Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संसारमै नभएको गैँडा यता देखियो- सुँड भएको !

Posted on January 31, 2020 by Salokya

गैँडाको बारेमा त हाम्रा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा प्रशस्त बोलिसक्नुभएको छ। गैँडा नदेख्नेको आधा जुनी खेर जान्छ भन्ने महावाणी उहाँकै हो। गैँडा पनि विभिन्न किसिमका हुन्छन्- एक सिङ्गे गैँडा चाहिँ हाम्रो देशमा पाइने हो।

तर तपाईँलाई थाहा छ? सुँड भएको गैँडा पनि हुने रहेछ नि। नपत्याउनु भएको ? तलको समाचारको स्क्रिनसट हेर्नुस् त।

पूरा समाचारको लागि यता क्लिक गर्नुस्।

देख्नुभो त अचम्मको गैँडा? बडेमानको जिउ, सूँडसमेत गएको कस्तो हात्ती जस्तो देखिने गैँडा हगि। यो कहाँको गैँडा रहेछ भनेर यसो खोजी हेर्दा थाहा भो, यो त क्याम्बोडियाको मरेको हात्तीको फोटो पो रहेछ।

यसो गुगलमा सर्च गरेर फोटो हाल्दासम्म त सहन सकिन्छ। अधिकांश अनलाइनले यसरी नै समाचारसँग असम्बन्धित फोटो राखेको देखिरहेकै हुन्छौँ हामीले।  तर गैँडा र हात्ती नै नचिन्नु त अति भएन र? प्रधानमन्त्री ज्युले भने जस्तो गैँडै नचिन्नेको आधा जिन्दगी खेर गएन त?

7 thoughts on “संसारमै नभएको गैँडा यता देखियो- सुँड भएको !”

  1. madan bajracharya says:
    February 3, 2020 at 6:42 am

    हातिलाई गैंडा भन्ने पत्रकारले यदी यो कुरामा समयमै गल्ति भयको नस्विकारेको भय त्यो पत्रकार पत्याउनै नसक्ने आकारको हुनु पर्छ;खाने मुख र् आच्छि गर्ने नै उल्तो पुल्तो भयको। तेसो होईन भने कसैको मुखाकार बा गोजिकार हुनु पर्छ।

    पत्रकारिता अद्रिश्य् सत्यलाई पनि आकार दिने हुन्छ; गलत आकार दिने हुँदैन। तर यस्तो भयकोमा बा यस्तो पनि भयकोमा चकित हुने अवस्थानै छैन;आरोपित् सम्मानित र् घोक्राउनु पर्ने घोल्राउने हुने,…मा मागि नपायकोमा मानव….हुने गढिमाई मेला गर्ने तर दिल्लिको प्रशाद पाय पछि प्रफुल्लित हुने ….मा।

    Reply
  2. shiva raj says:
    February 2, 2020 at 2:08 pm

    अाेरिजनल फाेटाे कहाँकाे हाे कसरी थाहा पाउने हाेला । जस्ताे तपाइँले हात्तिकाे फाेटाे कहाँ काे हा भनेर पत्ता लगाउनु भएकाे छ नी त्यसरी नै कुनै फाेटाे पहिले कस्ले हाल्याे वा कहाँ काे हाे भनेर कसरी थाहा पाउने टिप्स वा एउटा केही कुरा लेख्दिनु पराे ।

    Reply
    1. Salokya says:
      February 2, 2020 at 6:05 pm

      हस्। याे विषयमा छुट्टै ब्लग तयार पार्नुपर्ला।

      Reply
  3. govind thapa says:
    February 2, 2020 at 11:30 am

    yo pani duniyako aathau achammamit ip address le farak dekhayo ki kaso ??? hahaha maile ta hatti nai dekhe

    Reply
  4. प्रखर थापा says:
    February 1, 2020 at 9:27 am

    के हो किस्न अधिकारी जी ? कसको लागि बोल्नु भाको ? कसको नग्न चाला छोप्ने प्रयास गर्नु भाको ? यसो हेर्नुस त पाइन्ट लगाउनु भएको छ कि छैन ? बडो नग्न निर्लज्ज पारा निकालेर सरासर झुट बोल्ने ?

    Reply
  5. श्रीकृष्ण अधिकारी says:
    January 31, 2020 at 11:08 am

    सालोक्य सर, तपाईले दिनु भएको लिंकमा क्लिक गरेर हेर्दा त मरेको गैंडाकै फोटो देखिन्छ त । अहिले समय ३१ जनवरीको ११०९ बज्यो ।

    Reply
    1. Salokya says:
      January 31, 2020 at 5:50 pm

      हजुरले पनि गैँडा र हात्ती चिन्न छाड्नुभाे उसाेभए ? ब्लग लेखेसि सुटुक्क फाेटाे चेन्ज गर्लान् भनेरै अर्काइभमा सेभ गरेकाे अनि स्क्रिनसट लिएकाे हाे, यसरी झुक्याउने प्रयास नगरे हुन्छ ??

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme