Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महरा प्रकरणमा फेरि अर्को ट्विस्ट : महिलाले दिइन् किटानी जाहेरी

Posted on October 5, 2019 by Salokya

कृष्णबहादुर महरा प्रकरणमा शुक्रबार फेरि अर्को ट्विस्ट आएको छ। यसअघि कुरा फेरेकी महिलाले नयाँ बानेश्वर प्रहरी वृत्तमा महराविरुद्ध किटानी जाहेरी दिएकी छिन्। शुक्रबार जाहेरी दर्ता भए पनि यसको खबर भने आज शनिबार मात्रै सार्वजनिक भएको हो।

महिलाले आफूलाई जबर्जस्ती करणी गर्न खोजेको उजुरीमा लेखेकी छिन्। जाहेरीसँगै प्रहरीलाई यो विषयमा अनुसन्धान गर्न अब सहज भएको छ। सामान्य मानिसलाई भए योसँगै पुरुष पक्राउ परिसकेका हुन्थे। महरा कहिले पक्राउ पर्ने हुन्, हेर्न बाँकी छ।

यो प्रकरणमा यसअघि पटक पटक ट्विस्ट आइसकेको छ।

घटना सेप्टेम्बर ३० मा बाहिर आएको हो। हाम्राकुरामा यो खबर भिडियोसहित बाहिर आउने बित्तिकै सभामुखका प्रेस सल्लाहकारले विज्ञप्ति जारी गर्दै सभामुख कार्यकक्ष र निवासबाहेक अन्यत्र कतै नगएको दावी गरेका थिए।

तर भिडियोमा भने महिलाले आफूलाई जबर्जस्तीको प्रयास भएको र कुटपिटसमेत भएको बताएकी थिइन्।

सिसिटिभीमा उनको गाडी महिलाको कोठामा जाँदै गरेको देखिएपछि प्रधानमन्त्री र प्रचण्डले उनलाई राजीनामा दिन सुझाएका थिए। पार्टीको शीर्ष नेतृत्वको बैठकले पनि सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन भनेको थियो।

तर महराले सभामुख पदबाट मात्र छानबिन नसकिउन्जेल भन्ने भाषा प्रयोग गर्दै राजीनामा दिएका थिए। पछि उनले भाषा सच्याएर फेरि अर्को राजीनामा दिएका थिए।

त्यही दिन नयाँ ट्विस्ट आयो। महिलाको अर्को भिडियो सार्वजनिक भयो नागरिकखबर अनलाइनमा। अघिल्लो भिडियोमा आफैले बोलेको कुरालाई त्यो भिडियोमा काटिएको थियो। महरासँग भेटै नभएको र बाउछोरीको नाता पो रहेको बताइन्। तर यो भिडियोमा शंका गर्नुपर्ने प्रशस्त आधार थिए।

त्यही दिन हाम्राकुराले पनि महराले आइएम सरी र फर्गेट यस्टरडे भनेर भाइबरमा पठाएको मेसेजसहितको अर्को भिडियो सार्वजनिक गर्‍यो। त्यसमा महराका छोरालाई आफ्नो बलात्कार भएको भनी पठाएको मेसेज पनि थियो।

अक्टोबर २ मा प्रतिनिधि सभा सचिवालयले सभामुखले राजीनामा दिएको औपचारिक घोषणा सूचनापत्रमार्फत गर्‍यो। संसदको वेबसाइटबाट उनको नाम पनि हटाइयो।

ती महिला र उनका पतिबीच अलग अलग बस्ने सहमति पनि फेसबुकमार्फत् सार्वजनिक भयो।

त्यसपछि आज फूलपातीको दिन महराविरुद्ध महिलाले जाहेरी दिएको खबर सार्वजनिक भएको हो। सामान्य प्रक्रिया अनुसार अब प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने हो। के भर्खरै पद गुमाएका सभामुखको यस पटकको दशैँ थुनामा बित्ने हो त?

4 thoughts on “महरा प्रकरणमा फेरि अर्को ट्विस्ट : महिलाले दिइन् किटानी जाहेरी”

  1. madan bajracharya says:
    October 5, 2019 at 10:01 pm

    सायद यहि मौका हो प्रहरीको निमित निर्मला काण्डमा आफ्नो धुमिलियको छवि सफा गर्ने/ अनि यो मौका सिंहदरवार र पार्टीको “उच्च र ठुला त् बने तर उनीहरुको पुरानो …..को कारण तुच्छ बनेकाको निमित पनि हो; कि अब उनीहरुको कारणले नागरिकहरुले नेपाल ठुला पापी पुजारी बन्ने देस बने भन्ने धर्ना केहि हद सम्म कम गर्ने/

    राजा परिबारलाई कानुन नलाग्ने बनायकोले राजपरिवार पाल्नु रास्ट्रको निमित महँगो भयो/राजतन्त्रको पछ्यधरहरु अपराधिक भय भ्र्स्ताचारी भय/ राजाको अगाडी मात्रै भजिने प्रसस्ती र बकिने प्रसंसा झुठो हुने र तिनीहरुकै कारणले राजा र प्रजा बिच को सम्भंद नराम्रो हुने सम्झन धेरै ढिलो गरे/ अव यो प्रसंगमा अहिलेकालाई तौलेरै हेर्ने हो भने अहिलेका बिबादिद राजा भन्दा “खतम” नै भयको देखिन्छ/

    तेसैले यो काण्डमा निस्पछ्य छानविन हुनै पर्छ/दोषी ठहरे कानुन अनुसार हदै सम्मको सजाय हुनु पर्छ/ तर यति त् ठोकेरै भन्न सकिन्छ महरा दोषी नै ठहरिय पनि तेस्तो सजाय महरालाई इनिहरुले दिनै सक्दैन/ महराले बोले पोले मात्र धेरैको धेरै खोतलिञ्छ सत्य निरोपण आयोगले पनि पुर्न नसकिने गरि/

    Reply
  2. Shankar says:
    October 5, 2019 at 6:35 pm

    ब्यांक मा टन्न लुटेको धन छ , राम्रो घर , गाडी , नोकर चाकर छन् , घरकी बुढी थोत्री भै , अरुको स्वास्नी राम्री लागेको खुसुक्क सम्बन्द राखेको पद र पावर को आडमा चुप लागली भनेको त् कुरो खुस्काइ हाली |
    येत्रो जनान्दोलन गरेर , जनता लाइ गणतन्त्र लाइदियेको छ , मान्छे मारेको त् माफ गरिदिए एस्तो जाबो सानोतिनो रेप माफ गर्न पर्दैन | के भएको , अब सोझो साझोको दिन गएकै हो |

    Reply
  3. Bibek kunwar says:
    October 5, 2019 at 5:46 pm

    Ajkal nepal ma kehi female haru pani eti chalu bhaisakeki afno careerko lagi ra extra paisako lagi 2-4 jana rich businesmen ra politicians haruko private girlfriend banchan ani kaamkuro sabai bhyuchan afno swartha pura nahunjel samma. Ani afno swartha pura bhaisakepachi malai dhiskanale esto garyo bhandai mediama aauchan.
    Ani mahara jasta younka pipasuharu pani testai testai mahilaharuko pachi lagera janatalai ullu banaudai hidchan. Esta Mahila le puruslai use gareko ho ki youn pipasu purusle esta mahilaharulai use gareko ho chuttaunau garo cha.
    2/3 ko powerful kp sarkar le mantriparisad ko nirnaya bata nepalka vip/vvip harule 4-5 janasamma rakhel rakhna paune kanun parit garne ho bhane sabai kuro solve huncha.

    Reply
  4. prithvi n. shah says:
    October 5, 2019 at 5:43 pm

    कसरि रफा दफा गर्ने होला? हत्तेरी, लुकाउँ भने सबै मिडियामा आइसक्यो, महिलालाई मारिदिउ भने पहिला युद्ध काल जस्तो स्थिति छैन, पागल घोषित गरे झन् महरा ले यौटा अचेत पागल आइमाई माथि हिंशा गरेको ठहर्छ, कतै केहि गरे पनि सुख पाइएन ! पुकदा, ओली, प्रहरी प्रमुख सर्वेन्द्र खनाल इत्यादी हरु बीच कति राउण्ड छलफल हुदा पनि गतिलो उपाय निस्कन सकेको छैन ! संसारमा कहिँ त उपाय होला नि !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme