Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डा. ४ केपी ओली : मानार्थ पिएचडीमा के साह्रो मोह? जसले बाँडे पनि लिन दौडिहाल्ने?

Posted on May 31, 2019 by Salokya


प्रधानमन्त्री केपी ओलीलाई अब डा. ४ लेख्दा हुन्छ। उहाँले चार चार वटा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी अर्थात् पिएचडी लिन भ्याइसक्नुभो। उहाँको पिएचडी मोह देखेर नै होला, जुन विश्वविद्यालयलाई पनि पिएचडी दिउँ दिउँ लाग्छ होला। जसले बाँडे पनि लिन दौडिहाल्न भ्याउनु हुन्छ। हुन्न हजुर, यस्तो विश्वविद्यालयले दिएको लिन जान हुन्न भनेर सम्झाउने कोही हुन्नन्। सल्लाहकार भनाउँदाहरु त ‘बधाई छ प्रमज्यु’ लेख्दै फोटो सोसल मिडियामा पोस्ट्याएर चाकडी बजाउन व्यस्त हुन्छन् भने अरु अरिङ्गालहरुको के कुरा। पछिल्लो पटक जेठ १५ गते कोरियाको नामै नसुनेको काङनाम विश्वविद्यालयले उहाँलाई काठमाडौँमै आयोजित कार्यक्रममा थप एक थान मानार्थ पिएचडी दियो। खोजी हेर्दा यो विश्वविद्यालयको क्रिश्चियन कनेक्सन देखियो।

अलि अघि मात्र होली वाइन काण्ड मच्चिएको थियो। क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गरेको दाबी गर्ने भन्दै सन म्युङ मुनले स्थापना गरेको युनिफिकेसन चर्चसँग आवद्ध विवादास्पद एनजिओले गरेको एसिया प्यासिफिक समिटमा।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनै मुनकी श्रीमती उर्फ सच्चा माताले आशिर्वाद दिँदै एक लाख डलर राशीको ‘लिडरसीप एण्ड गुड गर्भनेन्स’ अवार्ड दिएकी थिइन्।

यसपालि ओलीलाई पिएचडी दिने काङनाम पनि एउटा निजी क्रिस्चियन विश्वविद्यालय हो। सन् १९४६ मा स्थापना भएको यो विश्वविश्विद्यालय ‘ग्यङ्छन्एइन’ मूल भावबाट प्रेरित छ। जसको अर्थ हुन्छ स्वर्ग र मानवताको पूजा गर्नु। यस विश्वविद्यालयको उदेश्य संसारभरी क्रिस्चियनको प्रचार गर्नु हो। यसले क्रिस्चियन धर्म फैलाउन सहयोग गर्नेहरूलाई मानार्थ विद्यावारिधि र अन्य सुविधा दिने गर्दछ।

ओलीले प्रधानमन्त्री नहुँदै लिएको पहिलो मानार्थ पिएचडी पनि विवादमा परेको थियो। नक्कली युनिभर्सिटीका रुपमा बदनाम भएको विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले दिएको मानार्थ विद्यावारिधी फिर्ता अरुले फिर्ता गरे पनि उहाँले नगर्ने बताउनुभएको थियो। मैले कागजपत्र पढेर, बुझेरै मानार्थ विद्यावारिधी लिएको हुँ। यसलाई फिर्ता गर्दिनँ।

विद्यावारिधी गर्ने व्यक्ति केपी ओली भएकोले मात्र विवाद गरिएको हो, किनकि नेपाल विवाद नै विवादको पोको हो भन्न पनि भ्याउनुभएको थियो उहाँले।

कम्पनी लिमिटेडका रुपमा दर्ता भएको सो युनिभर्सिटी नक्कली रहेको सार्वजनिक भएपछि विद्यावारिधी पाएका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र कान्तिपुरका निर्देशक रामेश्वर थापाले उक्त सम्मान फिर्ता गरेको घोषणा गरेका थिए। सो युनिभर्सिटीको वेबसाइटसमेत अहिले बन्द छ। तर आफूले विद्यावारिधी प्राप्त गरेको युनिभर्सिटीको बचाउ गर्दै उनले भने- नेपालका धेरै व्यक्ति यो युनिभर्सिटीका सल्लाहकार छन्।

त्यसो भए के अब तपाईँलाई डाक्टर केपी ओली भन्न सकिन्छ त भन्ने प्रश्‍नमा उहाँको उत्तर थियो- यो मानार्थ विद्यावारिधी दिने युनिभर्सिटी सबै साँचो छ भने मेरो विद्यावारिधी कहाँ नक्कली हो र ! (हेर्नुस् त्यतिबेलाका ब्लग- उनलाई डा. केपी ओली नै भन्ने रे ! मह जोडीलाई समेत जोकर बनाए बा.. यस्तो छ शैक्षिक नटवरलालको कर्तुत

ओलीको पिएचडी नम्बर २ र ३ भने त्यति विवादमा परेन। पिएचडी नम्बर २ भारतको उत्तराखण्ड पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले २०७४ चैतमा भारत गएका बेला दिएको थियो।

त्यस्तै पिएचडी नम्बर ३ कोस्टा रिकाको युनिभर्सिटी फर पिसले दिएको हो। राष्ट्र संघको १९८० को महासभाबाट प्रस्ताव पारित भइ स्थापना भएको अन्तरदेशीय विश्वविद्यालयले गत असोजमा कोस्टारिकामै पुगेका प्रधानमन्त्रीलाई पिएचडी दिएको थियो।

8 thoughts on “डा. ४ केपी ओली : मानार्थ पिएचडीमा के साह्रो मोह? जसले बाँडे पनि लिन दौडिहाल्ने?”

  1. अर्चना says:
    June 1, 2019 at 8:46 am

    पढ्न नसक्नेलाई र नापढ़नेलाई डिग्रीको कति महत्व हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ | अनपढहरुले यस्ता कागजका खोस्टाले पनि त चित्त बुझाउनु पर्यो!
    अरु भन्दा पनि यो थाप्न जान लाजै नलाग्ने के !

    Reply
  2. Santosh says:
    June 1, 2019 at 12:48 am

    त्यो सब भन्दा दांया पट्टि खनियां बुढो होइन ?

    Reply
  3. kundan says:
    May 31, 2019 at 8:16 pm

    there might be a connection … South korea, Father Moon, Unification church and these universities…someone do a research on this

    Reply
  4. birkhe says:
    May 31, 2019 at 6:31 pm

    मानार्थ पिएचडीमा नानीहरुलाई पिङ्ग खेलाएर हवाईजहाज को ककपिटको मेचमा राखेर जम्बो जहाज चलाएको भान भयो भने जस्तै हो आजकल मास्टर डिग्री नगरी मानार्थ पिएचडी लिएका
    व्यक्तिहरुका चुरीफुरी देखेर दिक्क लाग्छ | बस्तामा अमेरिकामा प्राइमरी स्कुलका प्रिन्सिपल हुन् पिएचडी डिग्री चाहिन्छ मानार्थले पुगिन्न |

    Reply
  5. kundan says:
    May 31, 2019 at 10:12 am

    Father Moon Ko holy wine ko kamal

    Reply
  6. madan bajracharya says:
    May 31, 2019 at 8:47 am

    मानार्थ अर्थात ….साँच्चै नै …….भयर होईन/ फेरि जुन बिषयमा मानार्थ ..दिइयको हो तेस्को बारेमा फुटी ग्यान नभय पनि हुने/ तेसैले कसले यस्तो मानार्थ ….लिय बा दिय तेस्को बारेमा सब्द खर्चिनु पनि बिनसित्तिको हुन्छ/ तैपनि कुरा त् उठ्यो त्यो पनि क्रिस्चियन को हात बात लियकोमा घुमायर बिरोध गर्दै/ तेसैले केसी सब्द लेख्न चाहे/
    सबै भन्दा पहिला “मानार्थ …लिने नशा लागेको ओली बा कसैले अरुले दिने जस्तो सुकै मानार्थ लिन चाहे जत्ति लेउन तर भारतको मानार्थ सेनापति/ रास्ट्रपति/नागरिकता चाहि नलेउन/ अब ओलीले क्रिस्चियनको ..बात मानार्थ लियको बारेमा:

    क्रिस्चियनको देसमा हिन्दु बा बुद्धको प्रचार/प्रसार भयमा बा मन्दिर गुम्बा बनेमा दंग हुने नेपालको हिन्दुहरु दंग हुन्छन/क्रिस्चियनको देसको बिद्यालय कलेज बा बिस्व बिद्यालयमा आफ्नो छोरा छोरीले क्रिस्चियनको हात बात ओलीले लिय झैँको सर्टिफिकेट लिय क्रिस्चियन म्युजिक बजायत क्रिस्चियनले जस्तै “चियर्स ” गर्दै पार्टीनै गर्छन/ बिरामी हुँदा नेपालको जडी बुटी होईन क्रिस्चियनको फर्मुला क्रिस्चियनकै ….बात बनेको औषधि पनि खान्छन तेतिले न पुगे क्रिस्चियनको रगत पनि आफुमा चधाउञ्छन/ यति मात्रै हो र भने हिन्दु संस्कार र बिचार मा यतिनै कट्टर हुने हो भने यो लोकतन्त्र आदि सबै मिल्काउनु पर्यो राजतन्त्र नै ल्याउनु पर्यो/ हिन्दु धर्ममा राजाको कुनै बिकल्प नै हुँदैन/ त् किन नेपालको हिन्दुहरु क्रिस्चियन प्रति यस्तो नकारात्मक र निषेधजनक धारणा राख्छन? क्रिस्चियनले क्रिस्चियनको देसमा पनि नेपालमा नेपालको हिन्दुकै सिको गरे के होला?

    हो नेपालमा बिशेष गरेर केहि हिन्दु समुदायकाहरु क्रिस्चियन बन्दै गयको छ; तर किन र को बास्ताविक्मै दोषी छन् ? म हिन्दु धर्ममै कुनै …भयकोले भन्न त् चाहन्न; किनभने आजको सभ्य मानवले मान्न नसक्ने हिन्दु धर्मको कयौं सुसंस्कारहरु कानुनले नै निषेध गरि सके/ तेसैले कोहि हिन्दु क्रिस्चियन बनेको कारण “कानुनले संसोधन गरिसकेको हिन्दु धर्म” सायद होईन होला तर कानुनले निषेध गरि सकेको हिन्दु सुसंस्कार मनाउन दानव बन्ने हिन्दु सुसंस्कारी त् पक्कै दोषी छन्/ त् तिनीहरुलाई पो ….गर्नु पर्थ्यो किन क्रिस्चियनलाई?

    Reply
  7. Shankar says:
    May 31, 2019 at 8:33 am

    ४ पी यच डि गरिसकेको लाइ डा भन्न किन कन्जुस्याई ? अरु राजनीति र भ्रास्ताचार को कुरामा ओलीको बिरोध गरेपनि उसले पाएको हक मा किन अरुले टाउको दुखाउने ?
    नेपाल को पी यम अरु राजनीति सास्त्र मा पी यच डि गरेर राजनीति लाइ पेसा बनाएका नेता भन्दा के मानेमा कम छ ?उ त् ब्यबहार र राजनीतिको ग्यान ले डाक्टर भन्दा माथिको भएँ न ?

    Reply
  8. Tek Raj Timalsina says:
    May 31, 2019 at 5:54 am

    डा. बाट त धेरै शब्दहरु सुरु हुन्छन नि जस्तै : डाका | अनि अंग्रेजीमा भन्ने हो भने Dr. को अर्थ Dracula, Draconian, Drama बाज पनि हुन सक्छ है | त्यसैले ठिकै हो जस्तो लाग्छ मानार्थ डा दिएको पनि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme