Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइतीघरमा यति ठूलो जनलहर कसरी उर्लियो? किशोरदेखि वृद्धसम्म आउनुका ६ कारण यस्तो छ

Posted on June 20, 2019June 20, 2019 by Salokya

पुरानो नाम फिब्वः ख्यः हो। पछि माइतीघर बन्यो। अहिले माइतीघर मण्डला भन्ने गरिन्छ। त्यो ठाउँ वरपर बुधबार हजारौँ रैथाने भेला भए। केही प्रहरीसमेत यो जनलहर २०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक देखेको भन्दै थिए। उहिले टुँडिखेलमा हुन्थे यस्ता सभा। अहिले टुँडिखेललाई आधा बसपार्क, आधा पार्किङ र स्कूल बनाइसकेपछि ठाउँ खाली छैन। मण्डल वरपर नै भेला भए नजिकैका विभिन्न सहरहरु पाटन, कीर्तिपुर, भक्तपुर आदि ठाउँबाट बाजागाजासहित आएको जुलुस। यसमा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म थिए। किन र कसरी आयो त यत्रो जनलहर? 

१) डोजर आतंक

विकासको नाममा उपत्यकाका रैथानेहरुको घरबस्तीमा डोजर चलाइयो। बिना मुआब्जा बाटो फराकिलो पार्नका लागि नेवारहरुको घर, सम्पदा भत्काइयो। आफ्नो घरबार गुमाउनेहरुलाई ‘विकास विरोधी’ भनेर गाली गरियो। सुरुमा उनीहरु चुपचाप बसेका थिए। बिस्तारै संगठित रुपमा विरोध गर्न थाले। विरोधलाई दबाउन थालियो। अन्ततः सर्वोच्च अदालतको फैसलाले उनीहरुलाई राहत दियो। यो डोजर आतंकका कारण रैथानेहरुमाझ विद्रोह भावना दबिरहेको थियो जसलाई विस्फोट हुने बहाना चाहिएको थियो। आजको खबरदारी सभामा डोजर आतंकपीडितहरुले पनि कुरा राखेका थिए।

२) गुथि परम्पराको महत्त्व नबुझ्नु

सरकारले सरोकारवालासँग कुनै छलफल नै नगरी गुठी विधेयक राष्ट्रिय सभामा दर्ता गर्‍यो। नेवारहरु यसलाई गुथि भन्ने गर्छन्। सरकारले विधेयक ल्याउनुको कारण नै गुठी जग्गाको संरक्षण, उपयोग र व्यवस्थापन लेखेको छ। जबकि नेवारहरुको गुथि जग्गासँग मात्र सम्बन्धित छैन। काठमाडौँको चिनारीका रुपमा रहेको जात्रा, पर्वमात्र हैन जन्मदेखि मृत्यु संस्कारसम्म गुथि अभिन्न अंग बनेको हुन्छ। मच्छिन्द्रनाथको जात्रा, इन्द्रजात्रादेखि देवीदेवताको पूजा, नाच सबैमा गुथि जोडिएको छ। गुथि नभएको भए सयौँ वर्ष पुरानो परम्परा कायम रहने थिएन। त्यसैले नेवारको पहिचान नै गुथि हो। जब यही गुथिलाई आफ्नो स्वरुप गुमाएर गुथि सञ्चालन नै स्थानीय गुठियारबाट खोसेर सरकारद्वारा नियुक्त कर्मचारी, पुजारीबाट हुने प्रावधानसहितको (दफा ३ र २३) विधेयक आयो, तब आफूहरुको पहिचानै मास्न खोजेको उनीहरुले महसूस गरे। निजी गुठी पनि सार्वजनिक गर्ने दफा ४, गुठी स्थापना गर्न सरकारको स्वीकृति चाहिने दफा २२, गुठीको जग्गा भूमाफियाको हातमा जान सक्ने दफा १८ लगायतका विवादास्पद प्रावधानहरु त यो विधेयक माइन्युटली अध्ययन गर्नेले मात्र बुझे, अधिकांशले सरल भाषामा एउटैमात्र बुझे- ‘होली वाइन’वालाहरु हाम्रो संस्कृति र पहिचान सिध्याउन लागिपरे, हाम्रो गुठी मास्न लागे।

३) सामाजिक सञ्जालको सशक्तता

रेडियो नेपालबाट नेपालभाषाको समाचार बन्द गर्ने पञ्चायती सरकारको पालामा भएको निर्णयविरुद्धको आन्दोलन होस् कि सर्वोच्च अदालतले स्थानीय भाषालाई स्थानीय निकायमा कामकाजाको भाषाको रुपमा दिएको मान्यता बदर गर्ने फैसलाविरुद्धको आन्दोलन होस्- नेवारहरुले धेरै पटक आन्दोलन गरे। कति पुराना नेताहरु त आन्दोलनकै कारण चिनिन्छन्। तर यस पटक अचम्म भयो। ती सारा पुराना नेताहरुलाई उछिन्दै सामाजिक सञ्जालको सशक्त उपयोग गर्ने नयाँ नेताहरु उदाए। उनीहरुले यति छिटो यो कुरा समुदायमा फैलाए कि प्रोपोगान्डाको क्लासै हुने कम्युनिस्ट पार्टीको नेतृत्व र कार्यकर्ताले केही सोच्नै पाएनन्। युरोप टहलिएर फर्किसक्दासम्म पनि प्रधानमन्त्री केपी ओली नेता र कार्यकर्ताहरुलाई सम्झाउन जानुस् न बुझाउन जानुस् न भनिरहेका थिए। तर उनीहरु सम्झाउन सकिने स्थिति नरहेको भन्दै पन्छिए। कृष्णगोपाल श्रेष्ठ जस्ता ओलीका नजिकका नेताले समेत ओलीलाई आफ्नो अडानबाट पछि हट्न सम्झाए। यो हुनुको कारण सामाजिक सञ्जालबाट तथ्यसहित गुठी विधेयकले हाम्रो पहिचान मास्न खोजेको सन्देश प्रवाह हुनु थियो।

संविधान बन्न नसकिरहेका बेला स्वायत्त राज्यको कुरा आउँदा देश टुक्राउन खोजेको भन्दै किशोर र केही युवा पन्छिएका थिए। यो विधेयकले त्यसरी न्युट्रल बसिरहेको खेमालाई समेत पहिचानको खेमामा जबर्जस्त रुपमा ल्याइपुर्‍यायो। एक अभियन्ताले अस्ति मलाई भनेका थिए- ‘हामीलाई उनीहरुले हेर्ने नजर फरक थियो। हामीलाई उग्र भन्थे। अहिले हामीहरुले बोलेका कुरा सही हो भन्ने परेको छ उनलाई।हामीलाई इग्नोर गर्ने अवस्थामा छैनन् उनीहरु।’ त्यसैले होला खबरदारी सभाका एक वक्ताले क‍ेपी ओलीलाई धन्यवाद दिएका थिए। किन? किनभने उनकै कारण नेवारहरुको एकता मजबुत भएको छ।

४) अनावश्यक दमन

जेठ २६ गते भोटोजात्राको दिन सरकारले दमनको अर्को जात्रा देखाइदियो। माइतीघर मण्डलामा २ सय जना पनि थिएनन् होला विधेयकको विरोधमा आवाज उठाउनेहरु। तर सरकारले पानीको फोहरा हान्न लगायो प्रहरीलाई।  प्रदर्शनकारीलाई पुलिसले लात्ताले हानेको फोटो भाइरल भयो। त्यसपछि विधेयकको विरोधमा आवाज झन् चर्कन थालेको हो। त्यही दिन काठमाडौँमा मसाल जुलुस निस्कन थालेको हो।

५) सरकारका प्रवक्ताको छुच्चो बोली

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा आफ्नो बोलीका कारण प्रख्यात छन्। प्रधानमन्त्री उखान टुक्काले विपक्षीलाई थला पारिदिने, उनकै निकट नेता जसले प्रवक्ताको जिम्मेवारी पनि पाएका छन्, उनी भने छुद्र खालको बोलीले विपक्षीलाई तह लगाउन खोज्ने। विधेयकको विरोधमा आवाज उठिरहेका बेला उनले गुठी भनेको सामन्ती प्रथा हो भनेर बोलिदिए। यसले आन्दोलनरत नेवार समुदायलाई झनै बिच्कायो। सामन्तवादको अर्थ समेत नबुझ्ने कम्युनिस्ट भन्दै  ठाउँठाउँका कोणसभामा भाषण गरियो। अझ त्यसमा प्रधानमन्त्रीले गरेको ‘माइतीघर रुन जाने ठाउँ’ लगायतको टिप्पणीले आगोमा घ्यु थप्यो।

६) गुथिको निर्देशन

विधेयकको विरोधमा हरेक घरधुरीबाट अनिवार्य उपस्थिति जनाउन गुथिले नै निर्देशन जारी गर्नु पनि यो सभामा विशाल उपस्थितिको कारण बन्यो। अगाडि नै प्रचारित असार ४ को प्रदर्शनको पूर्वसन्ध्यामा भूमि सुधार मन्त्रीले विधेयक फिर्ता लिने निर्णय भयो। यसले केही समय अन्यौल जरुर भयो। तर सामाजिक सञ्जालमार्फत नै प्रदर्शन खबरदारी सभाका रुपमा जारी रहने प्रचार भयो। फलस्वरुप आजको प्रदर्शनमा विशाल उपस्थिति रह्यो।

4 thoughts on “माइतीघरमा यति ठूलो जनलहर कसरी उर्लियो? किशोरदेखि वृद्धसम्म आउनुका ६ कारण यस्तो छ”

  1. newa says:
    June 20, 2019 at 1:44 pm

    विधेयकको विरोधमा हरेक घरधुरीबाट अनिवार्य उपस्थिति जनाउन गुथिले नै निर्देशन जारी गर्नु पनि यो सभामा विशाल उपस्थितिको कारण बन्यो] हरेक घरबाट एकजनाको उपस्थितिले त यत्रो मान्छे जम्मा भयो भने सोच्नुस घरका सबै सदस्य आएका भए अझ कति बन्थ्यो खबरदारी सभा त त्रैलेर थियो अझ दिमाग ठिक ठाउमा नआए पुरा फिल्म पनि देखाई दिन्छौ अनि देख्छ तेस्को बाउको बिहे ..पाखेहरु

    Reply
  2. sahaskn says:
    June 20, 2019 at 11:31 am

    मदन बज्राचार्य : यो समय भनेको हामी बिचको एकता हो जसमा अब नेवा: स्वायत्तको को कुनै विकल्प छैन | किन हामी चुप लगेर बस्ने ? ये; (काठमाडौँ ) जस्तो राजनैतिक महत्वले भरिपुर्ण ठाउको भुमि पुत्र भन्ने अनि तर यो प्रदेशको लागि केहि नगर्ने ? यी क्षेतिय राजाहरुले हाम्रो विनाशको लागि थुप्रै काम गरे | तिनलाई सघाउने को ? यी क्षेतिय को उत्पति कहाँ बाट भएको हो ? के प्रयोजनको लागि ? महाभारत हेर्नु – रामायण हेर्नु ? यी क्षेतियले कसको इशारामा काम गरे ? क्षेतिय – हतियार – कसैको स्वार्थको लागि? जुन यी शाहहरुले बुझ्न सकेनन | लज्जास्पद |

    हामी नेवा; मनावता को आधारमा धनि भएको सर्ब बिधितै छ | तर हामीले बुझु पर्ने कुरा चाहि के हो भने ; डार्विन को सिध्यनत – कसरि आफुलाई यी अन्तिक्रमण कारी बाट सुरक्षित पार्ने ?

    सत्ताको बुईगलमा रहेकाले नाच भन्ना साथ् नाच्नु अब छोड्नु पर्छ – सहि हो|

    अबको चुनावमा भोट कसलाई दिने कुरा पनि गुठि बाटै तय गरिनु पर्छ र नेवाहरुको सबै गुठीहरु समेटेर अब महागुठि बनाउनु पर्छ? – हामी किन यिनीहरुको मुख हेर्ने? हामीमा जो सक्ति छ जसबाट यो प्रदेश नेवा: स्वायत्त प्रदेश बनोश |

