एयरपोर्टमा सुरक्षा चेक जाँचको क्रममा प्रहरी र यात्रुबीच भनाभन भयो। कुरा यतिमात्र थियो। हेर्दा तिल जस्तोमात्र देखिने यो विषय पहाड बन्दै गएर पूरै देश हल्लाउने राष्ट्रिय विषय पो बन्न पुग्यो। पक्ष र विपक्षमा पूरै देश विभाजित हुन पुग्यो। एउटाले अति गर्यो, अर्कोले अति थप्यो। अन्ततः धरौटीमा रिहा भएपछि बल्ल आस्था राउत प्रकरण सम्पन्न भयो। गीत गाएर भन्दा बढी चर्चा पाइन् उनले।
तिललाई पहाड बनाउने काम सुरुमा गायिका आस्था राउतबाट भयो। चेकजाँचका क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै आस्थाले फेसबुक लाइभमा पुलिसलाई फुलिस, डण्ठिनी, मुखबाट डण्डा घुसाएर कहाँबाट निकाल्नुपर्छ, हाम्लाई थाहा छ, नालीका किरा जस्ता गालीगलौज गरिन्।
पछि सार्वजनिक गरिएको सिसिटिभी फुटेजबाट थाहा भयो, गायिका र महिला प्रहरी दुवैले अति गरेकी थिइन्। यो कुरा त्यहीँ सकिन्थ्यो। तर आफूलाई तँ भनेको, दुर्व्यवहार गरेको भन्दै आक्रोशित हुँदै फेसबुकमा गालीगलौजको भाषा बोलेर लाइभ गर्नु आस्थाको दोस्रो गल्ती भयो। पहिलो गल्ती त उनले सुरक्षा जाँचका क्रममा नै गरिन्।
महिला प्रहरीले पनि तान्ने, कफी पोखाइदिने गरेको देखियो। सुरक्षा जाँचका क्रममा अवरोध गरेको भन्दै आस्थालाई तत्काल प्रहरीले नियन्त्रणमा लिन सक्थ्यो। तर त्यो कुरो यति बढ्ला जस्तो लागेन होला दुवैलाई।
जब आस्थाले फेसबुक लाइभमा गालीगलौज गरिन्, तब यसमा सामाजिक सञ्जालको भिड मिसियो, कुरो त्यहीँदेखि बिग्रियो।
आस्थाको पक्ष र विपक्षमा मानिसहरु उभिए। प्रहरीलाई जथाभावी गालीगलौज गरेको भन्दै आस्थाको विपक्षमा माहौल तात्तियो। त्यस्तालाई कारबाही गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा माग उठ्न थाले।
त्यही मागबाट हौसिएर प्रहरीले सुरक्षा संवेदनशील ठाउँको सिसिटिभी फुटेज मिडियामा लिक गर्नेदेखि लिएर कारबाहीका लागि महिला प्रहरीलाई अभद्र व्यवहारको उजुरी दर्ता गराउन लगाउनेसम्मका काम भए।
सर्वसाधारणले राज्य (प्रहरी पनि राज्यकै अंग हो) को व्यवहार प्रति असन्तुष्टि जनाउँदै गाली गरेको विषय थुन्नु पर्ने गरी क्रिमिनल अफेन्स थिएन। व्यक्ति व्यक्ति र व्यक्ति र निजी कम्पनीबीच गालीको विषय देवानी (सिभिल अफेन्स) अन्तर्गत पर्नुपर्ने हो।
तर पुलिसलाई त्यसो भन्ने? त्यसलाई थुनेर देखाइदिनु पर्छ भनेर राज्य प्रतिशोध साँध्न तर्फ लागेको दृश्य देखियो। यसो नभएको भए बेस हुन्थ्यो।
प्रहरीले आफ्नो संगठनमाथि दुर्वचन बोल्नेलाई शालिन ढंगले साँचो कुरा त यसो भएको हो है भनेर प्रतिवाद गर्न सक्नेमा शक्ति देखाइदिने जुन दम्भ देखायो, त्यो नभइदिएको भए वेश हुन्थ्यो। किनभने आस्थाले सामाजिक सञ्जालबाटै खप्की खानु खाइसकेकी थिइन्। उनले गल्ती महसूस गरेर माफी पनि मागिसकेकी थिइन्।
तर पावर देखाइदिनु पर्छ भन्दै प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउनलाई जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जीसमेत लियो। जिल्ला प्रशासन कार्यालयले पनि खुरुक्क लाएर प्रहरीलाई पक्राउ पूर्जीमात्र दिएन, पछि चार दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न म्याद थप समेत गरिदियो।
जबकि यो मुद्दामा अनुसन्धान गर्नुपर्ने थप कुरा नै थिएन। भाग्न सक्ने सम्भावना भएका, बाहिर हुँदा प्रमाण नष्ट गरेर अनुसन्धानलाई प्रभावित बनाउन सक्ने खालको अवस्था भएमा मात्र थुनेर अनुसन्धान गर्नुपर्ने हो। अझ नयाँ मुलुकी ऐनले त अपराध गरेकोलाई समेत खुला जेलमा राख्ने, हप्तामा दुई दिन मात्र जेलमा राख्ने जस्ता प्रावधान राखेको छ। यस्तो अवस्थामा आरोप मात्र लागेकालाई अनुसन्धानका लागि भन्दै थुनामै राखेर दुःख दिने, तर्साउने नियत अझै पनि जारी नै छ।
आस्था सिक्किमबाट फर्किएपछि पक्राउ गरेको प्रहरीले मिलापत्र गराएर नसिहत दिएर छाड्न पनि सक्थ्यो। तर बयान नसकिएको भन्दै एक दिन भए पनि थुनेरै छाड्यो। आस्थाले पनि बिरामी भएको बहाना गर्दै अस्पतालमा रात कटाइन्। भोलिपल्ट अर्थात् मंगलबार धरौटीमा रिहा भएपछि यो प्रकरण समाप्त भयो। एउटा वाहियात व्यर्थको विषयमा यत्रो दिनसम्म सबलाई आफ्ना दुई कुरा राख्नु पर्ने गरी व्यस्त बनाउने अवस्था बल्ल सकियो।
जुन दिन अभद्र व्यवहारसम्बन्धी मुद्दामा आस्था धरौटीमा रिहा भइन्, त्यही दिन चितवन जिल्ला अदालतले भने प्रहरीसँग विवाद गर्दैमा अभद्र व्यवहार नहुने फैसला गर्ने संयोग जुरेछ। न्यायाधीश हेमन्त रावलको इजलासको फैसलामा ‘कुनै पनि व्यक्तिलाई जाहेरी र शंकाकै भरमा बाटोघाटो, सार्वजनिक स्थान, वा व्यक्ति रहे बसेको जुनसुकै स्थानमा जहीँतहीँ आशंकाको भरमा प्रहरीबाट गरिने सोधपुछ र सोधपुछको नाममा गरिने अशिष्ट व्यवहारको प्रतिक्रियास्वरुप व्यक्तिले आफ्नो सफाइ स्वरुप व्यक्त गरेको आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहारको अर्थ गरी नागरिकलाई सजाय भागी गराउनु न्याय र कानूनको दृष्टिबाट मिल्ने देखिँदैन।’
अभद्र व्यवहार त प्रहरीबाट पनि हुन्छ। आस्थाले आफूमाथि अभद्र व्यवहार नै भएको आरोप लगाएकी हुन्। अस्ति नै साग गेम्सका बेला प्रहरीले पत्रकारलाई किक हानेको भिडियो नै सार्वजनिक भएको थियो, त्यो भद्र व्यवहार त थिएन होला।
यो प्रकरणमा आस्थाले त पाठ सिकिन्। प्रहरीले पनि भद्र व्यवहार गरेर प्रहरी तपाईँको साथी हो भन्ने भावना जागृत गराउनु पर्ने पाठ सिकेको भए राम्रो हुन्थ्यो। तर हाम्लाई जे पायो त्यही गर्ने र भन्नेलाई हाम्रो पावर देखाइदिन्छौँ भन्ने पाठ सिकाए जस्तो लाग्यो। त्यो भएको भए राम्रो भएन। स-सानो कुरामा यसरी देशैले अरु केही काम नै नभए जस्तो गरी बहस गर्नुपर्ने स्थिति अब नआइदिए हुन्थ्यो।
This is good analysis from various perspective point of view like: law, human behavior, practice, human ego particularity Aastha ji, duty police officer and police organization. Tones of mistake from both side. And it is indication and reflection of Police organization how dealing with people and Police organization has to improve their ability and personnel behavior.
पहिलो कुरा त् के भने यो भोंडा हरकत गरेर करकस स्वर निकालेर अनुहार न दनुवार पाण्डव सुनुवार भै कराउँदै मा कलाकार हुने होइन / यो हप्ता सहिद सप्ताह मा सांचै सहिद मात्र हैन हजारौं को संख्या मा राजनीतिक पार्टीहरु का निकम्मा ले “सहिद” घोषणा गरेका ले सांचिकै शहिद को अपमान गरे / यस्तै गरी आज नारायण गोपाल, तारा देवी मात्र हैन यस्ता दौरा न सौरा का “कलाकार” भनौदा को बोलबाला छ
यस पखिनी लाइ liquid याने के कफी जस्तो झोल पदार्थ १०० मिलिलिटर भन्दा बढी एक्स रे मेशिन बाट लान पाइन्दैन भन्ने पनि थाहा रहेन छ / अनि यस “कलाकार” को कोट पुलिस ले फुकाली दिनु पर्ने ? अनि ठुलो डाँको गरेर यी आइमाई ले आफ्नै पोल आफै खोलिकी छिन /
नेपाल मा आर्मी , पुलिस ले आम पब्लिक लाइ हेय को द्रिस्तिकोण ले हेरिने परम्परा पहिले देखि कै हो |
उनीहरु सग पावर छ , शिक्ष्या र संस्कार चै कम छ भएपनि ठुला बढा र हाकिम को चाकडीमा मा चै छ |
पछिलो भिक्टिम चै आस्था हुन् पुगिन |
विदेश तिर का पुलिश झन् पावर फुल देखिन्छन , किनकि उनीहरु आफ्नो जिम्मेबारी इमान्दारी पुर्बक गर्छन र पब्लिक ले नै उनीहरुलाई त्यो पावर र सम्मान दिन्छा | यदा कदा पुलिश ले पनि दनक न भटने चै हैन |
एयर पोर्ट चेक जाच छेत्र लाइ संबेदन सिल मानेर पुलिश ले भनेअनुसार गर्नु हाम्रो दायित्त्व हो | तर आस्था ले
भने झैँ ३३ किलो सुन पनि छिर्ने , हाती पनि छिर्ने उदाहरण भएको हुदा आम पब्लिक लाइ चै बडी चेक जाच दोहोरो मापदण्ड जस्तो देखिन जान्छ | आस्था कडा नेपाली छोरी रहिछन , दह्रो प्रतिक्रिया दिखाइन |
रकम कमाउन आफ्नो कला प्रदर्सन गर्नेको धेरै ग्राहक हुँदैमा सेलेब्रेति हुँदैन। यदि यस्तो हुने हो भने माग्ने कलामा निपुन भयर धेरै भिख पाउने भिखारी देखि नगर प्रहरिको आँखा छलेर सदकमा भ्याईनभ्याई समोसा ममचा बेच्ने पनि आफ्नो कला बेचेर आफुलाई सेलेब्रेति हौ भन्नेको सहोदरिया हुन जान्छ। समाजमा उदाहरनिय बने मात्रा सेलेब्रेति हुन्छ।
If you behave like that in an airport, at minimum you will be arrested and imprisoned for weeks, in the US, you can be shot dead too. Nepal Police may not be the best, but if you have dealt with police in difficult circumstances, you will feel a lot safe and cared than police force of other countries. It was a bad day of our popular singer. However she has raised a very important question, When is police training its rank and file to deal with public respectfully?
सान्च्चै भन्ने हो भने “प्रहरी” नै देसको ब्यबस्था र् सरकारको अनुहार चिन्हाउने अनुहार हो। तेसैले सरकार र् ब्यबस्थाको बिरोध चर्काउन निहुँ खोज्ने आधार प्रहरिको व्यबहारनै हुँदै आयको छ्।
संबिधान र् कानुनको पालकको अनुकरनिय् उदाहरण बन्नु पर्ने प्रहरिले यदाकदा भय पनि उहिलेको हुकुम बाट प्रचालित हुने “आठअप्रहरिया” को व्यबहार हुँदै आयको छ्। प्रहरिले कुनै पनि अवस्थामा आफ्नो व्यबहार जवाफ पदिय् जिम्मेवेरए अनुकुल नै हुनु पर्छ; हुल्याहले जस्तै गालीको जवाफ गाली र् मुक्कालात हानेर दिनु अस्वभनिय् मात्रै होईन अपराधनै गरेको हुन्छ।
आस्था प्रकरनमा जति “बिमानस्थलमा सुरच्छ्या जांच नै नगरिने भिआईपि सम्मान पाउने कुनै बिल्ला भिर्न नपाउने मात्र् ब्यबसाईक गाईका आस्थाले बिमानस्थलको सुरच्छ्या जांच कच्छ्यमा कफी भरेको कप लियर कानुनको अवहेलना गर्दै प्रहरिलाई गाली गर्दै “मलाई चिनिनस” देखाई दिन्छु भन्ने लाई तत्कालाई उदान गर्न बाट बन्चित गरेर तेहिको तेही गिर्फ्तार गर्नु पर्थ्यो
यात्राु सित प्रहरी आचरन प्रतिकुल व्यबहार गर्ने (जुन कुरा ती महिला प्रहरिले स्विकारेको पनि छ्)प्रहरिलाई पनि तेही बाट तत्कालै कार्यवाही हुनु पर्ने थियो।
नेपालका ब्यबसाईक गायक कलाकार आदिमा अहिले चर्चामा आउनु र् आफ्नो बिज्ञापनको निमित जसरी पनि प्रस्तुत हुने कुन्थित मानाशिकता फैलेको देखाउन्छ। यदी यस्तो कुरा रोगको कारनले हो भने तत्कालै मेदिकल कौन्सेलिङ गर्नु उनिहरुको निमित राम्रो हुनेछ। तर रोगको कारनले होईन भने कानुनि कार्यवाहिमा कुनै छुत दिनु हुँदैन।
आस्था रावतको फेसबुक भिडिओ हेरेपछी जो कोहीले पनि भन्छन, उनले बडता बोलेकी नै हुन| हद पार गरेकी नै छन|
पाठ त सिक्नै परने हुन्छ|
तर प्रहरीको जुन रवैया यो केसमा देखियो त्यसले त झन हद पार गरेको छ| आस्था रावतले सार्वजनिक रुपमै भुल स्वीकार गरेर शब्द चयनमा गल्ती भयो भनी सकेकी छिन| प्रहरीको अरु काम केही छैन, फुर्सदै फुर्सद छ् जस्तो गरेर कैले एयर्पोर्ट सेक्युरिटीको भिडिओ देखाउने, कैले फरार घोषणा गर्ने काम भएका छन|
जती आस्था गलत र दोषी देखिन्थे, प्रहरीको त्यसपछीको कृयाकलापमा प्रहरीको डुब्दो छवी अझ ढलमलाएको छ|
पी आर खत्तमै रहेछ भन्ने धेरैलाई लागेको छ| साथी होइन हात्ती पो बन्न खोजेको जस्तो देखियो|
प्रश्नहरु-
एयरपोर्ट सेक्युरिटीको भिडिओ देखाउदा अरु यात्रुहरुको गोपनीयता बारे प्रहरीले वास्ता नगरेकै हो? अडियो किन दिएनन त?
आस्थाको फेसबुके ट्याउँ ट्याउँले दिक्क लागेर हुन्सक्छ वा प्रहरीको डरले वा के कारणले हो, कलाकारहरुले आस्थाको समर्थनमा ओर्लिएको देखिन?
जटिल भन्दा जटिल समस्यालाई सहज र सालिन ढंगबाट समाधानका प्रयास गर्नु भनेको पनि सेलिब्रेटीमा हुनु पर्ने गुण हो । नेपालीमा एउटा उखान छ “धोतीको जुम्रा झुक्किएर टोपिमा पुग्यो भने हाम्फालेर मर्छ” । कर्मले नभई भाग्यले सेलिब्रेटी देखिएकी हुन् उनी । ५/७ वटा गाना गाएकोमा २/४ वटा गाना अस्वभाविक रुपमा हिट भईदिदा सायद आफ्नो हैसियत भुलिन कि । फेरी गाना गाएर उनले देश र जनताको लागि जति योगदान गरेकी छन् एयरपोर्टमा डिउटी बस्ने महिला प्रहरीले त्यो भन्दा कम योगदान त पक्कै गरेकी छैनन् होला ।
सधैं झैँ सन्तुलित र सटिक विश्लेषण सहितको ब्लग । धन्यवाद उमेशजी !