Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना भाइरसबारे सबै जान्न मन छ? यी पाँच वेबसाइट हेर्न नछुटाउनुस्

Posted on February 3, 2020February 3, 2020 by Salokya


अहिले सबतिर आतंक बनेर छाइरहेको विषय हो कोरोना भाइरस। यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ। त्यसैगरी संक्रमण हुनेको संख्या १४ हजार ६४३ पुगेको छ। यो संख्याले सार्स संक्रमणको संख्यालाई जितिसकेको छ। चीनको वुहानबाट यो भाइरस विश्वका विभिन्न देशहरुमा फैलिसक्दा पनि दक्षिण अमेरिका र अफ्रिका दुई सिङ्गै महादेश जोगिएको छ। कोरोना भाइरसबारे डेटा भिजुअलाइजेसनदेखि लाइभ अपडेटहरुसम्म हेर्नका लागि यी वेबसाइटहरु हेर्न नछुटाउनुस्।

१) जिआइएसएन्डडेटा


यो वेबसाइटमा विश्वको कुन देशको कुन ठाउँमा संक्रमितहरु छन् जिआइएस म्यापको माध्यमबाट देखाइएको छ। त्यसैगरी यो भाइरसबाट कुन देशमा कति संक्रमित भए त्यसको विवरणमात्र हैन, कहाँ कति मृत्यु भयो र कति स्वस्थ भए त्यसको पनि विवरण छ। कोरोना भाइरसबारे जान्नका लागि छुटाउनै नहुने एउटा वेबसाइट हो यो। वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्। तपाईँ मोबाइलमा हुनुहुन्छ पेज खुलिसकेपछि मोबाइल अप्सन छान्नु होला।

२) दवुहानभाइरस


यो अर्को छुटाउनै नहुने वेबसाइट हो। यसमा तपाईँले रियल टाइम अपडेट देख्न पाउने दावी गरिएको छ। यसमा पनि विश्वको नक्सा र संख्याका साथै विश्वका विभिन्न मिडियामा आएका कोरोना भाइरससम्बन्धी समाचार पनि हेर्न पाउनु हुन्छ। वेबसाइट हेर्नलाई यहाँ क्लिक गर्नुस्।

३) वर्ल्डओमिटर


यो वेबसाइटमा भने तपाईँले विभिन्न तथ्याङ्क हेर्न सक्नुहुन्छ जस्तै कूल मृत्यु र दैनिक मृत्युको संख्याको ट्रेन्ड, मृत्यु दर, फैलिने दर आदि। वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्।

४) न्युयोर्कटाइम्स

मूलधारे मिडियामा न्युयोर्क टाइम्सले लाइभ अपडेट मार्फत् यसबारे समाचार निरन्तर दिइरहेको छ। यो भाइरसबारे जानकारी पाउनका लागि छुटाउनै नहुनेमा यो वेबसाइट पनि पर्छ। हेर्नलाई यहाँ क्लिक गर्नुस्।

५) डब्ल्युएचओ


विश्व स्वास्थ्य संगठनको यो वेबसाइटमा तपाईँले सल्लाह, सुझावदेखि सिचुएसन रिपोर्टसम्म र हल्लाको वास्तविकताबारे पनि जानकारी पाउन सक्नुहुन्छ। माथिको जस्ता ग्राफिक्सहरु तपाईँले डाउनलोड गरी सेयर पनि गर्न सक्नुहुन्छ। वेबसाइटमा जानका लागि यहाँ क्लिक गर्नुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme