Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यांगुनमा न्यु इयर्स इभ मनाउने ठाउँ खोज्दाखोज्दा हैरान

Posted on January 1, 2020January 1, 2020 by Salokya

दरबारमार्ग र ठमेल : काठमाडौँमा इस्वी संवतको नयाँ वर्षको ‘इभ’ (पूर्वसन्ध्या) मनाउन धेरै मान्छे भेला हुने ठाउँ। म्यान्मारको ठूलो शहर यांगुनमा पनि यस्तै कुनै ठाउँ होला नि त। हामीले सोचेका थियौँ। गुगलमा सर्च गर्दा फायरवर्क्स अर्थात् आतशबाजी पनि हुने गरेको जानकारी र फोटोहरु भेट्यौँ। तर त्यसमा पाइएको जानकारी अनुसारका पार्कहरुमा पुग्दा भने अचम्मै पर्‍यौँ। त्यहाँ त केही पनि कार्यक्रम रहेनछ। अरु विदेशी र स्थानीय युवायुवतीहरु पनि आएर त्यसरी नै वाल्ल परेका देख्यौँ। शायद् उनीहरु पनि हामीले जस्तै गुगल गरी आएका थिए कि 🙂

फेसबुकमा ‘हाँस्नुपर्ने धेरै कारण छन्’ बाट ‘डुली हिँड्दा बर्मामा..’ लेख्न थालेका दीपक भट्टराईसँगै भएका कारण म्यान्मार नेपालै जस्तो लागे पनि अप्ठेरो त अनेक आइलाग्ने। विशेष गरी यहाँका नागरिकहरु अंग्रेजी नबुझ्ने, हामी बर्मेली भाषा नबुझ्ने। दीपकलाई अलि अलि त आउँछ तर पूरै नआउने। भाषा अलि नेवार भाषा जस्तो लाग्ने, अलि अलि मिल्ने पनि तर नबुझेर निकै अप्ठेरोमा परिने।

एउटा पार्कबाट अर्को पार्कमा जाँदा एउटा बाटो जाउँ भन्दा ट्याक्सी ड्राइभरले अर्कै बाटो लैजाने! राइड सेयरिङ ग्राब गर्दा ड्राइभरले अंग्रेजी बोल्न नजाने अर्को कोहीलाई बर्मेली भाषा बोल्न लगाउन पर्ने!

सोचे जस्तो फायरवर्क्स पनि हुने, न्यु इयर्स इभ पनि मनाउन लागेको पार्क भेट्टाएनौँ। छन त थिए होलान्, हामीले भेट्टाएनौँ। बरु क्रिसमस मनाएको चाहिँ महाबन्दुला पार्कमा भेट्टाएका थियौँ। न्यु इयर मनाएको चाहिँ भेट्टाउन नसकेपछि दीपक दम्पतिले हामीलाई यहाँको एउटा नाम चलेको बार भिस्टामा लगे। त्यहाँ लाइभ म्युजिक, डिजे सबै रहेछ। ठाउँ चाहिँ प्याक। बल्ल बल्ल एउटा टेबल भेट्टाइयो। तर खानेकुरा र ड्रिङ्क्स प्याकेजमा अनिवार्य लिनै पर्ने रे।


डिजे। बजाउन चाहिँ अंग्रेजी गीतहरु नै बजाएका थिए। अरु त याद छैन। एउटा गीतमा चैँ ‘यु ब्लक मि इन फेसबुक, नाउ यु आर गोइङ टु डाइ’ रे 🙂

त्यहीँ साढे दुई, तीन घण्टा बसेर यो दशककै अन्त्य गरियो। विदेशीहरु पनि प्रशस्त थिए त्यहाँ। बारको छतबाट म्यानमारकै प्रसिद्ध तीर्थस्थल स्वेडागन प्यागोडा देखिने रहेछ। नयाँ वर्षको काउन्टडाउन सुरु हुन थालेपछि पटाका पड्काइयो। तर अरु ठाउँमा जस्तो धेरै चाहिँ होइन।

राति साढे १२ बजेतिर घर फर्कन ट्याक्सी चढ्यौँ। ट्याक्सी ड्राइभरले पाली भाषामा बुद्ध वन्दना बजाइरहेका थिए गाडीमा। ८० प्रतिशत बौद्धमार्गीहरु भएको यो देशमा बुद्धको भक्ति देख्दा लाग्छ, कतै बुद्ध नेपालमा नभएर यतै जन्मिएको त होइन? नेपालमा त ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर नारा लगाउने बाहेक बुद्ध र बौद्धमार्गीहरुलाई खासै सम्मान गरेको देखिन्न। यहाँ त भिक्षु भनेपछि अहो, कति धेरै सम्मान। बच्चा बोकेका महिलाहरुले समेत रेल र बसमा सिट छाडदिन्छन्।

1 thought on “यांगुनमा न्यु इयर्स इभ मनाउने ठाउँ खोज्दाखोज्दा हैरान”

  1. Arjun says:
    January 2, 2020 at 12:17 pm

    राम्रो, मज्जा आयो पढन,,,, अरुपनी लेख्नुसहै ।।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme