Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हुँदाहुँदा अब गृह मन्त्रालयले टिसर्ट डिजाइनको काम पनि थालेछ !

Posted on September 8, 2019September 8, 2019 by Salokya


हाम्रो नेपालमा अहिले कहिले नभएका कामहरु हुन थालेका छन्। गृह मन्त्रालयले टिसर्ट डिजाइनको काम गर्छ भनेर कसैले सोच्न भ्याएका थिएनन् होला। तर शुक्रबार गृह मन्त्रालयको वेबसाइटमा संविधान दिवस तथा राष्ट्रिय दिवसमा प्रयोग गरिने टिसर्टको नमूना भन्दै चार वटा डिजाइन सार्वजनिक गरिएको छ।

यो त ठूलै ऐतिहासिक काम हो नि। अहिलेसम्म सरकारले यस्तो डिजाइनको टिसर्ट लगाउनु भनेर निर्देशन जारी गरेको थाहा थिएन। यति ठूलो काम हुँदा पनि गृह मन्त्रालयले एउटा कुरा भने छुटाएछ।

को हो यो टिसर्टको डिजाइन गर्ने मान्छे?

नेपालमा एक से एक डिजाइनरहरु छन्। अन्तर्राष्ट्रिय ख्याति पाएका नेपाली मूलका डिजाइनरहरु पनि छन्। जस्तै प्रवल गुरुङ। उनलाई डिजाइन गर्न लगाएको भए पनि एउटा कुरा। बिना डिजाइनर के खालको टिसर्ट डिजाइन गरेका हुन् त खै।

फेरि टिसर्ट सबै सेतो रङको डिजाइन गरेछन्। यस्तो धुँवा, धुलो सहनु पर्ने ठाउँमा सेतो टिसर्ट लगाउन दिएर गर्न खोज्या के होला?

कुनैपनि औपचारिक कार्यक्रमहरु संचालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, (प्रथम संशोधन समेत) २०६९ मा व्यवस्था छँदैछ। पढ्नुस् कार्यविधि यहाँ क्लिक गरी।

कार्यविधिमा यस्तो व्यवस्था छ-

यति भए त भइगो नि, किन यस्तै डिजाइनको लगाउनु भनी डिजाइनै सार्वजनिक गर्नुपर्‍यो? किन गृह मन्त्रालयमा पप अप विन्डोमा खुल्ने गरी टिसर्टको डिजाइनको प्रचार गर्नुपर्‍यो?

कसैलाई यस्तो खालको लगाउन मन लाग्ला रे, नलगाउनू ?

7 thoughts on “हुँदाहुँदा अब गृह मन्त्रालयले टिसर्ट डिजाइनको काम पनि थालेछ !”

  1. kundan says:
    September 10, 2019 at 10:34 am

    hait tshirt byapari bhako bhae nikai kamai huney rahicha

    Reply
  2. श्रीकृष्ण अधिकारी says:
    September 9, 2019 at 11:43 am

    राष्ट्रिय झण्डा कार्यविधिमा जे जस्तो लेखेको भएतापनि टिसर्टमा राष्ट्रिय झण्डाको लोगो राखेर लगाउनुलाई म चाँही राष्ट्रिय झण्डाको अपमान कदापी ठान्दिन । तथापी संविधान दिवसमा लगाईने भनेको टिसर्टको स्रोत के हो ? यो टिसर्ट क-कसले लगाउने ? कहिले कहिले लगाउने र अर्को पटकको संविधान दिवसलाई पनि काम लाग्छ कि लाग्दैन ? यदि अर्को पटकलाई पनि काम लाग्छ भने यसको खपत अवधि कति तोकिएको छ ? कति पैसा पर्छ ? राज्यकोषबाट खर्च गरेर टिसर्ट लगाउने सरकारी कर्मचारी र पार्टीका कार्यकर्ताले मात्र हो कि सर्वसाधारण जनताले पनि हो ? प्रश्न धेरै थिए तर सालोक्यजी ले उत्तर दिने हैन उत्तर दिने निकायले जवाफ तोडमरोड गरिहाल्छन् । एकपटक ध्यानाकर्षण चाँही गराउनु पर्ने हो ।

    Reply
  3. madan bajracharya says:
    September 9, 2019 at 10:42 am

    मित्रहरुलाई पहिला “जवाहर कोट” को कुरा सुनाउञ्छु/ धोति मात्रै लगाउने गान्धीले अंग्रेजी लुगा र कपडा बहिस्कार गर्ने आन्दोलन गर्दा अंग्रेजी शोख र पहिरन त्याग्ने नसक्ने आफुले लगाउने अंग्रेजी कोतलाई फ्रान्सको पेरिसमा धुन पठाउने नेहरूलाई “बित्यासै” पर्यो/.गान्धीको आन्दोलनको बिरोध गर्न पनि नसक्ने अंग्रेजी कोट बहिस्कार गर्न पनि नसक्ने नेहरुले अचम्म को जुक्ति निकाले/ आफुले लगाउने अंग्रेजी कोटको बाउला हटायर कलर नपल्ताईने गरि अंग्रेजी कोतको दिज्जाईन मोडिफाई गरेर लगाउन थाले/ तेसैले तेस्लाई जवाहर कोट भनिन्छ/

    नेहरु जस्तो भारतको राजनीतिको चुलीमा पुगेको नेहरुले अंग्रेजी कोटालाई धोतिलो बनायर डिजाईन गरेको जवाहर भारतको अन्य राजनैतिक क्यारेक्टरहरुले पनि लगाउन थाले/ अनि तिनीहरुकै संगति र सल्लाहलाई अंगाल्ने नेपालका तेस्तै क्यारेक्टरहरुले पनि जवाहर कोट लगाउन थाले; देख्नु भयकै होला मित्रहरुले/

    नेपालको सिंहदरवारमा तेस्ता जवाहरकोटेहरु हुँदा हुँदै नेपालको संबिधान र रास्ट्रिय दिवसमा लगाउने लुगा “जवाहरकोट नभई अंग्रेजी टिशर्ट” हुने कुरा अचम्मैको लाग्यो मलाई/ सायद यस्तै होला भनेरै मोदीले अस्ति नाकाबन्दी गरेको हो कि?

    तर कुरा जे होस्, नेपालको आफ्नै मौलिक पहिरन हुँदा हुँदै अंग्रेजीको टिशर्टलाई संबैधानिक पोशाक बनाउनु बात “च्याँखे प्रशाद” सिंहदरवारियाहरुको नेपाल मोह कस्तो हो त्यो कुरा चाही प्रस्ट भयो/

    Reply
  4. Bijaya Dhakal says:
    September 9, 2019 at 4:16 am

    गृहमन्त्रालयले झन्डा को डिजाइन त गर्यो आशा गरौ तर टिसर्ट मा कपिराइटको क्लैम चाहि कसैले नगरुन । सरकारी मान्छे को काम हो के भन्न सकिन्छ र !

    Reply
  5. बासु says:
    September 8, 2019 at 9:24 pm

    सरकारको काम पर्व मनाउन विदा दिने हो | यो गर त्यो गर भन्ने होइन | झन् यस्तो लुगा लगाउनु, जहाँ पायो त्यहिँ राष्ट्रिय धुन बजाउनु भन्ने निर्देशन प्रत्युत्पादक हुन्छ भन्ने बुझे हुन्थ्यो |

    Reply
  6. nimesh says:
    September 8, 2019 at 7:39 pm

    प्रयास त राम्रै हो तर टिसर्टको रंग कुन हिसाबले छनौट गरेको हो बुझी नसक्नु छ . अर्को कुरा प्रायजसो नेपालको धेरै जसो सरकारी निकायहरु आफ्नो काम कर्तव्य भन्दा बाहिर गएर अझ भनौं व्यापारिक कार्यमा हात हालेको देखिन्छ . जस्तै नेपाल प्रहरी, सेनाहरुले कित पेट्रोल पुम्प्को ब्यापार, कित ठेक्कापट्टा, कित स्कूल आदिमा लगानी गरेर व्यापारमा नै धेरै जसो लागि परेको देखिन्छ . अचम्म छ नेपालको सरकारी निकाय ! कित बेकम्मा भएर बसेको छ . बुझनै नसक्नु छ

    Reply
  7. Lama says:
    September 8, 2019 at 7:30 pm

    Kaam painas berojgaar, paado ko khai kunni kanya bhanya ehi ho

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme