Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति सवारी हुने अघिल्लो रात जाउलाखेलमा ‘भात हानाहान’

Posted on June 9, 2019June 9, 2019 by Salokya


रातो मछिन्द्रनाथको जात्राका क्रममा रथ तानेको र राष्ट्रपति (पहिले राजा) को उपस्थितिमा भोटो देखाउने कुरामात्र धेरैलाई थाहा छ। मिडियाले देखाउँछ पनि त्यही मात्र। भोलि आइतबार भोटो जात्रा हो। राष्ट्रपति लगायत संवैधानिक अंगका प्रमुखहरुसहितको उपस्थितिमा भोटो देखाइन्छ। तर यसरी राष्ट्रपति (पहिले राजा) जाउलाखेलमा सवारी हुनुभन्दा अघिल्लो रात भात छर्ने गजबको चलनबारे कतिलाई थाहा छ? पहिले भए मध्यरातमा यस्तो हुन्थ्यो। यो वर्ष भने शनिबार साँझ सातै बजे गरिएछ। पोहोर भने राति ८ बजेको थियो। पोहोर हेर्ने मौका पाएको थिएँ यो गजबको चलन। तपाईँहरुमध्ये पनि धेरैले देख्नुभएको छैन होला। आउनुस् हेरौँ फोटो अनि भिडियो।

खासमा त्यो ठाउँ जाउलाखेलको नाम नै ‘जा ह्वला ख्य:’ अपभ्रंश भएर भएको मानिन्छ। नेवाः भाषामा जा भनेको भात, ह्वला भनेको छर्ने अनि ख्यः भनेको चौर।

रातो मच्छिन्द्रनाथको रथ अड्याइएको छ। साइत हेरेर भोटो देखाउने जात्रा तय भएको मितिको अघिल्लो रात यो चलन हुन्छ। यो दिन देउतालाई पाटनमा राख्ने अन्तिम दिन हो। भोलिपल्ट त देउतालाई बुंगमति फर्काइहालिन्छ।

रथको अगाडि दियो जलाउनेहरुको घुइँचो हुन्छ।

एक्कासी एउटा समूह पकाएको भात बोकेर आइपुग्छ। रथको अग्रभागमा रहेको भैरवको मूर्तिलाई भात चढाएर पूजा गरिन्छ। पहिले के गर्थे कुन्नि, अहिले चाहिँ बर्थ डे मनाउने बेलामा लगाउने टोपी पनि लिएर आउने रहेछन्। त्यो टोपी भैरवको मूर्तिको शिरमा लगाइन्छ।

त्यसपछि मान्छेलाई हटाउन थालिन्छ। उनीहरुले भन्छन्- भातले लाग्ला है, अलि पर बस्नुस्। लाग्यो भने रिसाउन पाउनु हुन्न।

अनि सुरु हुन्छ भात छर्ने क्रम। छर्ने के भन्नु, एक किसिमले हानाहान नै हुन्छ।

कोही कोही भने पछ्यौरी थापेर बसेका हुन्छन्, त्यो भात पछ्यौरीमा परेमा प्रसाद भनेर खानका लागि।

हेर्नुस् यो गजबको चलनको भिडियो

1 thought on “राष्ट्रपति सवारी हुने अघिल्लो रात जाउलाखेलमा ‘भात हानाहान’”

  1. इन्द्र महर्जन says:
    June 11, 2019 at 3:13 pm

    कसरी थाहा हुन्छ त ? जाह्वला जात्रा लाई भोटोजात्रा बनाइदिने । जाह्वला ख्यो लाई जाउलाखेल बनाइ दिने । संस्कृति सम्पदा नाश गर्ने अनि थाहा छ भनेर सोध्ने हामी नेपालीको बानी ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme