Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अग्नि परीक्षा : हेर्न नमिल्ने भएपछि सक्किगो नि !

Posted on January 26, 2020 by Salokya

आजै ३ बजे सभामुखमा अग्नि सापकोटा निर्विरोध चयनको घोषणा हुने, अनि आजै उनलाई सभामुख बन्ने प्रक्रिया रोक्नका लागि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई हुने। लौ न, आज के के पो हुने हो भनी बसेका थिए कोही कोही। तर नेपाल भन्ने देशमा जे कुरा पनि मिलाएर हुन्छ भन्ने थाहा रहेनछ उनीहरुलाई। यो नवराज सिलवालको मुद्दा जस्तो हो र आइजी बनाएन भनेर परेको रिटमा मन्त्रिपरिषद्‍को बैठकको निर्णय नै औपचारिक रुपमा सार्वजनिक नभई सुशीला कार्कीको इजलासले झ्याम्म लाएर निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिने! यसपालि अग्नि परीक्षा हेर्न नमिल्ने भएपछि सक्किगो।

अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार बल्ल सर्वोच्चमा रिट हालेका थिए। त्यसपछि बल्ल अग्निको न्यायपालिका परीक्षा हुने भएको थियो।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले हरिप्रसाद फुयालको इजलासमा यो मुद्दा हालिदिएका थिए। फुयाल केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भइसकेका। न्यायाधीशमा एमाले कोटाबाट नियुक्त भएका।

तर फुयालले यसलाई हेर्न नमिल्ने। किन? किनभने फुयालले न्यायाधीश हुनुअघि वकिलको हैसियतमा अग्नि सापकोटाविरुद्धकै मुद्दामा बहस गरिसकेका। फुयाललाई हाइसन्चो। नैतिकताका आधारमा हेर्न मिल्दैन भनिदियो।

त्यसो भएपछि आजको खड्गो टरिहाल्यो।

त्यसो त अग्नि सापकोटाविरुद्ध अहिले पनि एउटा मुद्दा संवैधानिक इजलासमा नै झुलिरहेको छ। २०६२ सालमा माओवादीले अपहरण गरेर आफ्ना श्रीमान् अर्जुन लामाको हत्या गरेको भन्दै श्रीमती पूर्णिमाया लामाले सापकोटा विरुद्ध उजुरी दिएकी थिइन्। सुरुमा त प्रहरीले जाहेरी समेत लिन मानेको थिएन। पछि यो मुद्दा सर्वोच्चमा पुग्यो।

सुनुवाइ गर्दै सर्वोच्चले जाहेरी दर्ता गर्न प्रहरी र जिल्ला प्रशासन कार्यालयका नाममा आदेश दियो। अदालतको उक्त आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लगायत अन्य ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो।

आदेशपछि प्रहरीले सापकोटालाई पक्राउ गर्न पूर्जी समेत काट्यो। यही बेला प्रधानमन्त्री झलनाथ खनालले सापकोटालाई सञ्चार मन्त्री नियुक्त गरे। उनको नियुक्तिविरूद्ध कनकमणि दीक्षित, सुशील प्याकुरेल लगायतका मानवअधिकारवादीहरूले सर्वोच्चमा रिट दायर गरे। प्याकुरेलले अहिले त्यही भएर राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिइसके। यही मुद्दामा नै हालका न्यायाधीश फुयालले बहस गरेका रहेछन्।

त्यसपछि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सापकोटाविरूद्धको जाहेरी दरखास्त र सर्वोच्चको आदेश समेत तामेलीमा राख्ने निर्णय गरिदियो। त्यसविरुद्ध लामाले सर्वोच्चमा फेरि रिट दायर गरिन्।

सर्वोच्चले अग्नि सापकोटाविरुद्धको मुद्दाको १५ दिनमा अनुसन्धानको रिपोर्ट अदालतमा पेश गर्न आदेश गरेको थियो। अहिले सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध परेका सबै मुद्दालाई एकै साथ राखेर सुनुवाई गरिरहेको छ। यो मुद्दाको अर्को पेशी माघ २२ गतेलाई छ। नयाँ मुद्दाको पेशी चाहिँ आज हेर्न नमिल्ने भएपछि अनिश्चित छ।

प्रतिनिधि सभाको आज ३ बजे बस्ने बैठकले भने अग्नि सापकोटालाई सभामुख निर्वाचित भएको घोषणा गर्ने निश्चित छ।

2 thoughts on “अग्नि परीक्षा : हेर्न नमिल्ने भएपछि सक्किगो नि !”

  1. madan bajracharya says:
    January 27, 2020 at 7:35 am

    यक जना …. आरोप लागेको अर्जुन बनेको महाभारतमा ५००० जना ……गरेको जिम्मा लिने श्री कृष्ण बनेको पनि छित्तै हेर्न पाउने जस्तो देखिन्छ ।प्रतिस्थ्तित पदमा पुग्न योग्यता कमाउनुमा भन्दा आरोप कमाउन तिर लाग्नु पर्ने हो कि?

    Reply
  2. Shankar says:
    January 26, 2020 at 8:17 pm

    देश को मुख्य साचो बोकेका इन्डियन र अमेरिकन माफिया हरुले नेपाल कानुनि राज्य हो देखाउन येस्ता महरा , सापकोटा लाइ जेल पठाउन सक्छन , तर मुख्य माछो हरु लाइ चै पठाउदा देश कस्तो हात मा भनेर जनता ले प्रश्न उठाउन सक्लान भनेर सायद उचित समयको ताक मा छन् ।
    युज गरिएका आची पुछेका टाला लाइ कसैले कोठामा सजाएर त् राख्दैन ? जब साम्म नेपाल भित्र हुने र उनीहरुले गर्ने खुफिया सड्यन्त्र मा साथ् दिन्छन र आफु पनि राजनीतिग्य बनेर उभिन सक्छन तब सम्म यी टिक्छन।
    हिजो येस्ता बुजुर्बा सिक्ष्या पढ्नु हुदैन भनेर हजारौ माउबादी लडाकुलाई अशिक्षित हुन् बाध्य पारे आज सत्ता मा उनी छन् , बुजुर्वा शिक्ष्या तेही चालु छ , उनीहरु मुसु मुसु हासेर बसिरहेका देखिन्छन । बेसरम हरु । जब जेल जान नै लायक छन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme