बिहान उठ्ने बित्तिकै मोबाइल, सुत्नुअघिसम्म पनि मोबाइल। कतै भेट्न जाँदा पनि मोबाइल। कतै रेस्टुरेन्टमा खान जाँदा पनि मोबाइल। जहिले पनि मोबाइल, जता पनि मोबाइल। अचेल त फेसबुकमा लाइभ गर्ने सुविधा भएकोले जुनसुकै कार्यक्रममा पनि मोबाइल चल्न थालिहाल्छ। फेसबुकमा लाइभ नगर्ने भए पनि फोटो र भिडियो खिच्नका लागि मोबाइल चलाउनु परिहाल्यो। उहिले झैँ 1.44 mb को फ्लपी डिस्क हो र जिबीका जिबी स्टोरेज भएको मोबाइल हातहातमा छ। अनि पछिलाई चाहियोस्, नचाहियोस् मोबाइल भरी टन्नै फोटो र भिडियो। इन्द्रजात्रा चलिरहेको छ, रथयात्रा भइरहेको छ। लौ न त जीवित देवी कुमारीको फोटो खिचौँ न त भनेर हिजो राति यसो ट्राइ मारेको, ठूलै युद्ध लड्नु पर्ने रहेछ।
ढिला गएको हुनाले राम्रो ठाउँ छानेर त्यतैबाट क्यामेरा तेर्स्याउने सुविधा थिएन। ठूल्ठूलो महँगा लेन्स पनि थिएन। भए पनि कम्ता भारी हुन्छ त्यो बोक्न 🙂 सामान्य लेन्स बोकेर रथ बन्दै गरेको काष्ठमण्डपतिरबाट वसन्तपुर कुमारी घर अगाडितिर राख्दै गर्दा रथको हुलसितै कुदेको। एक पटक त झण्डै हुलले क्यामेरा हुत्याइदिएन। जसोतसो जोगाइयो।
भिडियो हेर्नुस्-
अहो भिड, कहिले दायाँ घचेट्छ, कहिले बायाँ। कहिले अगाडि बढाउँछ, कहिले पछाडि सार्छ। एक पटक स्वस्थानीको मेला लाग्दा कलेजको फि तिर्न भनी राखेको रुपैयाँसहितको पर्स पकेटमारले उडाइदिएको थियो। त्यही सम्झेर मैले पर्स चैँ ब्यागभित्र हालिसकेको थिएँ। मोबाइल चाहिँ पेन्टको पछाडिको गोजीमा हाल्दा असुरक्षित हुने भएर अगाडि राखेको थिएँ।
वसन्तपुरबाट सुरु भएको रथयात्रा फर्काएर वसन्तपुर पुर्याउँदा रातको साढे १० नाघिसकेको थियो। तर भिड उत्तिकै थियो। वसन्तपुरमा रथ राम्रोसँग पार्क गरिसकेपछि पहिला गणेश, त्यसपछि भैरव (दुवै जीवित देवता-बालक हुन्) लाई कुमारी घरभित्र लगिन्छ। त्यसपछि कुमारीलाई पनि बोकेर घरभित्र लगिन्छ।
रथ राम्रोसँग पार्क नै भएन। अगाडि तानेर ब्याक गरेर ठीक पोजिसनमा राख्नुपर्ने। रथ अगाडि र पछाडिबाट तान्ने मानिसहरु नै हुन्। सांस्कृतिक बाजाहरु एकनासले बजेको बज्यै। त्यसैको तालमा भिडमा पनि रमाइलै हुन्छ। नरमाइलो त फोटो खिच्छु भनेर यसो तेर्स्याउँदा भिडले घचेटेर अरु तिर पुर्याइदिँदा मात्रै हुने हो। क्या मज्जाको फ्रेम मिलाए जस्तो लागिरहँदा त्यो काम न काजको अचेल बेचिने झिलिमिली बत्तीसहितको बेलुनले ठ्याक्क छेक्ने। अस्ति भर्खर बीबीसी नेपालीमा काम गर्ने साथी कमल परियारले भन्दै थिए- जहाँ फोटो खिच्दा पनि यसैले डिस्टर्ब गर्ने, ब्यान गर्नुपर्ने हो यसलाई त।
पोर्न ब्यान गर्न त कति गाह्रो छ, बेलुन ब्यान ! हैट नचाहिने कुरा नगरम् त 🙂
कुमारीको फोटो खिचौँला भनेर यसो जुम गरेर मिलायो, कहिले कसले छेक्ने, कहिले धकेलेर अरुतिर पुर्याइदिने। सबभन्दा छेक्ने काम चाहिँ मोबाइलले गर्यो। एक त फोटो खिच्न जान्ने नभएकोले एउटै फोटो पनि विभिन्न सेटिङ मिलाएर कुन चाहिँमा राम्रो आउँछ ट्राइ गर्दै हेर्दै बस्नुपर्ने म। त्यसमाथि फोटोका लागि सटर थिच्न नपाउँदै यसो एक जनाको हातले मोबाइलले छेकिदिने।
लौ जा त नि भनेर मोबाइलकै फोटो खिचिदिएँ। हेर्नुस् त मोबाइल नै मोबाइल।
कुमारीको मात्र हैन, हाथु द्यको फोटो खिच्ने मोबाइलहरु पनि हेर्नुस्।
यस्तो गाह्रो युद्ध लडेर, मोबाइल आर्मीबाट जोगिएर कुमारीका केही फोटो खिचेको छु, त्यो अर्को ब्लगमा राखौँला है।
यसपालि कुमारीको रथमा बत्ती राखेर राम्रो बनाएका रहेछन्। गुड्दै गरेको रथमा पनि बत्ती बल्दा राम्रो देखिने रहेछ।
हेर्नुस् त मोबाइल नै मोबाइल।
कहाँ राम्रोसँग खिच्न सक्नु।
मोबाइल आर्मी। साथमा लट्ठी राखेर ३६० भिडियो खिच्नेहरु पनि छन्।
कुमारीको के खिच्न सकिन्थ्यो फोटो, मोबाइलको खिचियो।
अहँ, यो सेल्फी खिचेको हैन। युवतीको अनुहार राम्रै थियो 🙂
उनले त इन्द्रजात्रामा मात्रै प्रदर्शन गरिने हाथु द्यको फोटो खिचेकी हुन्।
मोबाइलमा हाथु द्यः।
तपाईँलाई पनि मोबाइलले यस्तो दुःख दिएको छ कि ? आफ्नो अनुभव तल कमेन्टमा लेख्न सक्नुहुन्छ है।
एकपल्ट त्यस्तै गरी हुल हाल मा मोबाइल ले फोटो खिच्दै गरेको पहिला त देखिएन पछि कम्प्युटर को ठुलो स्क्रिन मा हेर्दा त एउटा भिडियो को कुना मा आधा खुलेको झ्याल भित्र एक युवक र युवती रति क्रिया मा मस्त भएका रहेछन / मच्ची मच्ची त्यो युवक ले सम्भोग गर्दै थियो युवती लाइ
जवाना नै आधुनिक छ! आजकल मानिश हरु भेट हुदा नि mobile नै चलौचन!