Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दरबार हत्याकान्डबारे हिमानीको बयान : ‘हामीतिर पनि बन्दूक तेर्स्याइरहनुभएको थियो’

Posted on June 2, 2019June 2, 2019 by Salokya

१८ वर्ष भयो नारायणहिटी दरबारभित्र हत्याकान्ड मच्चिएको। त्यतिबेला हिमानी शाहज्यादी पदमा थिइन्। तत्कालीन राजा वीरेन्द्रकी बुहारी। राजा वीरेन्द्रका भाइ अधिराजकुमार ज्ञानेन्द्रका छोरा पारसलाई शाहज्यादा उपाधि दिइएको थियो। उनकी पत्नी हिमानीलाई शाहज्यादी। ज्ञानेन्द्र राजा भएपछि पारस युवराज भए अनि हिमानी युवराज्ञी। गणतन्त्र आएपछि सबै ‘पूर्व’ भए। दरबार हत्याकान्डबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिका अध्यक्ष तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र  सदस्य सभामुख तारानाथ रानाभाटले दरबार हत्याकान्डबारे राजपरिवारका सदस्यहरुसित प्रश्न गरेको थियो। त्यसै क्रममा तत्कालीन शाहज्यादी हिमानीसित भएको सोधपूछको विवरण यस्तो थियो- 

समितिः– त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त गर्‍यौँ । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिपोर्टको लागि सजिलो पर्छ ।

हिमानी– डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखिन् पहिला हामी गएको आफुमुमा (रत्न) सवारी भयो ८ बजे । त्यसपछि ठूलो बुबा (राजा वीरेन्द्र) सवारी हुँदाखेरी अलि अगाडि समय त मलाई थाहा छैन ठूलो बुबा सवारी हुनु भन्दा पहिले crown prince (युवराज दीपेन्द्र) लाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरख बोकेर खोपीमा सवारी चलाको । पछि महाराजाधिराज सवारी भएको एकै ड्याङ्ग आवाज आयो । अनि ……… अनि त्यसपछि ……. कान्छो बुबा (धीरेन्द्र) अगाडि सर्नुभयो……..

कान्छा वुवा लाई हानी बक्स्यो अनि ….. कुनातिर यसो सायड परेर लुकेर बसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं …… त्यसपछि फेरि आएर परर पर्र बन्दुक पड्केको सुनेको …………… त्यत्ति नै।

समितिः यसमा, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाही ?
हिमानी : हामीतिर पनि बन्दुक तेर्स्याइरहनु भएको थियो। (कसले भनेर चाहिँ समितिले सोधेन)

समितिः सरकारहरु चाही उतापट्टी राज होइबक्सेको होला, बारको उतापट्टी?
जवाफः डाइनिङ्ग रुम जाने डोर छ नि त्यसैको एतापट्टी एउटा कर्नर छ, त्यसमा हामी ।

समितिः कहाँनेर ?
जवाफः यतापट्टी चाहिने यतापट्टी साइडमा म थिए ……….. ।

समितिः अनि त्यो बगैचाका कुरा ?
जवाफः बन्दुकहरु पड्केको मात्र सुनें ……….. ।

समितिः धन्यवाद ।

5 thoughts on “दरबार हत्याकान्डबारे हिमानीको बयान : ‘हामीतिर पनि बन्दूक तेर्स्याइरहनुभएको थियो’”

  1. madan bajracharya says:
    June 4, 2019 at 11:21 am

    नेता भनाउँदाको इर्स्या- पोलापोल-खुट्टा तानातान नेतालेनै गर्दै आयको छ/ कुन नेता कस्तो हो भन्ने कुरा को प्रचार नेताहरुलेनै गर्दै आयकोछ/ यक नेताको बारेमा अर्को नेताले केभने भन्ने कुरा मान्ने हो भने नेपालमा कसको राज चल्दै छ भन्ने कुरा मै लाज लाग्ने हुन्छ/ आफ्नो भन्दा अग्लो कुर्सीमा पुग्ने बा पुग्न सक्नेलाई अर्को नेताले के मात्रै भन्दैन-गर्दैन भन्ने कुरा कृष्ण प्रशादलाई अन्तर्घात गरेको र गणेशमानलाई अपमानित गरेको; पार्टीको सभापति पदमा टिक्न गुटवाजी गरेको पार्टी भित्रैकाले लगायको आरोप सम्झे पुग्छ/ जस्तो byabsty

    अब ज्ञाने को कुरा/ उ दुई पटक राजा बन्न सक्ने कुनै …नभईकनै बिना कुनै प्रयत्न राजा बने;बने के भनु बनाईयो ग्रायण्ड डिजाइन गरेरै/ पहिलो चोटी ज्ञानेलाई तव राजा बनायको थियो जव राजा त्रिभुवनलाई कास्मिरको राजालाई जस्तै भारतीय सेनाको हवाई जहाज बात दिल्ली पुर्यायको थियो/ कास्मिरको राजा हरि सिंहलाई जुन परिस्थितिमा जसरि दिल्ली पुर्यायको थियो र दिल्ली पुर्यायको कास्मिरको राजा हरि सिंह र दिल्ली लगियको त्रिभुवनको अब्सथामा खासै फरक थियन/ दिल्ली ल्यायर कास्मिरको राजालाई जे गरिराईयो त्यो कुरा त्रिभुवनलाई पनि गराउन सक्थ्यो/ यो सन्दर्वमा अरु धेरै कोट्याउने पर्दैन सरदार बल्लभ भाई पटेलले नेहरूलाई लिखितामै नेपाल पनि कास्मिर जस्तै भारतको कब्जामा ल्याउनु पर्छभनेको सम्झे पुग्छ/ त्रिभुवनलाई अपदस्थ गरेर ज्ञानेलाई नेपालको राजा बने पछि भारतले तेसो गर्न खोजे पनि नसकिने भयो/ तापनि त्रिभुवनकै अगाडी नेपाललाई झन्डै आधा कास्मिर जस्तै अबस्थामा लतारिन बाध्य गर्ने सन् १९५०को सन्धि त् गराई छाडे/ सन् १९५०को सन्धिको अरु के के बुँदा …छन् भनु भन्दा त्यो सन्धिमा नेपाल र ब्रिटेन बिचमा भयको सबै सन्धि खारेज हुने भनेको प्रावधान भित्र कस्तो भयनाक कुरा लुकेको छ केलाउनुस/ युद्धमा हारेर गर्नु परेको सुगौली सन्धिले नेपालको सार्वभौम अधिकारमा अनेकौं बन्देज लगायको थियो/ तर जंगबहादुरको पालामा अंग्रेजले नेपाललाई लिखितमै नेपाल पनि ब्रिटेन जस्तै स्वतन्त्र देस मान्दै कैलालीम कन्चन पुर्को जमिन समेत फिर्ता गरे/ सन् १९५०को सन्धिमा भारतले नेपाल र अंग्रेज बिचको सबै सन्धि खारेज हुने भन्नुको तात्पर्य अंग्रेजले नेपाल पनि ब्रिटेन जस्तै स्वतन्त्र देस भयको मान्न तयार नभयको कुरा २०१३ सालमा नेपाल संयुक्त रास्ट्र संघको सदस्य बन्न खोज्दा भारतले बिरोध गरे बाटै स्पस्ट हुन्छ/

    दोश्रो चोटी ज्ञानेलाई राजा बनाउन सम्भव भयको मात्र यक कारण थियो त्यो हो बिरेन्द्र पछि राजा बनाउन सकिने सबैनै दरवार हत्याकाण्डमा गिरिजाले पोले अनुसार ग्रायण्ड डिजाइन गरेरै मारियो/ बिरेन्द्र र ज्ञाने बिचको फरक कुराले नै ज्ञानेलाई तेती सजिलै सिट गद्दी बात हटाउन सकेको कुरा नबुझ्नेले पनि बुझ्ने कुरा हो/ तेसैले बोकेर लगेर बसाल्नु पर्नेलाई चुनावमा उठेर जितेर कुर्सीमा बसुन भनेर चुनौति कसैले दिनै पर्दैन र ज्ञानेलाई कसैले गालि पनि गर्नु पर्ने कुनै कारण छैन/ ज्ञाने बात जुन जुन गल्ति भयो त्यो उ बाटै भयको भन्दा उसलाई ती गल्ति गर्न बाध्य बनायको कुरा जसरि संविधानको धारा १२७को अपव्याख्या गर्न बाध्य बनायर के गरे तेही सम्झे पुग्छ/

    मेरो आफ्नो बिचारमा आज जुन कुर्सीमा बसेकालाई हटाई आफु बस्नको निमित जे जस्तो कुराहरु हुँदै आयको छ तेस्को कारण त्यो कुर्सीमा यक सेकेन्ड मात्रै बस्न पायामा राज्यको ढुकुटी खर्चेर आजीवन आलिशान जीवन जिउने अवशर पाउने भयकोले हो/

    Reply
  2. Sagar says:
    June 3, 2019 at 9:11 am

     केही हुतीहारा नेपाली हरु नेताहरुको ईर्ष्या गरेर ज्ञाने जस्तो अयोग्य अपराधी को समर्थन गर्छन् । ति हुतीहारा र बोकाको .. कैले झर्ला र खाउँला भनेर पर्खेर बस्ने अयोग्य ज्ञानु लाई मेरो सुझाव चुनावमा उठ, नेताहरुलाई हराउ अनि देश चलाएर देखाऊ । भुस्याहा कुकुर जस्तो माईसंसार मा कमेन्ट मात्र भुकेर केहि लछारपाटो लाग्दैन ।

    Reply
  3. प्रकाश मणि अधिकारी says:
    June 2, 2019 at 7:31 pm

    तर यसमा दिपेन्द्रलाई चाहिं कसले मार्यो होला। उनको देब्रे तिरबाट बन्दुकको गोली कसरी छिर्यो होला।

    Reply
  4. Shankar says:
    June 2, 2019 at 9:32 am

    पहिला पहिला सड्यन्त्र पूर्ण कुरा गरेजस्तो लाग्थ्यो | समय सगै आजकाल सहि बोले जस्तो लाग्छ |
    हामि मान्छे हरेक कुराको पछि कारण खोज्छु | हरेक कुरा सुत्र बद्द हुन्छ भन्ने ठान्छौ|
    यो जुनीको दुख पहिले जुनीको पाप ले भनेर ठोकुवा गर्छौ|
    तर कतिपय घटना बिनाकारण पनि घटेको हुन् सक्छ | सोचे जस्तो गहन सड्यन्त्र पूर्ण न हुन् पनि सक्छ |
    गिरिजाको दिमाग आफै खुरापाती , उसले ग्रयाण्ड डिजाइन देख्यो |
    तेस्पछि त् मान्छे पिछे थ्योरी |

    Reply
  5. madan bajracharya says:
    June 2, 2019 at 7:14 am

    दीपेन्द्रलाई बोकेर खोपीमा ”’……हामि तिर पनि बन्दुक ….तर प्रश्न गर्ने समितिले कसले भनेर सोधेनन!!!
    घटना देख्ने र बयान समेत दिने दीपेन्द्रको बडीगार्ड अहिले ज्यानमारेको आरोपमा जेलमा कोच्चियको!!!
    राजारानी लगायत राजपरिवारको हत्या हुँदै गर्दा सुरछ्यागार्दहरु “आदेश” नभयको भएर टोलाई बसेको!!
    हत्याकाण्डको प्रत्यछ्य दर्शी भयको राजपरिवारका लगायत कुनै दुर्घटनामा परेको त् कुनै लापता भयको!!
    काण्ड भयको महिनौं पछि १७ वडाको दरवारकै सफाई कर्मचारीलाई उसको पसलमै गोलि हानि मारेको!!
    बिरेन्द्रको नजिकको अरु कोहि बचेको भय उ राजा बन्थ्यो र तेसलाई ज्ञानेलाई जस्तै सजिलै …गर्न नसकिने!!

    कस्तो थियो राजा बिरेन्द्र?
    गिरिजालाई भारत परास्त र भारतलाई विस्तारवादी भन्ने क.प्रचंद्र्को अनुसार “महान रास्त्रवादी राजा”
    कांग्रेसले आफु राजाको गर्धन माथि आफ्नो गर्धन हुने भन्नेको संबैधानिक राजतन्त्रवादी पार्टी हो भन्छ
    यमालेकाले आफुहरु संबैधानिक राजतन्त्रको बिरोधि भयको भनेकै छैन; राप्रपाकाको कुरा गर्ने पर्दैन
    आम नेपालिले बिरेन्द्र हत्या कसरि लियो भन्ने कुरा त् बिस्नुमतिमा गिरिजालाई झन्डै …गरे बाटै देखिन्छ
    अहिले राजतन्त्रलाई ……..भन्ने कुनैले पनि बीरेन्द्रलाई कारण र प्रमाण देखायर आलोचना गर्न नसकेको

    कसरि भयको थियो बिरेन्द्र हत्याकाण्ड?
    आलोचित र अलोकप्रिय भयकोले सजिलै सिट गद्दी बात निकाल्न सकिने ज्ञाने मात्रै बाकि रहने गरि!!!???
    राजदरवार मन्त्रि समेत रहेको प्रधान मन्त्रि गिरिजाले “ग्रायण्ड डिजाईन अन्तरगत तर विवरण पछि भनेको/

    बिरेन्द्र बचेको भय के हुन् सक्दैनथ्यो?
    पार्टीमै गणेशमान र कृष्णप्रसादको अगाडि …हुने; बाँचेको भय देउपा भन्दा …हुने ..हुन सक्दैनथ्यो
    ३ जना मधेशाबादिले “दे” भनेकै आधारमा कुनै प्रमाण बिना ४२ लाख नागरिकता बाड्न सकिंदैनथ्यो
    सदनले राखेको शर्त पुरा गर्न नमानेकोले भारत सिट गरेको महाकाली सन्धिले निरन्तरता पाउन्दैन्थ्यो
    आदि कुराहरु भन्दा २००७ सालमै जस्तो फेरी दिल्ली सम्झौता अन्तर्गत नेपालमा ब्यबस्था बदलिन्दैन्थ्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme