Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘रिपब्लिका’ र ‘नागरिक’बाट डम्बरलाई डुबाउने समाचार गुपचुप ‘डिलिट’

Posted on June 7, 2019June 8, 2019 by Salokya


रिपब्लिकाले बुधबार (५ जुन, २०१९) मा पहिलो पेजमै छापेको समाचार ‘TU appointed lecturer against age bar’ शीर्षकको समाचार तथ्यगत रुपमै गलत रहेको बारे बिहीबार माइसंसारले ब्लग लेखेपछि त्यो समाचार चुपचाप हटाइएको छ। समाचार सही भए प्रमाणसहित सही भएको अडान राख्नुपर्ने वा गलत भए गलत भएको हो भनी स्वीकार्नुपर्नेमा गुपचुप डिलिट गर्नु कतिसम्मको सही हो, तपाईँहरु आफैले मूल्याङ्कन गर्नु नै होला। नागरिकको अनलाइनमै काम गर्दाताका एक पटक प्रकाशित समाचार हटाउन नहुने, हटाउनै परे कारणसहित राख्नुपर्ने अन्तर्राष्ट्रिय अभ्याससमेत बारे तथ्यसहित बुझाउँदा एमडी विनोदराज ज्ञवालीसमेत सहमत भएको हिजोजस्तै लाग्छ। त्यसपछि अनलाइनमा कुनै समाचार डिलिट गर्न कसैले दबाब दिएको थाहा पाइएको थिएन। अहिले शायद् अनलाइनमा त्यस्तो दबाब थेग्न सक्ने कोही भएनन्।

तर अहिले ‘TU appointed lecturer against age bar’ शीर्षकको समाचारमा क्लिक गर्दा अनलाइनमा यस्तो देखिन्छ-

सोही समाचारमा पछि डकुमेन्टसहित एडिट गरी This is how TU Service Commission violated age bar while appointing a permanent lecturer (with documents) शीर्षक राखिएको थियो। अहिले दुवै अनलाइनबाट गायब पारिएका छन्।

(अपडेट : शनिबार बिहान यो लिङ्कमा भूल भएको स्वीकार गर्दै माफी मागिएको व्यहोरा राखिएको छ)

त्यसैगरी नेपाली भाषाको वेबपोर्टल नागरिकन्युजमा बिहीबार ‘उमेरहद नाघेका व्यक्तिलाई त्रिविमा स्थायी नियुक्ति !’ शीर्षकमा सोही अङ्ग्रेजीमा छापिएको समाचारको नेपाली अनुवाद डकुमेन्टसहित प्रकाशित थियो। अहिले त्यो समाचार पनि अनलाइनबाट गुपचुप गायब गरिएको छ।

गुगलको क्यास सर्भरमा भने यो समाचार अझै भेटिन्छ-

विषय के हो? हिजोको ब्लग नपढेर अन्यौलमा हुनुहुन्छ भने पढ्नुस्-
डम्बरलाई डुबाउन खोज्दा यसरी चुके ‘रिपब्लिका’ र ‘नागरिक’ : एक लेक्चररलाई नगरेको ‘अपराध’को ‘सजाय’?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme