Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कठै ! आफूले खाएको थाल आफै माझ्दा ‘एक्सक्लुसिभ’ न्युज

Posted on May 25, 2019 by Salokya


नेपालमा अहिले गजब भइरहेको छ। लेख्नुपर्ने अनेक समाचार लेखिएका छैनन्। तर नलेखे पनि हुने समाचार लेखिएका मात्र छैनन्, त्यसले ठूलो महत्व पनि पाएको छ। एउटा त्यस्तै समाचार आज राजधानी दैनिकको अनलाइन संस्करणमा हेर्न पाइयो। एक्सक्लुसिभ ट्यागलाइन दिइएको समाचारको शीर्षक थियो- ‘कांग्रेस नेता खड्काले आफुले खाएको थाल आफैंले माझे’

अहो, कति महत्वको समाचार। त्यो पनि एक्सक्लुसिभ।

एक्सक्लुसिभ त हो। किनभने त्यस्तो समाचारलाई एक्सक्लुसिभ भनिन्छ, जुन अरुकोमा छापिँदैन। अरुकोमा नआएको भएर यसलाई एक्सक्लुसिभ क्याटेगोरीमा राखिएको मानौँ।

अब समाचार अनुसार आफूले खाएको थाल आफै माझिएको छ। शायद् समाचार लेख्नेले आफूले खाएको थाल आफूले कहिल्यै माझेका छैनन्। त्यसैले उनलाई आफूले खाएको थाल आफैले माझ्नु पनि गज्जबै अनौठो लागेछ। र समाचार बनेछ।

नत्र पत्रकारिताको सुरुकै कक्षामा सुनाइने एउटा उखान छ- कुकुरले मान्छे टोके समाचार बन्दैन, मान्छेले कुकुर टोक्यो भने चाहिँ समाचार बन्छ।

यही उखानलाई यो समाचारको तथ्यसित दाँज्ने हो भने- आफूले खाएको थाल अरुले माझ्दा समाचार बन्दैन। आफूले खाएको थाल आफैले माझ्दा समाचार बन्छ।

अब केही काला कांग्रेसीको तर्क यस्तो रहला- राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले खाएको थाल आफैले माझेको कसैले देखेको छ? प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले खाएको थाल आफैले माझेको देखेको छ कसैले?

छैन।

कांग्रेसी नेताले माझे। त्यसैले यो समाचार नै हो। त्यो पनि एक्सक्लुसिभ।

भाषा सम्पादन पेशाका एक जनाले भने गुनासो गर्लान्- हैट, थाल कहाँ खाइन्छ? थालमा राखेको खानेकुरा पो खाइन्छ। थालै खाएको भनेर शीर्षक राखेको मिलेन।

हाम्रो देश किन पछि परेको थाहा पाउनु भो नि। हामी अरु महत्वपूर्ण कुरालाई छाडेर यस्तो बहसमा लागिरहेका छौँ। यस्तो व्यर्थको विषयमा ब्लग लेखिन्छ र त्यसलाई तपाईँ पढ्नुहुन्छ।

2 thoughts on “कठै ! आफूले खाएको थाल आफै माझ्दा ‘एक्सक्लुसिभ’ न्युज”

  1. madan bajracharya says:
    May 25, 2019 at 11:40 am

    २००७मा ३ बर्ष भित्र प्रजातान्त्रिक संबिधान बनाउने बाचा गरेको कांग्रेसीले २०१५ सम्म संबिधान नबनाई बिना सदन रानाकै कानुन ….तरिकाले अर्कै जातको अघोसित श्री तिने सरकार शासन चलाउनुको सट्टा ……. गरेको भय आज आफ्नै झुठो थाल आफैले ….. भिडियो खिचाउने नौटंकी गर्ने पर्दैनथ्यो/

    राना कालको कानुनलेनै नेपालि समाज दलित अछुतमा दर्हिनु परेको हो महिलाहरु उपेछित रहन बाध्य भयकोहो/ यो अवस्था बात अलिकति भय पनि मुलुकी ऐनले मुक्ति दिलायको त् मान्न करै लाग्छ/ तर विडम्बनाको कुरा के हो भने यो कानुन पनि कहिले कांग्रेसी भनेर त् कहिले को को भनेर देसमा सबै भन्दा बढी शासन गर्ने कांग्रेसीले बनायको होईन महेन्द्रले बनायकोहो/

    Reply
  2. Shankar says:
    May 25, 2019 at 3:03 am

    यो ब्लग व्यर्थ जस्तो मलाइ लाग्दैन | किनकि कांग्रेसी भन्नासाथ मात्र सधै गुण्डा गर्दी , भ्रास्ताचार र मनपरी तन्त्र ( तेसो त् नेपाल को कम्निस्ट झन् २ गुणा छ ), सामन्ती सोच को छबि आँखा अगाडी आउछ , त् तेस्तोमा कुनै कांग्रेसी नेताले राम्रो काम को उदाहरण देखाए भने तेस्को प्रसंसा गर्ने पर्छ |
    नेताहरु जिम्बेबार बनुन , रास्ट्रको ढुकुटीलाई जनताको धन सम्झिउन , स्वाबलाम्बिको को उदाहरण पेश गरुन , यो त् नेताको दावित्त्व नै हो | अनि पो बिदेसी न्युज पढेको , देश विदेश घुमेको ले अर्थ राख्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme