हेरेका हेरै भयौँ। नागरिकता नै भएको कारण हाम्रो पनि हक थियो यो देशमा। तर हामीलाई थाहै नदिई काटेर खाएछन्।

यो उपद्रो गर्ने आइडिया कसको हो, त्यो थाहा भएन। जो भए पनि प्रधानमन्त्री कै निकटको सहयोगी हुनुपर्छ। यो केक कसले कहाँ बनाएको रहेछ भन्ने चाहिँ पत्ता लाग्यो।

प्रधानमन्त्रीका लागि आठराई गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर केक लगिएको थियो। संयोगले त्यतिबेलाको भिडियो खिचिएको रहेछ। भिडियोमा बडेमानको केक प्याक गरिएको छ। त्यसमा लेबल पनि प्रष्टै देखिन्छ।

चिनियाँ दूतावास अघिल्तिरको बेकरीले बनाएको थियो केक

यो हो हेलिकप्टरभित्र रहेको डोरीले बाँधेर राखिएको केकको बट्टा।

यसमा रहेको लोगो हेर्नुस् त के लेखिएको छ। त्यसमा बिग बेक देखिन्छ।

अनि यो हेर्नुस् त यसमा के लेखिएको छ-

दुरुस्तै उस्तै लोगो र अक्षर हैन त?  यो बेकरी आफैले आफ्नो ठेगाना बालुवाटारको चिनियाँ दूतावासअगाडि रहेको लेखेको रहेछ। अस्ति भर्खर चिनियाँ दूतावासले माओको मुखमा मास्क लगायो भनेर आपत्ति जनाएर विज्ञप्ति निकालेको थियो। आज त आफ्नै देशमा देशको नक्साको केक काटियो।

स्पेसल डेकोरेटिभ केक बनाउने रहेछ यो बेकरीले। भिडियोमा त्यस्तै देखियो

भ्यालेन्टाइन्स डेका लागि यसले यस्तो केक बनाएको रहेछ-

यस्तोसम्म जिस्कनु त ठीकै हो। तर नेपालकै नक्साको केक बनाएर त्यसलाई काटेर खुवाउने आइडिया चैँ कसको हो? अर्डर दिनेले नै नेपालको नक्सा बनाइदे भनेको हो कि केक पसलले बढी जान्ने भएर क्रियटिभ भएको हो? त्यो त अब यत्रो विवाद भएपछि खुलासा होला नै।

अहिलेलाई भने नेपालको नक्साको केक काट्दा ताली बजाउने अनि टुक्रा भएको देशको नक्साको केक हजम गर्नेहरुलाई सद्‍बुद्धि भगवानले दिउन् भनी हामी सबै प्रार्थना गरौँ। प्रधानमन्त्री ज्युलाई जन्मदिनको शुभकामना पनि दिन भने नछाडौँ। उहाँ आफैलाई हानी गराउनेहरुको झुण्डबाट बाहिर निस्कन सक्नुस्।

4 thoughts on “कसले बनाएको रहेछ प्रमको लागि नेपालको नक्सा भएको बर्थ डे केक?”

  1. नारायण says:
    February 25, 2020 at 9:51 am

    मुर्ख मनडलीको मुरखता
    मान्छे काट्नेले केक काटे
    देसको नकसै काटे कार्यवाही जनताले गरछ

    Reply
  2. vivek says:
    February 25, 2020 at 12:57 am

    अस्ति शिवरात्रीको ती फूलहरु च्यात्ने, अनि आखा अगाडी च्यातेको देखेर केहि बोल्न नसक्ने हुतिहारा जनताको लागि येत्तिको नेता पनि बढिया हो l एकमनले धेरै वर्ष भो आफ्नो देश फर्के भन्छ यो मन, दिमाग भन्छ “पागल नबन – हरेक दिन विदेशिनेको जमात हेर” l खै कहिले नेपाल फर्किन सकिएला जस्तो छैन, बिरक्त लाग्छ l भन्छन बहादुरी र मुर्खता बीच झिनो फरक हुन्छ l म बहादुर बन्न नसकेको हो कि, मुर्खताबाट पछि हटेको दुबिधामा छु l

    Reply
  3. Goray says:
    February 25, 2020 at 12:32 am

    Vision to Action bhaneko yahi ho.
    Oli sarkar is totally failed.
    Totally failed in corruption corruption riddance and good governance.
    Where are the aringals? counting money?? Why are they silent?
    Three helicopters, how much does it cost?
    More masala to Surendra KC, Prem Kaidi, Suhagat Nepal, Gyan Bahadur Shahi and more.

    Reply
  4. Shankar says:
    February 24, 2020 at 12:25 pm

    कसैले जन्म दिन मनायो , केक काट्यो राम्रै कुरा हो । तर
    १) हिजो बारीमा हगेर डल्ला ले चाक् पुछ्ने , अस्ट चिरन्जिबी को पुजा गर्ने ले यी सब हर्कत भैसीलाई टाइ लाइ दिएको जस्तो , कस्तो कस्तो , होलि वाइन को असर पो हो कि ?
    २) सर्बहारा को कुरा गर्ने , सिटामोल , नुन खान न पाएर ऒइ लाइको जनसंख्या भएको ठाउमा प्रधानमन्त्री , काठमान्डू देखि हेलिकोप्टर चार्टर गरेर केक झापा लान्छ ? यो के हो ?
    ३) नेपाल को नक्सा बनाएर , टुक्रा टुक्रा पारेर खाने कुरा लाइ मनोरंजन को रुप मा लिने कि , भारतीय लाइ हामि तेही अभियान मा छम भनेर सांकेतिक चाकडी बजाएको कि ? देश बिकास को कुरा जनता ले उठाउला , बास्तोला कंड बाट ध्यान हटाउने प्रोपोगान्डा के भनेर बुझ्ने ?
    काजु के गरेको तिमीले ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme