Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेल्फी भिडियोमा नमस्ते गर्न सकिन्छ कि सकिन्न? मैले गरी हेर्दा यस्तो देखियो

Posted on August 27, 2019August 27, 2019 by Salokya


शालिकराम प्रकरणमा प्रश्न उठेका धेरै विषयमध्ये एक सेल्फी भिडियो कसले खिच्यो भन्ने हो। हाम्रो एफबिआई अर्थात् फेसबुके ब्युरो अफ इन्भेस्टिगेसनले त सकिन्न भनेर ठोकुवा नै गर्‍यो। युट्युबरहरुले पनि त्यसलाई जोडतोडका साथ उठाए। मूलधारे मिडिया एउटाले पनि यसमा केही प्रश्न उठाएन तर सर्वसाधारणको मनमा अनेकौँ आशंका उब्जायो। सेल्फी भिडियो अर्थात् आफैले खिचेको हो भने नमस्ते कसरी गर्न सक्यो? ‘किन’ भन्ने आवाज कसरी आयो? अर्को मान्छेको सर्ट देखियो आदि इत्यादी प्रश्न हाम्रो एफबिआईको छ। यस्ता प्रश्नको जवाफ दिन अनुसन्धान गर्ने जिम्मा पाएको राज्यको निकाय प्रहरीले दिन जरुरी ठानेन। तर धन्न, अदालतले भने बेवास्ता गरेन। हिजो रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की प्रतिवादी रहेको मुद्दामा आदेश चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले फेसबुक र युट्युबका यी प्रश्न र चासोहरुलाई सम्बोधन गरेका छन्।

आदेशमा लेखिएको छ-

आदेशको पूरा विवरण पढ्न यता क्लिक गर्नुस्।

अदालतले सामाजिक सञ्जालमा आएको यस्ता प्रश्नलाई सम्बोधन गर्नु प्रशंसनीय कार्य हो। किनभने त्यसपछि हुने सुनुवाईहरुमा यसबारे बहस हुन्छ र साँचो कुरा थाहा हुन्छ। के गर्नु त प्रहरी मुखमा बुझो लगाएर बस्यो, यस्ता हल्ला हुँदा उसले बोल्नु पर्ने हो नि।

मैले चाहिँ यहाँ यसो ट्राइ गरी हेरेको छु है, सेल्फी भिडियो खिच्दा प्रमाण दण्डवत (नमस्ते) गर्न मिल्छ कि मिल्दैन भनेर। हेर्नुस् भिडियो-

सकेसम्म माथिको भिडियो हेर्दा प्रष्ट भइन्छ। भिडियो खोल्न नमिल्ने ठाउँमा हुनुहुन्छ भने यसमा फोटोबाटै अलि प्रष्ट पार्ने प्रयास गरौँ-

सेल्फी खिच्दा एउटा हातले यसरी क्यामेरा समाइन्छ। अनि एउटा हात क्यामेरामा भएपछि कसरी नमस्ते गर्न सकिन्छ? एक हातले ताली बज्दैन भन्ने त उखानै छ नि। एक हातले ताली बज्दैन भने नमस्ते कसरी सम्भव छ?

मैले खुट्टा यसरी खुम्च्याएर बीचमा मोबाइल राखेर नमस्ते गरी हेरेँ

क्यामेरामा यस्तो देखियो-

अब विज्ञहरुलाई बोलाएर अदालतमै यो प्रश्नको निरुपण हुँदा सबैलाई राम्रो। भिडियो राम्रोसँग हेर्दा मज्जाले देखिन्छ कि सुरुमा एक हातले समातेरै बोलेका छन्। किनभने अर्को हात बेलाबेलामा फ्रेममा आउँछ

जब नमस्ते गर्न लाग्छ तब भिडियोमा जर्क आउँछ। अर्थात् भिडियो फ्रेम हल्लिन्छ। त्यतिबेला उसले मोबाइल तल त्यसरी राखेको हुनसक्छ। अनि माथिको भिडियोको अन्तिममा हेर्नुस् नमस्ते गरिसकेपछि फेरि उसले फ्रेम मिलाउँदा जर्क आउँछ।

अब यो भिडियो कता खिचेको होला त? अस्ति शुक्रबार त्यो होटल कंगारुको रुम नम्बर २०२ मा खिचेको फोटो हो यो तलको। यसको भित्ताको रङ र भिडियोमा देखिएको भित्ताको रङ उस्तै देखिन्छ।

दुई वटा बेड भएको सानो कोठा हो यो।

होटल कंगारु कोठा नम्बर २०२ को रेखाचित्र र त्यहाँ देखिएको वस्तु। नम्बरमा माउस लग्नुस्, विवरण देखिन्छ।

10 thoughts on “सेल्फी भिडियोमा नमस्ते गर्न सकिन्छ कि सकिन्न? मैले गरी हेर्दा यस्तो देखियो”

  1. Bimal Sharma says:
    August 28, 2019 at 11:30 am

    पुलिसले त त्यो भिडियो सालिकले नै खिचेको भनेको छ \ तेसैले त्यो कुरा राख्नै परेन नि | बरु न्याधिशले तेती सामान्य कुरामा पनि ध्यान नदिएर ठोकुवा जस्तै गरेर “भिडियो अर्कैले खिचेको हुनु पर्छ” भनेको चै अचम्म लाग्यो |

    Reply
  2. madan bajracharya says:
    August 28, 2019 at 10:50 am

    सालोक्य ज्यु
    अदालतनै सन्तुस्ट नहुने प्रमाण र अनुसन्धानले नै पोल खोछ कि रवि माथिको कार्यवाहीको भित्रि कारण अर्कै केहि छ/ के गर्ने लोकतन्त्र भनि हाले/ सिधै मुखमा निषेध कोच्च सकेन त् …
    जे होस् रवि बा रविको पेसानै तेसतै हो बिशेष गरेर व्यबस्थाको न्वारन नै स्वनामधारिहरु हुने अवस्थामा/

    अब रविज्युले त् कार्यक्रम गर्न नसक्ने भय पछि झुठ बोल्दै गर्नेहरु; नाङ्गो बादशाहको शरीरमा ताज पास देख्नेहरु दंग भैहाले होला/ पार्टी सास्र्तिनै गर्दै होलान पनि/ यसो कसैले चिहाउनु पर्ला जस्तो छ/

    अन्तमा फेरी भन्न्छु रवि र रविको पेसा गर्नेहरुले यो घटनालाई अवशरको रुपमा प्रयोग गर्नु पर्छ संगठित भयर कानुनकै आधारमा कसैले कसैलाई अनाहकमा दुख दिय दुख पाउनेले छ्यातिपुर्ती पाउने र फोजदारी अपराधमा सरकार मात्रै बादी हुने अहिलेको व्यवस्थामा संसोधन गरेर पिडित बा अन्यायमा परेको पनि बादी हुन् पाउने कानुनको निमित/ तव कसैलाई कसैले झुठो मुद्दा लगाउन पनि सक्दैन/ आफ्नो प्रियतम अपराधीलाई सजाय नहुने किसिम बात मुद्दा पनि दायर गर्न सक्दैन/

    Reply
  3. Bimal Sharma says:
    August 28, 2019 at 9:28 am

    भिडियो कै कुरा गर्दा, त्यो “नेपाल आज” ले राखेको भिडियो को ५ मिनेट १५ सेकेन्ड देखि १६ सेकेन्ड सम्म volume मज्जाले चर्को गरेर स्पीड पनि ०,७५ मा राखेर सुनौ त | सालिकरामले ‘रिपोर्ट” भन्नु भन्दा पहिले background मा अर्को मान्छे ले ‘रिपोर्ट’ भनेको छ | normal स्पीड मा पनि सुनिन्छ, तर ०,७५ प्रस्ट सुनिन्छ |

    Reply
  4. Pritam says:
    August 28, 2019 at 3:16 am

    video ko doctor bhaneko editor ho. Tesaile editor lai sodhda thaha hunxa footage was real.Every editor knows this video was real. Salikram was real.This is the world where what we do we get same results, just need to wait.

    Reply
  5. Tej Bantawa Rai says:
    August 27, 2019 at 10:55 pm

    उमेशजीको यस्तै विष्लेशनात्मक पत्रकारिताकै कारण म माइसन्सारको फ्यान छु । तपाईंले देखाउनु भएको बिल्कुल सही र वास्तविक छ । बरु अदालतको भनाई देखेर पो अच्चम्म लागेर आयो । बिना रिसर्च यस्तो सम्बेदनशील कुरामा त्यसरी वाहियात तरिकाले लेख्नु मिल्छ होला ?

    Reply
  6. Pingback: किन उर्लिए चितवनमा यसरी हजारौँ ? मूलधारे मिडियामा नआएका आजका केही फोटोसहित – Mysansar
  7. Yash says:
    August 27, 2019 at 9:42 pm

    म पनि यहि सोच्या थिएं त्यत्रो Jerking आएको छ नमस्ते गर्नु अगाडि । यति सरल बिशय लाई पनि पुलिसले आफ्नो अनुसन्धानमा किन उल्लेख नगरेको होला भन्ने लागेको थियो । तपाईले सेल्फी मूडमा मजाले नमस्कार गर्न मिल्छ भनेर देखाईदिनु भयो।
    मलाई चाहिँ अर्को कुरोमा पनि सन्का लागेको थियो । पन्खामा डोरि बाद्धा प्रयोग गरेको सानो टेबल ( food tray ) देखिया थियो नि आत्म्हत्या गरिसकेको भिडियोमा ! हो त्यो टेबल पेटमाथी राखेर अनि टेबलमा कुनै स्ट्यान्ड ( सायद पानीको बोत्तल ) छ भने नि सेल्फ्री मूडमा मजाले भिडियो लिदै दुबै हात जोड्न मिल्छ जस्तो त भिडियो हेर्न्व बित्तिक्कै मलाई पनि लागेको थियो। होइन कस्ले भिडियो बनाउन सघाउछ हौ ? ।आत्महत्यामा सघाउने स्वयम् सेवक कहाँ बाट खोजे होला ?? गजब लाग्छ यति तथ्यको पनि अनुसन्धानमा उल्लेख नभएको देख्दा त ।

    Reply
  8. Suresh says:
    August 27, 2019 at 9:12 pm

    सालोक्य जी
    धन्यवाद ब्लग को लागि
    तपाईको video को केहि कमजोरीहरु
    – तपाई सुतेको पोसिशन र मृतक सुतेको पोसिशन मेल खादैन
    – तपाई को सेल्फी video को frame र मृतक को video को frame मेल खादैन
    – नमस्ते गर्दा mobile तेसरी राख्दा sound quality clear हुदैन किनकि mic छोपिन्छ सायद तपैले याद गर्नु vayana तपाई को नमस्ते गर्दा को sound quality पनि low छ normal छैन

    तपाई को प्रतिक्रिया please

    Reply
  9. Pingback: Gaunbeshi
  10. Shisir says:
    August 27, 2019 at 3:50 pm

    यसलाई भन्छ “इन्भेस्ट्टीगेतिंग जर्नालिजम्”
    उमेशजीको ब्लग र पत्रकारितालाई नया धारबाट पस्कने शैलीबाट सिकोस सबैले |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme