Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लाजमर्दो ! चितवनकै स्थानीय सरकारले चिन्दो रहेनछ आफ्नो गैँडा

Posted on October 23, 2019October 23, 2019 by Salokya

गैँडाको महत्त्वको बारेमा त के कुरा गर्नु र। हाम्रै प्रधानमन्त्रीज्युले बारम्बार यसको महत्त्व बताइराख्नुहुन्छ। गैँडा जसले देखेन, त्यसको आधा जुनी खेर गएको अभिव्यक्ति दिनुभएको सुन्नुभएकै होला। राइनो भन्न हुँदैन, गैँडा नै भन्नु पर्छ, जहाँ हुँदै हुँदैन त्यहाँ केको राइनो भन्ने दिव्यवाणी उहाँकै हो। त्यही दिव्यवाणी पछ्याउने भएर नै होला, चितवनको रत्ननगर नगरपालिकालाई गैँडा भने जति आफ्नै देशको भन्ने लाग्दो रहेछ। अरु तिर हुँदै हुँदैन त केको राइनो? सबै गैँडा हाम्रै। त्यही भएर होला रत्ननगर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६/७७ को बजेट, नीति तथा कार्यक्रममा ह्वाइट राइनोको फोटो राखेछ।

त्यो फोटोलाई गुगलमा यसो खोजेर हेरेको, वास्तविक फोटो यो रहेछ।

प्रधानमन्त्रीज्युले अरु देशमा गैँडा हुँदै हुँदैन भने पनि त्यो सही होइन। यो फोटो नेपाली गैँडाको हैन। यो त अफ्रिकाको केन्यामा भएको गैँडाको फोटो हो। यो नेपालमा हुने जस्तो एक सिङ्गे गैँडा पनि हैन। फोटोमा ध्यान दिएर हेर्नुस् त, यसका दुई सिङ्ग देखिन्छन्।

चितवनको स्थानीय सरकारले नै आफ्नो गैँडा कस्तो हुन्छ भनेर नचिनेको रहेछ, अरुको के कुरा। कि कसो?

2 thoughts on “लाजमर्दो ! चितवनकै स्थानीय सरकारले चिन्दो रहेनछ आफ्नो गैँडा”

  1. श्रीकृष्ण अधिकारी says:
    October 24, 2019 at 11:17 am

    यसलाई भन्छन् आलोकाँचो पन । भुसको थुप्रो नदेख्‍नेले धानको थुप्रोमा खेल्न पाएपछि खे कुनी केमा पो हो धानका गेडा अड्काँउछ भन्थे हो रहेछ । आफ्नो घरको आय आर्जन अनुसार खर्च योजना बनाउन नसक्ने भुराहरुले सिङ्गो नगरपालिकाको बजेट तयार गर्दा झलझली हजारको नोटमा भएको हात्ती मात्र सम्झिंदा फोटोमा भएका गैंडा नेपालका हुन् कि अफ्रिकाको कस्लाई के मतलब । बजेट, नीति कार्यक्रमका बाहिरी आवरणमै नेपालको गैंडा भनेर अफ्रिकाको राईनोको फोटो हाल्नेले नीति कार्यक्रममा पनि नेपालमा भनेर युरोप अमेरिकातिर ठुला ठुला बिल्डिङ्ग बनाउने गरी कार्यक्रम तय नभएको भनेर भन्न सक्ने अवस्था रहेन । आवरणमा झुक्याएको त स्पष्ट देखियो तर भित्री गुदीमा कति झुक्याएका छन् कुन्नी ।

    Reply
  2. Shankar says:
    October 24, 2019 at 3:01 am

    गेडा गन्न व्यस्त स्थानीय सरकारका पदाधिकारीहरुलाई गैडा संग के मतलब । खसी त् हैन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme