यो वर्षको अन्तिम चन्द्रग्रहणका लागि राति अबेरसम्म उठ्नु पर्यो। यो चन्द्रग्रहणको अर्को एउटा विशेषता पनि रहेछ- १४९ वर्षपछि गुरुपूर्णिमाको दिन ग्रहणको संयोग जुरेको रहेछ। काठमाडौँमा बादलले नछेकेको भएर ग्रहण मज्जाले हेर्न पाइयो। राशी अनुसार हेर्न नहुने भने पनि हेर्ने रहरलाई के छेक्न सक्थ्यो। क्यामेरा तेर्स्याएर हेरियो। अनि यी फोटोहरु पनि बाँडियो।
यस पटक काठमाडौँबाट खण्डग्रास अर्थात् पूरै चन्द्रमा नढाकिने खालको ग्रहण देख्न सकिन्थ्यो।
राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म ग्रहण लाग्ने रहेछ। राति करिब १ बजेर ४६ मिनेटमा चन्द्रमामा कालो देखिन सुरु हुने र ३ बजेर १५ मिनेट मा सबैभन्दा धेरै कालोले ढाक्ने रहेछ।
Beautiful and stunning pictures thank you for sharing ?
यति राम्रा फोटाहरु अलि गतिलो बजारमा बेच्न सकेको भए गतिलै दाम आँउथ्यो होला नि ।
चन्द्र ग्रहण भन्दा पनि नेपाल ग्रहण मा क्यामरा फोकस गर्नु पर्ला कि ?
चन्द्रमा तिर नेपाल ले ध्यान दिनु भन्दा चन्द्र बहादुर लाइ ध्यान दिनुपर्यो |