    Reply
  3. madan bajracharya says:
    June 20, 2019 at 10:26 am

    नेवाहरुले अब आफ्नो राजनैतिक आचरण र ब्यबहार बदल्नै पर्छ/ नेवाले देसको निमित ज्यान दिय पनि बाँचेको बेला ..लाई जति पनि टेर्दैन मरे पछि मात्रै ….गर्छ उदाहरण गंगालालहरुकै लिय हुन्छ; गणेशमानकै लिय हुन्छ/ राजनीतिको बुईगलमा नेवालाई प्रवेश निषेध गरेकै छ त् सत्ताको बुईगलमा रहेकाले नाच भन्ना साथ् नाच्नु अब छोड्नु पर्छ/ नेवा संस्कारको जगेर्ना गर्न आफ्ना पुर्खाको सम्मान गर्न नाचिने नाच “नेवालाई मात्र निमित बनाउने समान्ति जस्तो चुतिया गालि गर्नेको निमित अब नाचिनु हुँदैन” / नेवाको संस्कार कला अब नेवा र नेपाको निमित मात्रै हुनु पर्छ; नेकपा कांग्रेस राप्रपाको आदि कुनै दलको निमित हुनु हुँदैन/ त्यो नेवालाई सामन्ति भन्ने लाइ त् बहिस्कारनै गर्नु पर्छ/ नेवा गुठीलाई मास्न खोजेकोमा अब नेवा गुठिलाई झनै ससक्त बनाउनु पर्छ/ अबको चुनावमा भोट कसलाई दिने कुरा पनि गुठि बाटै तय गरिनु पर्छ र नेवाहरुको सबै गुठीहरु समेटेर अब महागुठि बनाउनु पर्छ/ कालापानी मिच्नेको बाबाले नेपालको जग्गा हडपेको चाहि ठिक; नेवाले आफ्नै जग्गा सम्पति दियर चलाउँदै आयको गुठि चाहि सामन्ति प्रथा थान्नेलाई अब त् पाठ पधाउनुनै छ/ नेवा मिले नेवालाई हेप्ने काप्छ/

    Reply
  4. sahaskn says:
    June 20, 2019 at 3:40 am

    यो आन्दोलनलाई त्यतिकै सेलाउनु हुन्दैन | इतिहास साक्षी छ | कसरि सत्ता धारीले चलखेल गर्छन |
    – नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने को हो ? कसरि उनिलाइ पाखा लगाए?
    – ४६ सालको आन्दोलनको मुख्य को थिए ? कसरि उनले पार्टी परित्याग गर्नु पर्यो ?
    – हरेक आन्दोलन चाहे त्यो प्रजातन्त को लागि होस् वा गणतन्त्र को लागि होस् – आगो क्रितिपुर अनि काठमाडौँ उपत्यका बाट निस्कियो |
    – चप्पल लिएर काठमाडौँ पसेका हरुले त्यो आन्दोलन पछाडी के गरे? नेवा: भाषालाई काठमाडौँ (ये;) को कामकारवाही को भाषा नियुक्त गर्दा खेरि कसले त्यसलाई कारवाही हुन दिएन ?
    – पहिलो सम्भिधन सभा बिघटन हुनुको कारक को हो ? यहाँ ठुलो षड्यन्त्र छ – संघियेता को विरुद्ध मा अनि समबेशिताको पनि |
    – गुठि को समान बिधेयेक देउवा ले ल्याएको हो | काँग्रेस |
    – बाबुराम ले हाम्रो सम्पदा मास्न गरेको निर्णय – गणतन्त्र पछाडी
    – अहिलेको बिधेयेक – कसले ल्यायो ? कुन वर्गले ?
    – ये: बाहिरकाले ये: का नेवा: अनि अरु रैथाने लाई कस्तो नजरले हेर्छ ?
    यी अनि यस्ता नसमेटिएका बुंदाहरु बाट यो प्रस्ट हुन्छ कि यिनीहरुले हाम्रो सम्प्रदायलाइ मास्न चाहन्छ चाहे त्यो जुन सुकै पार्टीको होस् | यिनीहरु जुन आर्यन वर्ग मा पर्छन – मुस्लिम, क्रिश्तियन, यहुदी अनि हिन्दु | यिनी हरुनै हुन् जो धर्मको नाममा हामीलाई लडाउने | यिनी हरुनै हुन् जसले गर्दा संसारमा द्वन्द भैराखेको छ | यिनी हरु अत्यन्त कट्टरबादी, नस्ल बेदी हरु हुन् | (केहि अपबाद बाहेक – जो सोषित समुदाएको कुरा बुझछन् )| यी मध्ये हाम्रो केशमा जातिय छुवाछुत जस्तो अमनाबिय व्यवस्था लागु गर्ने हो यिनीहरु नै हो | यिनीहरुले आफ्नै नातेदारलाई अछुत बनाए | जसले आफ्नै लाइ तल्लो तहको ब्यबहार गरे, यिनीहरुको विश्वास गरेर पनि साध्य छ ? यिनी हरुको शरण मा पर्नु – यिनी हरुलाई विश्वास गर्नु हाम्रो मुर्खता हो | अब हामी जागरुक हुने मौका हो | यो आन्दोलनलाई आत्मसम्मान अनि आफ्नो पहिचानको लागि हामी नेवा; ले जारी राख्नु पर्छ अनि विभिन्न जनजाती वर्ग, मदेशी, थारु अनि अल्पशंख्यक समुदायलाई यसमा समेटिनु पर्छ | जय नेवा; प्रेदेश |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme