Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पशुपतिलाई सम्पदा मान्दिनँ भन्दै गुठी विधेयकको समर्थन गर्ने, सांसद विकास कोषको रकम चर्चमा खर्च गर्ने

Posted on June 18, 2019 by Salokya


कडा विरोधपछि सरकारले फिर्ता लिन बाध्य हुनुअघि गुठी विधेयकको पक्षमा केही विचारहरु सत्तारुढ दलका सांसद र कार्यकर्ताहरुबाट आएका थिए। सत्तारुढ दलका केही सांसद पनि यसको विपक्षमा उभिए, तर केहीले भने मिडिया प्रयोग गर्दै आफ्ना विचारहरु राखे। ती मध्ये एक थिए- मेटमणि चौधरी।

उनले संसदमा गुठी विधेयकको पक्षमा विचार राखेका थिए। त्यसैगरी अनलाइनखबरसितको अन्तर्वार्तामा भनेका थिए- मेरो भाषामा, कम्युनिष्ट पार्टी र मेटमणि चौधरीको ठाउँबाट भन्ने हो भने पशुपतिनाथको मन्दिरलाई मेरो सम्पदा हो भन्दै भन्दिनँ । अथवा स्वर्गद्वारी गुठीलाई मेरो सम्पदा हो भन्दै भन्दिनँ।

किन भनेर सोध्दा उनले भनेका छन्, किसानलाई शोषण गरेर स्थापना गरिएको चिजलाई म आफ्नो सम्पदा किन मान्छु ?

आन्दोलनबारे उनले भनेका छन्, स्वर्गद्वारीकै पुजारी, मठाधीशहरुलाई हेर्नुस् न, उनीहरुको गाला रातो छ । उनीहरु कहिले बनारस गएर बस्छन्, कहिले स्वर्गद्वारी त कहिले दाङ आएर बस्छन् । अर्बौंमा खेलेका छन् । त्यही नाममा उनीहरुका शाखा सन्तान पालिएका छन् । स्वार्थ कम ठूलो छ।

हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरलाई नै सम्पदा नमान्ने को रहेछन् यिनी?

यसो गुगल सर्च गर्दा त यस्तो पो भेटियो-

सेतोपाटीमा प्रकाशित समाचार अनुसार
चौधरीले पूर्वाधार विकास कोषमार्फत् खर्च गर्नुपर्ने चार करोड बजेटमध्ये क्रिश्चियन धर्मावलम्बीहरूको लागि चर्च निर्माण गर्न दस लाख रुपैयाँ छुट्याएका थिए।

लमही नगरपालिका वडा नं. ६ खैरीमा निर्माण गर्न लागिएको चर्चमा उनले रकम छुट्याएको समाचारमा उल्लेख छ। चुनावको बेला खरको छानो विस्थापित गर्ने नारालाई प्रमुख रूपमा उठाएर निर्वाचन जितेपछि यो शीर्षकमा एक रुपैयाँ पनि नछुट्याई १० लाख चर्च बनाउन छुट्याउनेलाई पशुपति सम्पदा नलाग्नुमा के अचम्म भो, हैन र?

पशुपतिलाई सम्पदा नमाने पनि चौधरीले क्राइस्टको गुणगान गाएको भिडियो पनि युट्युबमा भेटियो-

6 thoughts on “पशुपतिलाई सम्पदा मान्दिनँ भन्दै गुठी विधेयकको समर्थन गर्ने, सांसद विकास कोषको रकम चर्चमा खर्च गर्ने”

  1. sandip sharma says:
    June 19, 2019 at 10:15 pm

    धर्म बेचुवा चौधरि , किसान ले , “हातमा ठेला उठाएर, काँध खुइल्याएर काम गर्छ , एक भाग कूत बुझाउछ , एक भाग आफु राख्छ काम गरेको ज्याला सोरुप/ भारि बोक्ने ले भारि बोक्छ , तेस बापत पैसा ज्याला लिन्छ, । सबैले आफ्नो काम बापत ज्याला पाएकै हुन्छ/ मोही–किसानको खेत मा काम गरे बापत जग्गा नै उसलाई दिनु पर्ने हो भने, भारी बोक्नेलाई भारीबोके बापात ज्याला बोकेको भारी नै उसलाई दिनु पर्ने हो ? कारखाना मा कामगर्ने कामदार लै कारखानानै उसको नाममा दर्ता गरिदिनु पर्ने भो, / घर मा बहाल बस्ने लै घर नै उसको नाम मा दर्ता गरिदिनु पर्ने भो/ अझ बैंक मा पैसा राख्दा पैसा राखी दिए बापत पैसा सबै बैंक लै नै दिनु पर्ने भो उसोभए हैन ? बोल्ने कि नबोल्ने ? येस्तै भएर हो कमुनिस्ट लुटेरा हुन् भनेको र कमुनिस्ट मा विकास नभएको र खाली अरुओ लुट्ने चोर्ने मात्र ज्ञान भएको/ यो चौधरी धर्म बेचुवा को दिमाग मा , लिदी आज सम्म भरेको छ /यो भाडा वाला थारु, कसको घर मा बसेको हो तुरुन्त घर बाट निकाली दिनु पर्यो नत्र एसले बहाल बसकी घर नै उसको नाम मा दर्ता गरिदिनु भन्छ
    धर्म बेचुवा रहेछ र पो पशुपतिनाथ र स्वोर्गद्वारी लाइ मान्दिन भन्दो रहेछ. शंका त लागेको थियो. येत्तिका नेपालीको आश्थाको केन्द्र पशुपतिनाथ नै चाहिदैनभन्दा.पर्मेस्वोर्ले तलाई आउने चुनाब मा जिताउछ कि जिताउदैन हेरुम्ला

    Reply
  2. madan bajracharya says:
    June 19, 2019 at 9:31 pm

    उहिले अनेकौं धर्म मान्ने नागरिकहरुको नेपाल देसमा राजा हिन्दु नै हुनु पर्छ भनिथ्यो/ तेतिबेला राजा नागरिकले चुनिन्दैन्थ्यो/ तर अहिलेको सबै जात धर्म मान्नेको भोट लियारै मात्र कोहि सांसद प्रधान मन्त्रि हुने व्यवस्थामा प्रधान मन्त्रि बा सांसद जस्तो सार्वजनिक पदमा बस्ने बात “यकधर्मि आचरण गरिनु र उनीहरु बात यकधर्मि आचरण होस् भनि चाहनु गलत मात्रै हुँदैन अपराधनै हुन्छ/ तेसैले मेरो बिचारमा फरक फरक जात धर्म मान्ने नागरिकहरु बात बटुलेको बजेट सुत्तुक्क चर्चामा खर्चेर पशुपतिलाई सम्पदा पनि नमान्ने भन्ने अपराधि हो/ तर के गर्ने आफ्नो सट्टा टिकाउन देसको सार्वभौम सट्टालाई काट्न उथायको तलवारको पनि बैसाखी टेक्ने प्रवितिको कारण यस्तो कसैले बोल्न सके/

    Reply
  3. subas says:
    June 19, 2019 at 9:24 pm

    धेरै पछि एउटा राम्रो news पढियो myansar मा

    Reply
  4. Suman says:
    June 19, 2019 at 12:58 pm

    माइसंसार पनि अतिबादी हिन्दु रहेछ |

    Reply
  5. debendra basnet says:
    June 19, 2019 at 11:18 am

    धर्म बेचुवा रहेछ र पो पशुपतिनाथ र स्वोर्गद्वारी लाइ मान्दिन भन्दो रहेछ. मलाई त शंका लागेको थियो. येत्तिका नेपालीको आश्थाको केन्द्र पशुपतिनाथ नै चाहिदैन भन्दा.
    पर्मेस्वोर्ले तलाई आउने चुनाब मा जिताउछ कि जिताउदैन हेरुम्ला .

    Reply
  6. Shankar says:
    June 19, 2019 at 12:53 am

    ह म म , भनेपछि यो थारु परमेश्वर पुत्र रहेछ | देश को प्रधान नै होलि वाटर ले नुहाइसकेको छ त् अब यो चौधरी लाइ पशुपति ,स्वर्गद्वारी सम्पदा मान्दिन भन्यो भनेर के भन्नु ?
    यहानेर माकुने , प्रचण्ड , ओली , देउवा , रामचन्द पौडेल आदि हरु लुकी लुकी होलिवाटर
    ले नुहाउने , देश लाइ धर्म निर्पेक्ष्य बनाइ सकेपछि परमेश्वर पुत्र थारुले अब पशुपति , स्वर्गद्वारी को खिलाफ बोल्न न पाउने ?
    हाल को नेपाल ( गणतन्त्र पछिको )मा तराइका थारु हरु मात्र हैन , पूर्वको किरात हरु मात्र हैन किर्तिपुर को धेरै लोकल हरु पनि ह्वात्तै क्रिश्च्यन भैसके ? यो क्रम बड्दो छ , कुनै मिसन नै छ यो |
    सिमा मिचिनु , देश को राजनीति र अर्थ नीति, सिक्ष्या लाइ विदेश को अधिनस्त बनाइनु
    कुनै चानचुने कुरा हैन | आजकाल त् नेताहरु सिमा मिचिएको कुरा नै गर्दैन , पंचायत र बहुदल मा बामदेब , बाबुराम हरु कत्ति उफ्रिन्थ्यो ? १९५० को सन्धि भएँन भन्थ्यो सम्झिम त् |
    येस्बाट हामि नेपालि ले के पनि बुझ्नु पर्छ भने हामि माथि राजनीतिक , सामाजिक , धार्मिक , आर्थिक ,सैक्ष्यिक आक्रमण हुदै छ , सामाजिक सन्तुलन जर्जर हुदै छ |
    यो सब नेपाल र नेपालि को अस्त्तित्त्व मेट्न को लागि हो |
    नेपालि हरु एक दिन कास्मिरी , प्यालेस्टानि हुने दिसामा छ ( देश हराउने ), एक छिन बिचार गरौ , दुनिया मा कहिँ न भएको येत्रो खुला सिमा ? तेस्माथि पनि भारत संग | भारत आफै खातेहरुको देश |
    सिमाना रेगुलेट हुने चान्स नै छैन , त्यो न भएपछी सागर र एक लोटा लाइ जोडेर राख्दा के हुन्छ ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme