Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल मिसनमा आएका अमेरिकी क्रिस्चियनको कतिसम्म गफ हेर्नुस्

Posted on June 5, 2019 by Salokya


यो फोटोमा बायाँ पट्टी अमेरिकाको क्लिभल्यान्ड किवानिज क्लबका अध्यक्ष रामोन टोरेस देखिन्छन्। उनी नेपालबाट ल्याएको खुकुरी हेर्दैछन्। खुकुरीसहित टोपी र अन्य सामान त्यहाँको फर्स्ट बाप्टिस्ट चर्चका सदस्यहरुले भर्खरै नेपाल मिसनमा गएका बेला त्यहीँबाट ल्याएका थिए। क्लबमा केही दिनअघि नेपाल पुगेका आएका चर्चका सदस्यहरुले आफ्नो अनुभव सुनाएका थिए। त्यस क्रममा उनीहरुले नेपालका बारेमा हुँदै नभएको गफ दिएका रहेछन्।

क्लबमै मात्र गफ दिएको भए त यो कुरा बाहिर नआउने थियो होला। तर त्यसबारे क्लिभल्यान्ड ब्यानर वेबसाइटमा समाचार पनि छापिएको रहेछ। इन्टरनेट चहार्दै गर्दा भेटिएपछि नलेखी रहन सकिएन। उनीहरुले गरेका केही गफहरु यस्ता थिए-

१) नेपाल पृथ्वीको सबैभन्दा दुर्गम ठाउँमध्ये एक हो।
हैट, कस्तो दुर्गम ठाउँ ! नेपालभित्र चाहिँ दुर्गम ठाउँहरु होला, नेपाललाई नै दुर्गम ठाउँ भन्नु चाहिँ अलि पचेन।

२) नेपालको विभाजनको गलत व्याख्या : भनियो- Nepal is divided from bottom to top, with its Lower Hills, Middle Hills and Upper Hills.

हिमाल, पहाड र तराई भन्न खोजेको होला, लोअर हिल्स, मिडल हिल्स र अप्पर हिल्स रे। तराईमा नगएको भएर त्यो ठाउँलाई लोआर हिल्स देखेका होलान् कि।

३) नेपालमा दुई वटा टाइम जोन छन्। यस्तो लेखिएको छ- “Another unusual thing about Nepal, and that region, are the time zones,” Gibson said. Nepal has two time zones on three-quarters of the hour, while nearby India’s time zone is on the half hour.

लौ कस्तो अचम्म। नेपालमा दुई वटा टाइम जोन पो छन् अरे। धेरै नेपालीलाई त टाइम जोन भनेको पनि थाहा छैन होला। अमेरिकामा नौ वटा टाइम जोन भए जस्तो भन्ठान्या होलान्। अर्थात् अमेरिकाभरी एउटै समय हुँदैन। शिकागोमा अर्कै, लस एन्जलसमा अर्कै, न्युयोर्कमा अर्कै समय हुन्छ। नेपालमा त देशभर एउटै समय हुन्छ। तर यी मिसनरीहरु कता पुगेर आएछन् कुन्नि, नेपालमा दुई वटा टाइम जोन पो छन् अरे।

४) नेपाल हिन्दु अधिराज्य भएको गलत व्याख्या। लेखिएको छ- He said Nepal is the only Hindu kingdom in the world, and Christianity, as a religious preference, is only 2% of the population.

नेपाललाई अझै Kingdom भन्ने बुझेका रहेछन् यिनीहरुले। नेपालमा गणतन्त्र आएकै ११ वर्ष भइसक्यो। त्यही गणतन्त्रसँगै हिन्दु अधिराज्यलाई पनि हटाएर धर्म निरपेक्ष राष्ट्र बनाइसकेका छन्। यिनीहरुले भने अझै विश्वको एकमात्र हिन्दु अधिराज्य घोक्दै बसेका रहेछन्।

7 thoughts on “नेपाल मिसनमा आएका अमेरिकी क्रिस्चियनको कतिसम्म गफ हेर्नुस्”

  1. Purushottam R Singh says:
    June 5, 2019 at 11:59 pm

    कती कुरा थाहा नपाएर पनि हुन सक्छ । ठुलो भुकम्प बाढी जस्ता दैबिप्रकोप बाहेक उताको कुरा नोर्थ अमेरिका, युरोप को समाचारमा खासै आउँदैन। मेरो बिचारमा राजनीतिक परिवर्तनका कुराहरु संसार सामु पुर्‍याउनु नसक्नुमा हाम्रो राजनीतिग्यहरुको र राजादुतावास कार्यालयहरुको कमजोरी हुनसक्छ। स्थानिय स्तरमा नेपालका परिवर्तनका कुराहरु त्यहा बस्ने नेपालीहरुले केही हदमा आदान-प्रदान गरिरहेका हुन्छन । गैर आवासिय नेपाली संघले यस्ता कुराहरुमा नेपाल सरकारलाई सहयोग गर्न सक्नुपर्छ ।

    Reply
    1. Salokya says:
      June 6, 2019 at 12:08 am

      नेपाल आएर गाउँ गाउँ घुमेकाहरुले लगाएको गफ हो। नेपाल आउँदै नआएकाले भए पो समाचारमा नआएर भन्नु। नेपाल घुमेर फर्केर नेपालको बारेमा गफ दिँदा यस्तो दिएछन् त।

      Reply
  2. Jitendra pun says:
    June 5, 2019 at 3:07 pm

    Hamrai chimeki hindu bharatiya haru le ta nepal ra nepali lai bujeka xainan americand haru ko k kura garnu!

    Reply
  3. Kan says:
    June 5, 2019 at 12:17 pm

    9-time zone in America???

    Reply
    1. Salokya says:
      June 5, 2019 at 7:03 pm

      There are 9 time zones by law in the USA and its dependencies, however, adding the time zones of 2 uninhabited US territories gives 11 time zones in total. https://www.timeanddate.com/time/zone/usa

      Reply
  4. शोभाखर बराल says:
    June 5, 2019 at 7:52 am

    इमेल पठाउन मिल्दैन यिनिहरुका हाकिम हरुलाइ 🙂 संसार नै मोबाइलमा कैद भैसक्यो भनेर मोबाइलबाट नै सर्च गरे जस्तो छ फेक गुगलमा।

    Reply
  5. Shankar says:
    June 5, 2019 at 2:21 am

    गाउ घर तिर को लोकल पिएर लेख्यो होला नि त् |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme