Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लगातार दोस्रो वर्ष मिस नेपालले जितिन् मिस वर्ल्डको ‘ब्युटी विद् अ पर्पोज’

Posted on December 14, 2019December 14, 2019 by Salokya


यस पटकको मिस वर्ल्ड प्रतियोगिता मिस जमैकाले जितिन्। तर नेपालले पनि खाली हात चाहिँ आउनु परेन। यस पटक नेपालको प्रतिनिधित्व गरेकी थिइन् मिस नेपाल अनुष्का श्रेष्ठले। पोहोर सत्तारुढ दलकै नेता विरोध खतिवडाकी छोरी भएका कारण नेताहरु आफै भोट माग्न लागेर भोटैले मिस वर्ल्ड जितिएला झैँ गरेका थिए। यस पटक त्यस्तो उधुम केही थिएन। तर पनि उनले सोसल मिडियामा हुने इन्टर्‍याक्सनका कारण जितिने मल्टिमिडिया कम्पिटिसन जितिन्। पोहोर पनि शृङ्खलाले मल्टिमिडिया कम्पिटिसन जितेकी थिइन्। त्यसैगरी मिस वर्ल्डको महत्त्वपूर्ण ब्युटी विद् अ पर्पोज अवार्ड पनि लगातार दोस्रो वर्ष नेपाल सुन्दरीले नै जित्न सफल भयो। पोहोर शृङ्खलाले, यसपालि अनुष्काले।

नेपालले अहिलेसम्म तीन पटक यो अवार्ड जितेको छ। सबैभन्दा पहिला यो अवार्ड सन् २०१३ मा इशानी श्रेष्ठले जितेकी थिइन्।

यो अवार्ड जितेपछि जित्ने सुन्दरीको देशमा च्यारिटीको प्रोजेक्ट चलाउन मिस वर्ल्ड आयोजकका तर्फबाट रकम सहयोग गरिन्छ। अनुष्काले यसका लागि बालिका शिक्षाको गुणस्तर बढाउने उद्देश्य बोकेको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन्। त्यसका लागि मुख्य ध्यान चाहिँ आमाहरुको आर्थिक स्तर उकास्ने विषय राखिएको थियो।

यो अवार्डका लागि फ्रान्स, इन्डिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, नाइजेरिया, ट्युनिसिया, भेनेजुएला र भियतनामका सुन्दरीहरु टप टेनमा थिइन्।

3 thoughts on “लगातार दोस्रो वर्ष मिस नेपालले जितिन् मिस वर्ल्डको ‘ब्युटी विद् अ पर्पोज’”

  1. कमल says:
    December 15, 2019 at 10:50 pm

    मिस अनुष्कालाई वधाई|
    मेरो एउटा गुनासो उँहालाई के भने नेपालीको स्वास्थ्यमा प्रतिकुल असर पारीरहेको “व्हाई व्हाइ” उनले बाँढेको खबर सुनियो| व्हाई व्हाईले बिशेष गरी नेपाली बालबालिकाका स्वास्थ्यमा ल्याएको चिन्ता डा. अरुणा उप्रेतीले ब्यक्त गर्दै आउनु भएको छ|
    बरु अनुष्काजीले व्हाई व्हाई खाँदा आफ्नो खानकी सँग मिल्ने गरेर अनीवार्य रुपमा तरकारी वा मिल्ने भए वा सके अन्डा, मासुकाका झोल सँग मिसाएर खानपर्ने जोड दिनपर्ने थियो|
    व्हाई व्हाइ र यस्तै अन्य चौ चौ हरुले नेपाली जन जीवनको स्वास्थ्यमा नराम्रो असर परेको कारण यस्तै दुश्प्रचारले हो|

    Reply
  2. Milan says:
    December 15, 2019 at 9:43 pm

    Congratulations!

    Reply
  3. Bibek kunwar says:
    December 15, 2019 at 6:50 am

    Congratulatios to miss Nepal. Tara 2015 ko earthquake ra nepalko poverty lai matra magi khane bahdo nabanai aba future ka miss nepal harule arunai ramro contents pauna sakun taki hami nepali pani bideshika agadi afno sheer garbale mathi uthauna sakau.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme