Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को को नयाँ मन्त्री बने? कसको पद खोसियो? कसको जिम्मेवारी हेरफेर भो? हेर्नुस् सूची

Posted on November 20, 2019November 20, 2019 by Salokya

आज होला, भोलि होला भनेर लामै समय भो मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको। जहिल्यै हल्लामा सीमित। अन्ततः बुधबार राति अबेर शितल निवासबाट आधिकारिक प्रेस विज्ञप्ति आयो। संविधानले तोकेको २५ सदस्यीय मन्त्रिपरिषद्को संख्यामा रहेर केही मन्त्री हटाई केही मन्त्री थपेर केहीको जिम्मेवारी हेरफेर गरिएको छ। सबैभन्दा पहिला क-कसको जागिर खोसियो त्यो हेरौँ-

रघुवीर महासेठ – उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए।

गोकर्ण विष्ट – उनी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए।

लालबाबु पण्डित – उनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए।

मातृकाप्रसाद यादव- उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थिए।

चक्रपाणी खनाल – उनी कृषि तथा पशुपंक्षी विकास मन्त्री थिए।

थममाया थापा – उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए।

त्यस्तै पुरानो मन्त्रिपरिषद्‍मा रहेका तीनै जना राज्यमन्त्रीहरुको पनि जागिर गएको छ-

धनबहादुर बुढा – उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए।

रामकुमारी चौधरी – उनी कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री थिए।

डा. सुरेन्द्रकुमार यादव – उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिए।

को-को बने त नयाँ मन्त्री?
हृदयेश त्रिपाठी – उनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् लालबाबु पण्डितको ठाउँमा।

घनश्याम भुसाल – उनी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् चक्रपाणि खनालको ठाउँमा।

लेखराज भट्ट – उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् मातृका यादवको ठाउँमा।

रामेश्वर राय यादव – उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् गोकर्ण विष्टको ठाउँमा।

वसन्तकुमार नेम्बाङ्ग- उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् रघुवीर महासेठको ठाउँमा।

पार्वत गुरुङ – उनी महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री बनेका छन् थममाया थापाको ठाउँमा।

राज्यमन्त्रीमा नयाँ अनुहार यी हुन्

मोतीलाल दुगड – उद्योगपति यिनलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ।

नवराज रावत – स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री।

रामबिर मानन्धर- काठमाडौँबाट निर्वाचित यिनले झण्डै वामदेव गौतमका लागि राजीनामा दिइसकेका थिए। उनी सहरी विकास राज्यमन्त्री बनेका छन्।

कसको जिम्मेवारी हेरफेर भो?
उपप्रधानमन्त्री उपेन्द्र यादव – उनको जिम्मेवारी स्वास्थ्यबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ।
भानुभक्त ढकाल- उनलाई कानुनबाट स्वास्थ्यमा ल्याइएको छ।

वरियतामा हेरफेर
अघिल्लो मन्त्रिपरिषद्‍मा २१ औँ नम्बरमा रहेकी प्रचण्डकी बुहारी बिना मगर यस पटक भने २० औँ नम्बरमा रहेकी छिन्। तर पहिले बिनाभन्दा एक स्थान मुनि २२ औँमा रहेकी पद्माकुमारी अर्याल यस पटक भने बिना भन्दा माथि १९ औँ नम्बरको वरियतामा छिन्।

1 thought on “को को नयाँ मन्त्री बने? कसको पद खोसियो? कसको जिम्मेवारी हेरफेर भो? हेर्नुस् सूची”

  1. सुमन says:
    November 21, 2019 at 11:38 am

    के फरक पर्छ र? जनताले राहत पाउने होइनन| रिवार्ड र पनिशमेन्ट ठीक सँग भएन| जनतालाई गुमराहमा पार्न खोजियो|
    १. मेलम्चीको पानी मन्त्रीलाई हटाउने मात्र होइन, बाँकी कार्यकालमा मन्त्री फेरी नबनाउने गरी पठाइन पर्ने थियो| नातावादको प्रत्यक्ष खेल|
    २. जनताको भोट जितेर अरुलाई चडाउने रामबिर वा वामवीरलाई पनि किन मन्त्री? कसको कोटाबाट हो?
    ३. बिचरो लालबाबुलाई अटेर कर्मचारीहरुले धम्की दिएकै भरमा हटाउने हो त? काम गरेकै थिए| माथिबाट अर्डर आएपछी के गर्ने? ट्रेड युनियनले खाइदियो|
    ४. कानुन मन्त्रीले न्याय र कानुन क्षेत्रमा सुधार ल्याउन कता हो कता अझ बढी फोहोर थपे, उनैलाई फेरी स्वास्थ्यमा फोहोर गर्न पठाएछन|
    ५. भुमी सुधार र कानुन मन्त्री द्वयले गुठी विधायक उचित ब्य्ववस्थापन गरेनन| त्यस्तालाई किन राख्ने? कुन गुट र कोटा पर्‍यो? दुवैलाई बर्खास्त गर्नपर्ने थियो|

    मन्त्री मन्डलका सदस्य र राजनैतीक नियुक्तीवालहरुले आफ्नो नाता परने र नजिकको व्यक्तीलाई सरकारी तलब भत्ता दिने गरेर स्वकिय सचिव, पीए राख्न बन्देज गरिन पर्छ| घुसखोरी र अपारदर्शिताको एउटा मुल जड भनेको यस्तै नियुक्ती हो|

    नेकपा भनेकै नेत्रित्व लहरीमा विशेष गरेर अपारदर्शिता हो भनेर डा. सुरेन्द्र केसीली बारम्बार भन्नुभएको सावित भएको छ्|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme