प्रचण्डले आफू कार्यकारी अध्यक्ष भएको अन्तर्वार्ता कान्तिपुरमा दिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि कार्यकारी अध्यक्ष भएको र सिनियर अध्यक्ष भएको भनी कान्तिपुर टेलिभिजनमा भूषण दाहालसितको अन्तर्वार्ता प्रसारण भएको भोलिपल्ट एउटा अप्रत्याशित खबर आयो। प्रधानमन्त्रीलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा लगियो।
यसअघि डायलासिस भइरहेको र मृगौला प्रत्यारोपणको तयारी भइरहेका समाचारमात्र आइरहेका थिए। तर मंगलबार त्यसभन्दा फरक समस्या देखिएको रहेछ। बिहानैदेखि पेट दुखेकोले उनलाई अस्पताल भर्ना गरेर स्वास्थ्य जाँच गर्दा तत्काल अपरेसन गर्नुपर्ने स्थिति देखिएकोले भर्ना गरी अपरेसन गरियो।
यस पटक मृगौला हैन, अरु नै समस्या देखिएको रहेछ। प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको मात्र हैन, फुटिसकेको पनि रहेछ।
वेबएमडीका अनुसार एपेन्डिक्स ठूलो आन्द्राबाट निस्केको साढे ३ इञ्ज लामो टिस्यु ट्युब हो जुन शरीरको तल्लो दायाँ भागमा हुन्छ। त्यही अंग सुन्नियो भने एपेन्डिसाइटिस हुन्छ। यो हुनु भनेकै मेडिकल इमर्जेन्सी रहेछ जसको उपचार सकेसम्म शल्यक्रिया गरेर एपेन्डिक्स हटाउनु हो।
एपेन्डिक्स दिसा वा अन्य कुराले ब्लक हुँदा अथवा क्यान्सर हुँदा एपेन्डिसाइटिस हुन्छ।
प्रधानमन्त्री स्वास्थ्य निगरानीमै हुन्छन्। तर उनलाई एपेन्डिसाइटिस भएको पत्तै भएनछ। एपेन्डिसाइटिस मात्र हैन प्रधानमन्त्रीलाई अस्पताल लाँदा त Peritonitis समेत भइसकेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। एपेन्डिक्स फुटेर त्यसभित्र रहेको पिप तथा अन्य विकार पेटको अन्यत्र भागमा फैलिसकेको रहेछ।
वेबएमडीमा उल्लेख भए अनुसार उपचार नगरी यत्तिकै राखिए पेरिटोनाइटिस रगत र अन्य अंगहरुमा फैलिन्छ र जसका कारण धेरै अंग काम नलाग्ने (मल्टिपल अर्गान फेलर) र मृत्यु हुनसक्छ।
धन्न बेलैमा अस्पताल पुर्याए। अस्पतालको विज्ञप्ति अनुसार बिहान ९ बजे आएका उनको ‘ल्यापरोटोमी (पेटलाइ चिरेर गरिने शल्यक्रिया)’ र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया)’ गरिएको थियो।
ल्यापरोटोमीमा बिरामीलाई बेहोस बनाई सर्जनले भित्रको अंग देखिने गरी सुरुमा छाला र त्यसपछि पेटको मसल काट्छ। भित्रको अंग देखिसकेपछि समस्या समाधान गरिन्छ। प्रधानमन्त्रीको केसमा एपेन्डिसाइटिस हटाएर फुटेर फैलिएको संक्रमण हटाइयो। ल्यापरोटोमी सकिएपछि पेटको मसल र माथिको छाला टाँका लगाएर बन्द गरिन्छ।
बेटरहेल्थका अनुसार यस्तो शल्यक्रियामा हेमरेज (ब्लिडिङ), संक्रमण, भित्री अंगमा क्षति पुग्ने जस्ता समस्या हुनसक्छन्। प्रधानमन्त्रीको एक दशकअघि मृगौलाको प्रत्यारोपण गरिएको र प्रत्यारोपित मृगौलाले पनि काम नगरेपछि डायलासिस गर्ने प्रक्रिया भइरहेकोले उनमा अरु स्वस्थ व्यक्तिमा भन्दा छिटो संक्रमण फैलिने खतरा हुन्छ।
अहिले उनलाई भेन्टिलेटरमा राखिएको छ। यो भेन्टिलेटर भने इमर्जेन्सी अवस्था आएर राखिएको नभई इमर्जेन्सी अवस्था आइपर्ला भनेर सतर्क भई राखिएको रहेछ।
प्रधानमन्त्रीको अवस्था स्थिर रहेको अस्पतालले मंगलबार राति साढे ७ बजे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनी अझै केही दिन अस्पतालमै रहने देखिन्छ।
सिघ्र स्वास्थ्य लाभको शुभकामना।
प्रधानमन्त्री भन्या देशको प्रमुख कार्यकारी हुन| उंहा अस्वस्थ हुनुहुँदा सबै नेपालीलाई दु:ख लाग्ने हो| शीघ्र स्वा स्थ्यलाभको कामना गर्दछु|
अहिलेको समयम क्षणक्षणमा प्रधान मन्त्रिले निर्णय लिनपर्ने हो| प्रगती विवरण लिएर हौसला, थप सहयोग र निर्देशन दिने हो| यस्तो बेलामा प्रधानमन्त्रीले केही समय अतिब्यस्त कामबाट केही दिनलाई विदा लिएर आराम गर्नु भए नेपाली जनताले निको मान्ने थिए|
एपेन्डिक्स भन्ने जन्तु नै त्यस्तै हो| दुख्न थालेपछी अरु थोकै हो कि भनेर सोच्दा सोच्दै अस्पातल गएपछी पो थाहा हुन्छ| तर चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरनीमा रहेको प्रधानमन्त्रीलाई कसरी पत्तै भएन?
गिरिजा र सुशील कोइरालाको पालामा प्रधानमन्त्री बिरामी हुँदा मुलुकलाई बिरामी बनाए| तीब्र गतिमा जती कार्य हुनपर्ने त्यती अस्वस्थताले दिएन| दीर्घरोगी प्रधान मन्त्री बिरामी भएपछी देशलाई बिरामी पार्ने अवस्था आउन दिन भएन|
नेपाली जनताले ओलीज्युलाई कुर्सी त्यागेर उपचार गर्न र आराम गर्न विनम्र आग्रह गर्नपरने हो वा मेडिकल उपकरण र उपचारको निरन्तर सहायतामा मुलुक हाँक्ने हो?
इच्छाशक्ती एउटा कुरो हो र आफ्ना शरीर र मस्तिष्कले मुलुकले चाहेको, राज्यले अपेक्षा गरेको र अति आवश्यकीय ब्यस्त दैनिकी धपेडीले स्वास्थ्यमा प्रतिकुल असर् पार्ने अर्को कुरो हो| स्वविवेक र शतप्रतिशत आफ्नो निर्णय लिन प्रधानमन्त्री सक्षम हुन सक्न पर्छ भन्ने धारणा धेरैले ब्यक्त गरेका छन| जनादेश पाएका प्रधानमन्त्रिको असमर्थता वा पूर्ण अनुपस्थितिमा इर्दगिर्द, आसेपासे वा सेरो फेरो घेरोको अनुचित प्रभाव जम्न नपाओस|
शंकरज्यु
सरसरति हेर्दा बुझ्दा त् तपाईंअको कुरा ठिकै हो। तर २००७साल पछीको परिवर्तन को ईतिहास बुझ्ने गरी पल्ताउनेनै हो भने नेपालको राजनीतिको खेतको लालपुर्जा मात्रै हाम्रो नेपाल भन्ने सित छ्। जोत भोग गर्ने त् भारतको खेतालाहरुलेनै गर्दै गराउन्दै आयको छ्। “जय् नेपाल” को नारा त् सिम्हदरवार बाहिर जनतालाई सुनाउने पनि होईन जवरजस्ती सुताउने गीत जस्तै मात्र् बनेको छ्। यस्तो नभयको भय् यक पछी अर्को असमान सन्धिहरु गरिन्दैन्थ्यो। रगत नेपालमा नेपालीको बगायर सम्झौता त्यो पनि दिल्लिकै भाखामा दिल्लिमै गरिन्दैन्थ्यो। आज सम्म पनि नेपालको भुमि कब्ज्याई राख्न दिन्दैन्थ्यो।अहिले पनि भारतले ५८ बर्ष देखि कब्ज्यायको नेपालको कालापानि उस्को सिमाना भित्र पारेर नक्सा नछापेको भय् अर्को ५८ बर्ष सम्म पनि कसैले केही बोल्दैन्थ्यो।
भन्नुको मतलव यो पनि होईन कि नेपालमा राष्ट्रवादिको अकालै परेकोछ्। कोही “अङुलिमाल पछि
धर्मात्मा बने जस्तै रास्त्र्वादी बनेको छ्” कोही बुधौति बा रोग बा वाध्य भयरै राष्ट्रवादी बनेको पनि छ् त कोही सिम्हदर्वारबाट घोक्रेथ्यान्क लागे पछि मात्रै राष्ट्रवादी बनेकोछ। यस्तै अवस्थामा भन्दा अलि फरक किसिमले राष्ट्रवादी भयको देखिनेमा सुसिल र् ओली मात्रै हुन। सुसिल र् ओलीले सिम्हदरवार भित्र बाट भारतिय् दवावको बिरोध तथा सामना गरे। यति त् सिम्हदरवार बाहिर रगत बगाउन्दै भारत मुर्दावाद भन्ने प्रचन्द्रले पनि गरेन; गरेको भय् उस्ले भारतको निमित असैह्य् बनेको ओलिको नेत्रित्वको सरकारलाई अविश्वासको प्रस्ताव् ले पछारेर् शेरबहादुर अङाल्न जान्दैन्थ्यो।
त् शंकरज्यु खराव मध्य् कम् खराव मात्रै रोज्न पाउने नागरिक अधिकार पायको हामी नेपालीको निमित ओलिको बिकल्प हुन सक्ने खोज्नु पनि ठुलै खतरा मोल्नु पर्ने पनि हुन सक्छ;हेर्नुस् त् अहिले राष्ट्रवाद को कुरा गर्ने र् ओलिको बिरोध गर्ने कस्ता कस्ता छन। ओलिको बिकल्प अरु हुने होईनन इनिहरुनै हुने हो त् सोच्नुस् ओलिको स्थानमा ओलिनै रहे कम् खतरा हुन्छ बा तिनिहरु मध्य् कोही?
ओलीलाई बुधो भयो भन्न् हिच्किच्याउनु पर्दैन। रोगी त् हो नै त्यो पनि गम्भिर प्रकारको। यस्तो ब्यक्तीबाट रास्त्रिय् महत्वको कुरामा कमै मात्र् खतरा हुन्छ। माथि जाने जाने बेलामा पायको यस्तो जन विश्वाश त्यो माथि जाने बेला फाल्नु पर्ने दिल्लिको दोसल्लाको निमित राष्ट्र प्रती मुर्ख्याई कम्सेकम ओली जस्तोले त् गर्दैन होला कि जस्तो लाग्छ।
रोगि बुढोहरुलाई च्येप्दा देश लै भार/ हे प्रभु चाडै यी सबै रोगि बुडोहरुको बाटो खोलि देशलाई भार मुक्त बनैदेउ
छिट्टै निको होस्। म् भोग नचधाई प्रसन्न नहुने भगवान नमान्ने नास्तिक्; तेसैले “हे प्रभु किन हाम्रै देसमा रोगी तन्त्र रोगी शासक” भन्न् सक्दिन। तर स्वस्थ् देस र् नागरिक अनि सत्तामा आफु सर्वेसर्वा हुन देसको माटो पानि समेत् बन्धकी राख्ने रोगी र् दल र् नेता बाट मुक्त होस् भनि याचना कामना त् गर्न सक्छुनै। यही गर्दैछु।
अधिकाश नागरिकहरु आफुलाई लागेको सामान्य् रोगको पनि उपचार् गर्ने छ्यमता नभयर तेतिकै मर्ने देसमा अहिले ब्यबस्था बदले पछि ठुला कुर्सीमा बस्ने ठुला दलकोलाई जस्तो सुकै रोग लागे पनि राज्यको स्रोत बाट देस बिदेसमा जति सुकै खर्चेर भय् पनि उपचार् गरिने भयकैछ् त् यस्तो सुबिधा पायकामा कमसेकम त्यस्तो ब्यक्तित्वको जसले ढिलै भय् पनि नेपाल सिमा खुमच्याउने श्रोत सुकाउने र् नेपालमा उस्को कथपुतलितन्त्र लाद्ने रोग फैलाउने भाईइरस बनेको भारतको बिरोध र् सामना गर्न थालेको छ् त्यस्तो ब्यक्तित्वले बिरामी सुसिल कोईराला अन्तिम अवस्था कसरी भयो भन्ने कुरामा सचेत भयर आफ्नो उपचार् गराउनु पर्छ।
“देखिने भारत नदेखिने भारत” नै नेपालमा शासक र् शासन ब्यबस्था हल्लिने बदलिने,सिमाना मिच्चिने र् श्रोत सुकिने कारण बन्दै आयको छ्।यही कारण भारतको दवावमा नझुक्ने कसैको रोगको उपचारमा प्रभाव नपरुन। भारतको दवाव नतेर्ने आफ्नै पार्तिको सुसिलको नाम पनि नलिने आफु पटक पटक प्रधान मन्त्रि हुँदा कालापानिको “क” पनि उच्चारण नगरने र् भरतले नकाबन्दी गर्दा बोली समेत् नफुत्ने त्यो लर्वेरेको ववराहत को कुनै अर्थ नै छैन।
यो देश को माया हो कि राजनीतिको मोह। आफ्नो बिमारीको सिकार पुरै देशलाई बनाउने ?
अरुलाई चलाउन दिए हुदैन ।