Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सभामुख महराले दिए राजीनामा, भाषा अनौठो- छा न बि न प्रक्रिया नसकिँदासम्म

Posted on October 1, 2019October 1, 2019 by Salokya

अन्ततः सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन्। हिजो संसद सचिवालयमै कार्यरत एक विवाहित महिलाले लगाएको गम्भीर आरोपपछि सभामुखले आज राजीनामा दिएका हुन्। राजीनामा दिन नेकपाको सचिवालय बैठकले पनि उनलाई सुझाव दिएको थियो। बैठकले सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन सुझाएको थियो।

प्रतिनिधि सभा नियमावलीको नियम २११ (१) बमोजिम सभामुखले उपसभामुखलाई सम्बोधन गरी राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा भने अनौठो भाषा छ। भाषा हेर्ने हो भने राजीनामा हैन ‘निलम्बन’ को अर्थ लाग्छ। उनले राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको’ उल्लेख गरेका छन्।

नियमावली र संविधानमा भने यस्तो व्यवस्था छैन। लिखित राजीनामा दिएपछि पद रिक्त हुन्छ। छानबिन प्रक्रिया सकिनु वा नसकिनुसँग यसको मतलब हुँदैन।

छानबिन सुरु भएपछि सांसद पद स्वतः निलम्बनमा पर्नेछ।

राजीनामापछि अनुसन्धान होला?

सभामुखले राजीनामा दिएपछि के होला त? के यो केस यत्तिकै सकिएला?

यो ब्लग लेख्दासम्म पीडितले प्रहरीकोमा जाहेरी दिएकी छैनन्। यतिबेलासम्म त जाहेरी दिएर पीडितको स्वास्थ्य परीक्षणसमेत भइसक्नुपर्ने हो। जाहेरीको आधारमा प्रहरीले अदालतसँग अनुमति लिएर महरालाई अनुसन्धानका लागि पक्राउ गर्न सक्ने अवस्था छ।

अथवा त्यसो नभएर सुरुमा जाहेरी त्यसपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गर्ने र त्यसपछि अदालतबाट अनुमति लिएर पक्राउ गर्ने पनि हुनसक्छ।

तर जाहेरी नै दिएको छैन भन्दै अनुसन्धानै अगाडि नबढ्ने हो भने यो केस यत्तिकै सकिने निश्चित छ।

सम्बन्धित ब्लग
महराले राजीनामा दिए, अब को बन्लान् त नयाँ सभामुख? संविधान भन्छ नेकपाको मिल्दैन

5 thoughts on “सभामुख महराले दिए राजीनामा, भाषा अनौठो- छा न बि न प्रक्रिया नसकिँदासम्म”

  1. Pingback: Forget Yesterday : अब महरा सरको सबै कुरा ‘फर्गेटिने’ हो त? – Mysansar
  2. रमेश बुर्लाकोटी says:
    October 2, 2019 at 5:21 am

    छविलाल को कोट मुनि आगो दन दन
    विवाहिता संग सल्के पछि आरोप झन झन

    स्वयं व्यभिचारी भ्रष्ट चामिकने हत्यारा छविलाल ले त अझ वाह वाह हाइ फईव , बडो गरिस भनेर स्यावासी दियो होला बलात्कारी हमरा लाइ

    यो निक्रिष्टबहादुर हमरा शेब्यका टाभे चामिकने लाइ कस्तो सत्ता को मद चलेको /

    Reply
  3. Pingback: महरा काण्डमा नयाँ ट्विस्ट : हिजो जबर्जस्तीको आरोप, आज बाउछोरीको नाता पो रे; हिजो पिटेको, आज आएकै छैन रे – Mysansar
  4. madan bajracharya says:
    October 1, 2019 at 6:13 pm

    महराले राजि नामा दियो/ राजिनामा सब्दको अर्थ आफ्नै राजिखुसीले आफैले अवकाश लियको हो/ यदि महराले छानविनको अवधि सम्म मात्रै आफ्नो पदिय जिम्मेवारी छोडेको भय राजिनामा सब्द प्रयोग नै गर्नु हुँदैनथ्यो; घरबिदा जस्तै कुनै अर्को सब्द प्रयोग गर्नु पर्ने थियो/

    यो घटना अर्को निर्मला काण्ड हुनेछ/ महराले जेजस्तई गरे नगरे पनि उसको पार्टीले उसलाई चिध्याउनै सक्दैन/ उसको बोलि फुटे उसको पार्टीनै ढ्वांग फुट्न सक्छ/ अहिले पार्टीहरु र देसको राजनीतिमा कयौं महानुभावहरुको व्यक्तित्व ‘देखाउन नहुने छोप्ने” पर्दा जस्तै छ/ तेसैले उनीहरुले जे जस्तै गरे पनि कुरो सहमतिमै तुङ्ग्याईञ्छ/ कार्यवाही गरेको देखाउने त् मात्र नौटंकी हो/ उदाहरण अरु लिनै पर्दैन प्रेसर्कुकरेको नाईकेलाई खुला छाडेर उसका समाईसकेका छाउराहरुलाई आफ्नोमा घुसाउन्दै छाड्दै गरेकोले नै स्पस्ट गर्छ/

    नेपालको लोकतन्त्र सत्ताको परिधि भित्र बाहिर राहेका नेताहरुको सहमतिमा चलाईने “तन्त्र” हो/ तेसैले यहा नेताहरु नै लोकतन्त्रको अन्तिम व्याख्याता र निर्णायक शक्ति हुन्छ/ तेसैले उनीहरुलाई बाहिर कठालो समाते पनि भित्र अँगालो मार्ने पर्ने बाध्यता छ/ यो कुरामा रमाईलो उदाहरण पनि छ/ अस्ति देउपाले जोसमा आयर प्रेसर्कुकरेलाई कार्यवाही गर भनेर कुर्ले तर तेस्को भोलि पल्टै कार्यवाही होईन सहमतिमा टुंग्याउनु पर्छ भने/ कारण स्पस्ट छ ठुलै सजाय पाउने गल्ति नगरेका कुन पो “ठुला” बनेको छ र नेपालमा/ तेस्तै ठुलाहरुको कठालो समाई र अंगालोमा चल्ने व्यवस्थामा गल्ति गरेको भनेर ठुला लाई कार्यवाही गर्न थाले त् कुन चाहि ठुला बाकि रहला र?

    Reply
  5. श्रीकृष्ण अधिकारी says:
    October 1, 2019 at 5:37 pm

    नराम्रोसंग डुबाउने भए महराले पार्टीलाई । सभामुख जस्तो गरिमामय पदमा बसेको मान्छेले परस्त्रीगमन त्यो पनि आफ्नै सचिवालयमा कार्यरत कर्मचारी अनि भन्छन् नैतिकताको आधारमा राजिनामा ! नैतिकता भन्ने चिजनै नभएको मान्छेले कसरी नैतिकताको आधार लिन सकेको ? फेरी राजिनामा पनि निश्चित अवधिको लागि हुन्छ र ? निश्चित अवधिको लागि निलम्बन हुन्छ राजिनामा हैन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme