प्रहरीको फन्दामा परेक पाँच चिनियाँ। फोटो : प्रवीण रानाभाट/पहिलोपोस्ट
आइतबारको सबैभन्दा ठूलो समाचार बन्यो- नेपाली बैँकको एटिएम सिस्टम ह्याक गरी करोडौँ रकम कुम्ल्याएको। केहीले त जोक पनि गरे- अब चोर, लुटेराहरुमा समेत नेपाल आत्मनिर्भर हुन छाड्यो, चीनबाट आउन थाले। पाँच जना चिनियाँ नागरिक शनिबार पक्राउ परे। २४ घण्टा बितिसक्दा पनि यो काण्डका केही खुल्न नसकेका रहस्य यस्ता छन्-
रहस्य नम्बर १ : कति रकम लुटियो?
एउटा अर्को जोक छ- एउटा ग्याङले बैँक लुटेका हुन्छन्। एक जना लुटेराले अर्को लुटेरालाई भन्छ- कति रकम छ गनौँ न। अर्कोले जवाफ दिन्छ- छाड्दे, किन दुःख गर्नु, भोलि पत्रिकाले छापिहाल्छ नि।
तर यो काण्डमा त्यस्तो स्थिति छैन। अहिलेसम्म कति रकम लुटयो भन्नेसमेत थाहा हुन सकेको छैन। पक्राउ परेका पाँच जनाबाट कूल १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ भेटिएको छ। ९ हजार अमेरिकी डलर र केही विदेशी मुद्रा पनि भेटिएको छ। तर नेपालका एटिएमबाट झर्ने भनेको नेपाली रुपैयाँ मात्र हो, त्यसैले विदेशी मुद्रा लुटेको मान्न सकिएन। नेपाली रुपैयाँ नै पनि कति लुटेका हुन्, स्पष्ट भइसकेको छैन।
रहस्य नम्बर २ : भारतबाट पनि रकम झिकेका त छैनन्?
नेपालको एटिएम कार्ड चलाएर भारतका एटिएमबाट पनि रकम झिक्न मिल्छ। जसरी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को स्विच ह्याक गरी नेपालका एटिएमबाट रकम चोरियो, उसैगरी भारतबाट पनि रकम झिकिएको त छैन?
रहस्य नम्बर ३ : कति जनाको ग्याङ थियो?
घटनाक्रम बुझ्दा प्रहरीले पाँच जना समात्न पनि संयोगको भर पर्नुपरेको देखिएको छ। बैँकका कर्मचारीले दिएको सूचनाको आधारमा दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट पैसा निकालिरहेको Zhu Liangang (राहदानी नम्बर ईसी १९३७५५८) पक्राउ पर्नु, उनको साथमा २० वटा एटिएम कार्ड फेला पर्नु र माया मनोर बुटिक होटलको दुई वटा कोठाको साँचो भेटिनु। तत्काल प्रहरी होटल पुग्दा भाग्दै गरेका राहदानी नम्बर ई ३२३७७७१३ वाहक Lin Jianmeng, राहदानी नम्बर ई ०९५५२६३७४ वाहक Luo Jialei, हदानी नम्बर ईएच ०२७७६५० वाहक Qiu Yunqing र राहदानी नम्बर ई ८९०५६८२५ वाहक Chen Bin Bin पक्राउ परे। यी बाहेक यसरी एटिएम ह्याक गरी रकम लुट्नमा कति जनाको ग्याङ संलग्न थियो भन्ने खुलिसकेकोको छैन।
रहस्य नम्बर ४ : मास्टरमाइन्ड को?
विद्युतीय कार्डको सञ्जाल र भुक्तानीसम्बन्धी कार्य गर्नका लागि नेपाल राष्ट्र बैंकबाट गएको जेठमा मात्रै अनुमति पाएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को स्विच असुरक्षित छ, यसलाई आक्रमण गर्न सकिन्छ भन्ने प्राविधिक ज्ञान भएको र त्यो कमजोर सुरक्षा प्रणालीमा प्रहार गरी रकम लुट्न सक्ने योजना बनाएर चिनियाँ नागरिकलाई रकम झिक्न पठाउने सम्पूर्ण योजनाका मास्टरमाइन्ड को हुन्? ती नेपाली नै हुन् कि विदेशी? कहाँबाट उनले यो निर्देशन दिए? नेपालमै बसेर कि विदेशमा बसेर? यो रहस्य पनि खुल्न सकेको छैन।
रहस्य नम्बर ५ : पहिले पनि लुटिएको त थिएन रकम?
बैँक तथा वित्तीय संस्थाहरुको संयुक्त लगानीमा स्थापित र १० वटा बैँक तथा वित्तीय संस्थालाई भिसा कार्ड सेवा होस्टिङ र स्विचिङको सेवा दिँदै आएको नेप्सले सुरक्षाका जतिसुकै गफ हाँके पनि यसको कमजोर सुरक्षा प्रणाली यो घटनाले छरपष्ट बनाइदिइहाल्यो।
हेर्नुस् समाचारमा सुरक्षा प्रणालीको गफ-
यस पटक त अस्वभाविक रुपमा रकम निकालिएको देखेर बैँकका कर्मचारीले प्रहरीलाई फोन गरेर तत्काल खबर गरेको र प्रहरीले पनि तत्काल एक्सनमा उत्रिएकोले यो नतिजा आयो। कतै पहिले पनि यसरी नै रकम लुटिएको त छैन?
हालसम्म थाहा भएका तथ्य
(प्रहरीले प्रारम्भिक अनुसन्धानपछि सार्वजनिक गरेका तथ्य)
– पक्राउ परेका पाँच जना चिनियाँ नागरिकहरु एटिएमबाट रकम लुट्नै भनेर चीनबाटै योजना बनाएर नेपाल आएका थिए। उनीहरु शुक्रबार नेपाल आएका थिए, शनिबार रकम निकाले र आइतबार क्यासिनोमा रमाइलो गरी सोमबार चीन फर्कने योजना बनाएका थिए।
– पाँच जना बाहेक अरु तीन जना पनि उनीहरुको ग्याङमा थिए। तर भाग्न सफल भए।
– प्रहरीले पाँच जनाबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ भेट्टाएको छ। राष्ट्र बैंकका निर्देशक बमबहादुर मिश्रले भने ३ करोड ५४ लाख रुपैयाँ झिकिएको बताएका छन्। जसको सिस्टम ह्याक भएको हो उसले अर्थात् (नेप्स) ले पनि साढे तीन करोड हाराहारी पैसा झिकिएको देखिएको बताएको छ। यो हो भने भागेकाहरुसँग अहिलेको भन्दा बढी अर्थात् २ करोड चानचुन रकम छ।
– पैसा झिक्नका लागि नबिल, नेपाल एसबिआइ र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको छ। कार्ड भने प्रभु, एनआइसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको प्रयोग भएको छ।
– नेपाल राष्ट्र बैँकले व्यक्तिको खाताबाट नभई बैँकको खाताबाट रकम चोरिएको प्रष्ट पारेको छ।
– यसअघि ग्राहकको पिन नम्बर एटिएम बुथमा पासो थापरे चोर्ने र त्यसबाट रकम झिक्ने खालको फ्रड भइरहेको थियो। यस पटक भने सिस्टम ह्याक गरी एडभान्स सिस्टम प्रयोग गरिएको छ।
अन्तिममा सबैभन्दा महत्त्वपूर्ण-
– अर्बौँको नाफा गर्ने बैँकहरुले सुरक्षा व्यवस्था भने निकै कमजोर राखेको भेटियो। अचेलको सुरक्षा भनेको सुरक्षा गार्ड राखेर मात्र हुने हैन, यस्ता खाले साइबर सुरक्षाको चुनौतिमा पनि ध्यान दिनै पर्ने हुन्छ।
यसरी भाग्न सक्छन् रकम चोर्नेहरु
माथि उल्लेख भए अनुसार भागेकाहरुसँग २ करोड चानचुन रकम छ। नेपालको कानुन अनुसार कुनै पनि विदेशीले नेपालमा आएर विदेशी मुद्रालाई नेपाली रुपैयाँमा परिर्वतन गर्न पाउँछ। नेपाल रकम खर्च गरिसकेपछि स्वदेश जाने बेला त्यो रकमलाई विदेशी मुद्रामा परिवर्तन गरेर लान पनि पाइन्छ।
तर नेपालमा आएर आफूले ल्याएको भन्दा बढी परिमाणमा डलर र युरोमा नै परिणत गर्न कानुनले दिँदैन। टुरिस्ट भिसामा आएकाहरुले नेपालमा काम गर्नै पाउँदैनन् त कसरी बढी रकम बनाउँछन्?
तर अघिल्ला केसहरुमा यस्ता अपराधीहरुले भने नेपालमा आएर एटिएमबाट अर्काको लाखौँ नेपाली रुपैया निकालेर डलर र युरोमा सटही गर्दा समेत चासो र खोजी नगरेको प्रहरी अनुसन्धानले देखाएको छ। यस्ता अपराधीहरुले विभिन्न वित्तीय संस्था र मनी चेन्जरहरुलाई बढी रकम कमिसन दिएर अवैधानिक रुपमा सटही गर्छन्। अहिले अमेरिकी डलरको सटही राष्ट्र बैँकको दर अनुसार ११४ रुपैयाँ ५५ पैसा छ। तर यस्तो गतिविधिमा लागेका गिरोहले १२५ रुपैयाँसम्म दिएर डलर साट्ने गर्छन्। अब यिनीहरुले पनि यसै गरी रकम साटे भने त सजिलै उम्कन सक्ने भए। त्यसैले ल्याएको भन्दा बढी रकम साट्न नपाउने गरी कडा निर्देशन दिन जरुरी छ।
कुनै पनि स्थानीयको सहयोग बिना बिदेशीहरुले नेपालमा आएर कुकर्म गर्न कठिन हुन्छ । यो कुकर्ममा संलग्न स्थानीय वा लामो समयसम्म बसोबासा गरेका स्वदेशी/बिदेशीको पहिचान गरी कारवाहीको दायरमा ल्याउनु पर्छ ।
हिजो अस्ति सम्म नेताहरुले मात्रै लुत्थ्यो अहिले त चिनियाँहरु पनि लुट्न नेपाल पसेछ, कस्तो बिडम्बना ! मास्क चाहिं किन लाउन दिएको होला कुन्नि ! अर्को पल्ट पनि लुट्न आउ भन्नलाई हो कि ?
बैंक बात ग्राहकले बाहेक र ग्राहकको स्वीकृतिमा बाहेक अरुले रकम निकाले चोरे त्यो बैंकको कमजोरी हो/ तेसैले सबै भन्दा चासोको बिषय त् यस्ताले व्यक्तिको खाता बात रकम चोरेको रकम बैंकले रकम चोरियको आफ्नो ग्राहकलाई सोध भर्ना गर्छ बा गर्दैन भन्ने नै हो/ विदेशको बैंकले त् तेसरी चोरियको रकमको जिम्मेवारी लिन्छ र ग्राहकलाई नोक्सानी हुन् दिंदैन; नेपालको बैंकले तेस्तो घटनाको जिम्मेवारी लिन्छ बा लिंदैन? यदि लिंदैन भने जे गर्ने हो तेस्को बारेमा अहिले देखि सोच्न थाले हुन्छ/ मेरो बिचारमा हाम्रो बैङ्क हरुको ..हेर्दा यौटै बैंकमा धेरै रकम राख्न जति लाख राख्ने हो तेतिनै पटक सोच्नु पर्छ/
मेरो याकजना साथीले आफ्नो अवकाश पछि पायको लगभग ३५ लाख रुपिया बैंकमा राखेन/ त्यो पैसा बात धिक्कै सुन किने/ उसले ३५ लाखको सुन किनेको बेला तोलाको भाउ करिव १६/१७ हजार थियो/ कुरा तेस्तै १४/१५ बर्ष अघिको हो/ बैंकमा राखेको भय अहिले ब्याजको स्याज जोड्दा ३५ लाख ७० लाख हुन्थ्यो होला तर तेस्मा ट्याक्स त् तिर्ने बाकि छ/ तर उसको ३५ लाखको ढिक्को सुन त् अहिले डेढ करोडको भैसके; तेस्मा ट्याक्स पनि तिर्नु परेन/ उसले त्यो सुन चलायको पनि छैन/ बुझ्नेलाई यति भने पछि पुगि हाल्छ
साइन्स एण्ड टेक्नोलोजी मा भलै चीन, अगि होला चोरि एण्ड चिटिंग, फ्रड एण्ड हल्ला गरिंग मा त् हाम्रो छिमेकी भारत लाइ दुनिया मा कसैले जित्न सक्दैन | चिनिया चोर हरु चोरेर फक्डिये , भारतीय चोर ले त् चोरेको पनि पत्तो पाउन सक्दैन नेपालि सुरक्ष्या कर्मीले |चोर्छ पनि , लूट्छ पनि उल्टो सलाम पनि खान्छ |- – – – सब से आगे हिन्दुस्तान |
चीनको
पक्राउ परेपछि मास्क चाही प्रहरीले नै उपलभ्द गर्छ कि क्या हो?
कसरि चोरेका हुन् यिनीहरु ले .. यिनीहरु को चोर्ने तरिका कस्तो हो त्यो पनि खुलाए राम्रो ..
मतियार, इन्साइडर वा मास्टरमाइण्ड नेपालमै भएको हुनपर्छ|
कस्तो सिस्टम हो बैंकहरुको ठ्याक्कै यति रकम भनेर निश्चित गर्न नसक्ने?
मनी चेन्जर र हुण्डी डुण्डि बाहेक गैर कानुनी आय रकम धुल्याउने अर्को सजिलो श्रोत हो छ्याप्छाप्ती फाइभ स्टार होटलहरुमा छाएको क्यासिनो|
विगतमा ककसले कति जितौरी र विनिमय दर्ता गराए, अर्कै श्रोतबाट लिए, त्यसको विवरण अनुसन्धानको दायरा भित्र पर्नु पर्छ|
बाँकी भागेकाहरुले कसरि एयरपोर्टबाट उम्कन पाए, वा शनिवार नै वाहिरीए, लुकेर बसेका छन्, ती सबै होटलहरु र अध्यागमन रेकर्ड चेकजांच गरेपछि पत्तो लागिहाल्छ|
यसको अनुसन्धान सही ढंगमा र द्रुतगतिमा हुनपर्छ| निर्मला र सुन काण्डहरु जस्तै नहोस|
हाम्रा प्रहरीको यो बानी नै बसेको छ कि कसैले यतिबेला यो वारदात अपराध घटना हुँदैछ भनेर खबर गरे मात्र पुग्छ, नत्र उपरखुट्टी लाएर युनिफर्म झल्काउदै एयरपोर्टमा आउने जाने श्रमिकको हाते पैसा समान थर्काएर लुट्न मात्र जानेको छ| प्रहरीले आफ्नै गोप्य सुचना संग्रह गरेर काम गरेको देखिदैन| जनतामा प्रहरी प्रतिको विश्वसनीयतामा ठुलो ह्रास आएको छ| त्यस्तै न्यायाधीशहरु प्रति पनि छ|