Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज दुर्घटनाबाट जोगिएको यतिको १२ वर्ष पुरानो प्लेन साह्रै भाग्यमानी, चार वर्षअघि पनि उड्दाउड्दै इन्जिन सटडाउन

Posted on July 12, 2019July 12, 2019 by Salokya

लगातार पानी परिरहेको बेला आज एउटा अप्रिय खबर बिहानै आयो- यति एयरलाइन्सको एउटा एटिआर ७२-५०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेबाट चिप्लियो। विमानस्थलमा उडान र अवतरण बन्द भयो। उद्दारकर्मीहरु दौडिए।

धन्न आज धेरै नराम्रो खबर सुन्नु परेन। दुई नाबालकसहित ६६ यात्रु र चालक दलका तीन सदस्य सुरक्षित रहेको खबर यति एयरलाइन्सले आफ्नो ट्विटर ह्यान्डलबाटै दियो।


दुर्घटनाबाट जोगिएको जहाज।

We regret to inform you that Yeti Airlines Flight Number NYT-422 (9N-AMM) was involved in a runway excursion incident at KathmanduAirport at 11:05 Am today . All 66 passengers ( 64 adult and 2 infant) and 3 Flight Crew members onboard are safe and have been evacuated.

— Yeti Airlines (@FlyYeti) July 12, 2019

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयले भने विमान दुर्घटनामा तीन जना सामान्य घाइते भएको र अरुको उद्दार गरिएको आधिकारिक विज्ञप्ति निकाल्यो-

जहाजमा रहेका यात्रुको हालत के भयो होला?

यात्रु घनश्याम थापाले भने, अब बाँचिन्छ भन्ने आसै मरेको थियो।

नेपालगञ्जबाट उडेको यो जहाज काठमाडौँमा बिहान ११ बजेर ५ मिनेटमा अवतरण गर्ने क्रममा चिप्लिएर रनवेबाट करिब १५ मिटर पर घाँसे मैदानमा पुगेको थियो।

हेर्दा सामान्य जस्तो लाग्न सक्ला। तर यो विमान चिप्लिएका कारण उडान र अवतरण बन्द गर्नुपरेकोले कयौँ अन्तर्राष्ट्रिय र घरेलु उडान प्रभावित भयो।

चाइना सदर्नको विमान कोलकाता डाइभर्ट भयो, थाइको काठमाडौँ आइरहेको विमान बैँककमं डाभइर्ट भयो। मालिन्दोको विमान ढाका डाइभर्ट भयो।

 

यस्तो छ १२ वर्ष पुरानो जहाजको कुण्डली

दुर्घटनाबाट जोगिएको यति एयरलाइन्सको यो जहाजको कुण्डली निकाल्न मन लागेर खोजी हेर्दा थाहा भयो, यसअघि ताइवानमा पनि एउटा दुर्घटनाबाट जोगिएको भाग्यमानी जहाज रहेछ यो। F-WQNC कल साइनमा यो जहाजले पहिलो उडान २००७ को मे १२ मा गरेको थियो। अर्थात् यो १२ वर्ष पुरानो जहाज हो।

यति एयरलाइन्सले यो जहाज २ वर्षअघि मात्रै नेपाल भित्र्याएको हो। 9N-AMM कल साइन राखेर नेपालमा यो जहाज यतिले उडाउँदै आएको छ। Nordic Aviation Capital (NAC) बाट लिज फाइनान्स गरेर यतिले यो जहाज नेपालमा ल्याएको हो। NAC को स्वामित्वमा रहँदा यो जहाजको कलसाइन 2-TPAJ थियो। विश्वमै सबैभन्दा बढी एटिआर र बम्बार्डियर विमान भएको कम्पनी हो NAC। डेनमार्कमा मुख्य कार्यालय भएको NAC सित यतिले दुई वटा यस्तो जहाज लिजमा लिने सम्झौता सन् २०१७ मा भएको थियो।


यतिले किन्नुअघि NAC को स्वामित्वमा यो जहाज यस्तो थियो।

NAC ले किन्नुअघि झण्डै १० वर्ष यो विमान ट्रान्सएसिया एयरवेजले उडाएको थियो। ताइवानको यो एयरलाइन्स टाट पल्टिएर सन् २०१६ मा बन्द भइसक्यो।

ट्रान्सएसिया एयरवेज कै स्वामित्वमा रहँदा चार वर्षअघि पनि यो जहाज एउटा ठूलो दुर्घटनाबाट जोगिएको थियो। ट्रान्सएसियाको स्वामित्वमा रहँदा यो जहाजको कलसाइन थियो-B-22811


यतिले उडाउनुअघि १० वर्ष ताइवानमा यस्तो लिभरीसहित उडेको थियो यो जहाज। फोटो : प्लेनस्पटर्स

सन् २०१५ को सेप्टेम्बर ९ तारिखका दिन ताइपेइ सोङसानबाट ताइवानको माकुङतर्फ उडान गर्दैगर्दा जहाजमा २२ यात्रु र चार चालक दलका सदस्य थिए। उड्दै गर्दा क्रुले दायाँ इन्जिनमा ओयल प्रेसर र ओयल क्वान्टिटी इन्डिकेसन्स एब्नर्मल देख्न पुग्यो। त्यसपछि तत्काल इन्जिन सटडाउन गरियो। त्यसपछि माकुङमा जहाजलाई सुरक्षित अवतरण गरियो। यो जहाजमा दुई वटा Pratt & Whitney PW127 इन्जिन हुन्छ। त्यसैले एउटा इन्जिन सटडाउन गरिए पनि अर्को इन्जिनको भरमा अवतरण गरिएको थियो।

पछि इन्जिनबाट इन्जिन ओयल लिक भएको रिपोर्ट एयरलाइन्सले दिएको थियो। ताइवानको नागरिक उड्डयन प्राधिकरणले घटनाबारे छानबिन गरेको थियो।

2 thoughts on “आज दुर्घटनाबाट जोगिएको यतिको १२ वर्ष पुरानो प्लेन साह्रै भाग्यमानी, चार वर्षअघि पनि उड्दाउड्दै इन्जिन सटडाउन”

  1. प्रविण says:
    July 14, 2019 at 10:34 am

    बिमान पुरानो भएर भन्दा पनि बिमानको चक्का (टायर) चाँही पुरानो भएर चिप्लिएको हो कि ? बेलैमा टायर बदली गरेन जस्तो छ यति एयरलाईन्सले । बिज्ञहरुको समिति बनाएर छानविन गरी कडा कारवाही गर्न जोडदार माग गरिन्छ ।

    Reply
  2. Shankar says:
    July 12, 2019 at 4:54 pm

    मेसिन हो , बनाएर चलाउन मिल्छ , नया नै भएपनि समस्या न आउने त् ग्यारेन्टी हुदैन |
    हवाई उडान दुर्घटना को चान्स धेरै कम भएपनि भएको खण्डमा बाच्ने सम्भाना के छ त्यो हामि सबैलाई थाह भएको कुरा हो |
    नेपाल मा चै येस्ता कण्डम बिमान किन्नुको कारण कमिसन , र बिस्वकै बाठा मान्छेहरु बस्ने देश भएकोले होला कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme